दर्नालको हुलाक टिकट बनाइने : रु. ५ लाख राशीको अन्तर्राष्ट्रिय दर्नाल अवार्डको घोषणा


IMG_2802IMG_2794महावीर विश्वकर्मा
जागरण मिडिया सेन्टर
काठमाण्डौं, ३० श्रावण ।
सूचना तथा सञ्चारमन्त्री डा.मिनेन्द्र रिजालले जागरण मिडिया सेन्टरका संस्थापक अध्यक्ष एवम मानवअधिकारकर्मी स्वर्गीय सुभाष दर्नालको हुलाक टिकट बनाउने कार्य अगाडी बढाउन आफु तयार रहेको बताउनुभएको छ । दर्नालको हुलाक टिकट निर्माण गर्ने कार्य शुरु भएर पनि रोकिएका जानकारी आफुले पाएको भन्दै अब त्यो कार्य अगाडी बढाउन आफु तयार रहेको उहाँले बताउनुभयो । “सुभाष दर्नालको हुलाक टिकटको बारेमा प्रकृया बिचमा आएर अवरुद्ध भएको छ, त्यसको एउटा प्राविधिक कठिनाई छ भन्ने कुरा मैले तपाईँहरुबाटै थाहा पाएँ” उहाँले भन्नुभयो, “के ले गर्दा अडकिएको छ, त्यो नियम हो की, कानुन हो की, अदालतको आदेश हो की, हुलाकको निर्ण हो की, त्यो हेर्नेछु म । तपाईँहरु आउनोस्, कसरी त्यो गाँठो फुकाउन सकिन्छ बसेर कुराकानी गरौँला ।”IMG_2770
दर्नालको तेस्रो वार्षिक स्मृति दिवसको अवसरमा जागरण मिडिया सेन्टर, समता फाउण्डेशन, शान्तिका लागि साझा अभियान (कोक्याप) र सुभाष दर्नाल स्मृति प्रतिष्ठानले आज संयुक्त रुपमा राजधानीमा आयोजना गरेको “नेपालमा सामाजिक न्याय र दलित सवाल” विषयक अन्तरक्रियाका प्रमुख अतिथि मन्त्री रिजालले दलित समुदाय ठुलो संख्यामा भएर पनि विभिन्न भू—भागमा छरिएर रहेकोले दलित मुक्तिको आन्दोलनको कठिनाई महिला मुक्तिको आन्दोलनको कठिनाईभन्दा अलि सजिलो र जनजाती मुक्तिको आन्दोलनको कठिनाईभन्दा अलि गाह्रो भएको पनि विचार राख्नुभयो । साथै धर्मको आधारमा विभेदलाई टिकाउने प्रवृत्तिले पनि दलित मुक्तिको मार्गमा अवरोध सृजना गरेको भन्दै त्यो अवरोध नहटाएसम्म दलित समुदायको मुक्ति हुन नसक्ने पनि उहाँको धारणा थियो ।
सोही कार्यक्रममा ‘सुभाष दर्नाल नागरिक सम्मान २०७१’ बाट वरिष्ठ कवि श्रवण मुकारुङलाई नगद रु. ३०,००० (तीस हजार रुपैयाँ) र ताम्रापत्र सहित सम्मान गरिएको थियो । 5
त्यस्तै ‘सुभाष दर्नाल जागरण राष्ट्रिय पत्रकारिता पुरस्कार २०७०’ बाट नयाँ पत्रिका दैनिकका मोरङ संवाददाता गणेश लम्साललाई नगद रु.१५,००० (पन्ध्र हजार रुपैयाँ) र ताम्रापत्र सहित सम्मान गरिएको थियो । शोभा गौतम संयोजक रहनुभएको सो पुरस्कारको छनोट समितिमा मोहन चापागाईँ र गुणराज लुइँटेल हुनुहुन्थ्यो । IMG_2836
