अन्तरजातीय विवाह गर्नेलाई मार्ने धम्की दिनेविरुद्ध उजुरी

खोटाङ । ०७१ साउन २३ गते
खार्मी गाविस-२ का ३१ वर्षीय अविर दर्जीले बहिनीको जीउ ज्यानको सुरक्षाको माग गर्दै साउन २३ गते जिल्ला प्रशासन कार्यालय दिक्तेलमा उजुरी दिएका छन् । जहाँ भेट्यो त्यही मार्ने धम्की दिएपछि १८ वर्षीया बहिनी सबिता दर्जीले खार्मी गाविस-२ का १८ वर्षीय अम्बर गुरुङसँग साउन १४ गते प्रेम विवाह गरेर काठमाण्डौ गएका थिए ।

दलितको छोरी विवाह गरेको भन्दै केटाका बावु गोपाल गुरुङले 'पानी नचल्ने जात'को केटीलाई जहाँ भेट्यो त्यही मारिदिने धम्की दिएपछि उजुरी दिनुपरेको पीडितले बताएका छन् ।

प्रेम विवाहपश्चात् काठमाडौ कपनस्थित केटाको सानीमा ढोलमाया गुरुङको घरमा बस्दै आएकी बहिनीलाई आरोपितहरूले मार्ने धम्की दिएको दाजु अविर दर्जीले बताए । उजुरीपश्चात आवश्यक कारबाहीको लागि प्रहरीलाई तत्काल जानकारी गराउँदै सम्भावित दुर्घटनाबाट बचाउन प्रहरी परिचालन गर्न निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले बताए ।

No comments:

Post a Comment