कार्यक्रमकै अवसरमा सामाजिक न्यायका क्षेत्रमा परिचित अभियन्ता सुभाष दर्नालको सपनाको सम्मान र कामको सम्झनामा ‘सामाजिक न्यायका लागि सुभाष दर्नाल अन्तर्राष्ट्रिय पुरस्कार’ को स्थापना गरिएको पनि जानकारी गराइयो । सो अन्तर्राष्ट्रिय पुरस्कार हरेक वर्ष सामाजिक न्याय र दलित सशक्तीकरणका लागि संघर्षरत व्यक्ति, संस्था वा आन्दोलनलाई प्रत्येक वर्ष सुभाष दर्नालको जन्मदिनको अवसरमा प्रदान गरिने पनि जानकारी गराइयो । सरिता परियार ट्रष्ट फण्डले प्रदान गर्ने सो पुरस्कारको राशी रु.५,००,००० (पाँच लाख रुपैयाँ) हुने समता फाउण्डेशनका अध्यक्ष पदम सुन्दासले जानकारी गराउनुभयो ।IMG_2765कार्यक्रममा सञ्चारमन्त्रीबाट वेभसाईट http://www.darnalaward.org  समेत उद्घाटन गरिएको थियो ।
कार्यक्रममा राजनीतिज्ञ प्रदिप गिरिले तयार पार्नुभएको ‘दलित र सामाजिक न्याय’ विषयक कार्यपत्रमाथी वक्ताहरुले विचार राखेका थिए ।
कार्यपत्रमाथी बोल्ने क्रममा नेकपा एमालेका उपमहासचिव घनश्याम भुषालले दलितको मुद्दालाई पार्टीकरण गर्नुपर्नेमा जोड दिनुभयो । “दलित समुदायको मुद्दालाई दलित समुदायकै नेताले मात्रै बोक्नुपर्ने किन ? घनश्याम भुषालले दलित समुदायको मुद्दा बोकेर किन नहिँड्ने ?” भन्दै प्रश्न गर्नुभएका वहाँले देशमा दलितको मुद्दा बोक्ने पार्टीको आवश्यकता रहेको औँल्याउनुभयो । “जातीय विभेद हाम्रो समाजको जीवित वास्तविकता हो” भन्दै उहाँले अगाडी थप्नुभयो, “यो वास्तविकता अब परिवर्तन गर्नुैपर्छ ।”
अर्का वक्ता एकीकृत नेकपा माओवादीका नेता देवेन्द्र पौडेलले वर्षौँअघिदेखी धर्म र संस्कारले थोपरेको विभेदलाई पूर्णरुपमा अन्त्य नगरिँदासम्म दलित माथीको विभेद अन्त्य नहुने बताउनुभयो । कार्यपत्रमा कतै माक्र्सवाद र समाजवादको कुरा त कहीँ उदारवाद र पूँजीवादको कुरा गरिएको र खासगरि कुन कोणबाट समस्याहरुको उजागर भएको हो भन्ने कुरा कार्यपत्रमा प्रष्ट नभएको भन्दै उहाँले दलित मुक्तिको कुरालाई विभिन्न आन्दोलनहरुले जति जागृत गरेपनि त्यसलाइ उचित व्यवस्थापन गर्न भने नसकिएको धारणा राख्नुभयो । “राज्यका सबै संयन्त्रमा दलित समुदायको उचित प्रतिनिधित्व नगरिएसम्म दलित समुदाय अगाडी आउन सक्दैन” पौडेलले भन्नुभयो, “प्रक्रियागत रुपमा नै सबै क्षेत्रमा दलितको प्रतिनिधित्व सुनिश्चत गराउनुपर्दछ । जसको लागि संविधानले सुनिश्चित गरेर त्यसलाई सम्बन्धित सबै पक्षले कार्यान्वयनमा ल्याउनुपर्दछ ।”
त्यसैगरि एकीकृत नेकपा माओवादीका नेता एवम दलित आन्दोलनका विशिष्ट व्यक्तित्व विश्वभक्त दुलाल आहुतिले गिरिको कार्यपत्र माथी व्यापक असन्तुष्टि व्यक्त गर्नुभयो । गिरिको कार्यपत्रमा भारतका दलित आन्दोलनका नेता अम्बेडकरलाई हिन्दू धर्मको विरोधीको रुपमा मात्रै चित्रित गरिएको भन्दै उहाँले भन्नुभयो, “त्यसो होईन । उहाँको मुल अध्ययन जातव्यवस्था माथी हो । र दक्षिण एसियामा जात व्यवस्थाले कसरी समाजलाई टुक्रा टुक्रा पार्दछ भनेर अध्ययन गर्ने अध्येता चाहीँ वहाँ हो ।”


कार्यपत्रमा “दलितहरु राजनीति नगरेर राजनीतिक भरिया मात्र भएका छन्” भनेर उल्लेख भएकोप्रति आहुतिले भन्नुभयो, “दलितहरु राजनीतिक भरियाहरु मात्रै हुन् भने, सबै गैरदलितहरु मात्रै केन्द्रिय समिति भएको पार्टी जुनबेलासम्म थिए त्यसबेलासम्म उनीहरुले दलित विषय उनीहरुको दस्तावेजमा किन लेखेनन् ? जबदेखी दलितहरु केन्द्रिय समितिमा पुग्न थाले तबदेखी अहिले राप्रपा नेपालले समेत पनि आफ्नो दस्तावेजमा दलित बारे केही लेख्न थाल्यो । के दलितहरु राजनीतिक भरिया मात्रै हुन्थे भने पार्टीहरुलाई उनीहरुले त्यो विषय स्वीकार गर्न लगाउन सक्थे ? कसरी हेर्छन त आजका गैरदलित विद्वानहरुले दलितहरुलाई ? उनीहरु त अहिले पनि राजनीतिक भरिया भन्दा माथी हेर्नै सक्दैन रहेछन् ।”IMG_2811
यस्तै राजनीतिक विश्लेषक सिके लालले दलित समुदायको मुद्दालाई कसरी अन्तर्राष्ट्रियकरण गर्ने भन्ने नै अहिलेको चुनौती भएको बताउनुभयो । अन्तर्राष्ट्रियकरण गर्नका लागि राजनीतिकशास्त्रको कुनै न कुनै सिद्धान्त समात्नुपर्ने हुन्छ भन्दै उहाँले अगाडी भन्नुभयो, “अब अन्तर्राष्ट्रिय सिद्धान्तमा माक्र्सवादले दलित समस्या भनेर चिन्दैन । उदारवादले दलित समस्या भनेर चिन्दैन । परम्परावादले त बरु के भन्छ भने, दलित समस्या ठिकै छ । यथास्थितिवादले के भन्छ भने, होईन यो त राम्रो हो, आफ्नो आफ्नो ठाउँ अनुसारको राजा हुने राजा परिवारमा जन्मिन्छ, दलित हुने दलित परिवारमा जन्मिन्छ यसमा किन धेरै टाउको दुखाइराख्नु प¥यो ? भन्छ । समाजवादमा पनि दलित समस्या छैन । किनभने समाजवादले पूरा अर्थराजनीति दृष्टिकोण लिएर गएको छ । र सँस्कृतिमा त्यसलाई पूरा ठाउँ दिएकै छैन । नश्लवादसँग मिल्दोजुल्दो दलित समस्या छ तर नश्लवादले पनि पूरा व्याख्या दलितको, पूरा आयाम चाहीँ लिन सकिरहेको छैन । त्यसैले दलितवादको यो अवधारणा हुन सक्छ की सक्दैन ? त्यसैले दलित मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने हो भने एउटा वादको रुपमा यसलाई उठाउने तर्फ लाग्नुपर्दछ ।”

20140815_134552IMG_2784
कार्यक्रमको सहजीकरण गर्नुभएका जागरण मिडिया सेन्टरका सल्लाहकार विनोद पहाडीले दलित समुदायको सामाजिक न्यायको विषयमा राज्य गम्भीर भएर नीति निर्माणमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
IMG_2823कार्यक्रमको अध्यक्षता ग्रहण गर्नुभएका जागरण मिडिया सेन्टरका अध्यक्ष रेम विश्वकर्माले नेपालमा दलितहरुको सामाजिक न्यायको विषय अत्यन्तै गम्भीर भएको बताउनुभयो । “दलितहरुले सामाजिक न्यायको महसुस गरे भने सबैले सामाजिक न्यायको महसुस गर्छन” उहाँले अगाडी भन्नुभयो, “दलित समुदायले सामाजिक न्यायको महसुस गर्न नपाउनु निकै दुखद कुरा हो । अहिले दलित समुदायलाई सामाजिक न्यायको आवश्यकता छ ।”
कोक्यापका महासचिव सहेक विश्वकर्माले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रमको सञ्चालन जागरण मिडिया सेन्टरका महासचिव दिपक परियारले गर्नुभएको थियो ।
कार्यक्रमका थप तस्बीरहरु : IMG_2761IMG_2785IMG_2793IMG_2838

No comments:

Post a Comment