दिवस परियारलाई स्नातक तहसम्म पढाइ दिने सहयोगी भेटिए

तनहुँ (भिमाद) , भाद्र - साउदी अरबमा आमालाई मृत्युदण्ड दिएपछि बिचल्लीमा परेका ११ वषर्ीय दिवस परियारलाई स्नातक तहसम्म पढाइ दिने सहयोगी भेटिएका छन्।
आमा शोभालाई तीन साताअघि मृत्युदण्ड दिएपछि किशोर समस्यामा परेको समाचार छापिएपछि ललितपुरको नेपाल युथ फाउन्डेसन नेपाल नामक संस्थाले अगस्टदेखि आर्थिक सहयोग गर्ने भएको हो।
फाउन्डेसनले शिक्ष्ाा सहयोग कार्यक्रमअन्तर्गत शैक्षिक शुल्क, आवश्यक कापीकलम, विद्यालय पोसाक खाजा खर्चबापत लाग्ने सम्पूर्ण खर्च बेहोर्ने संयोजक उमेश रेग्मीले बताए। दिवसलाई घरपरिवारसँगै बसेर पढ्न मासिक खर्च बेहोर्ने निर्णय गरिएको उनले बताए। 'बाबुआमा नभएका बालबालिका पढाइबाट वञ्चित हुनु हुँदैन भन्ने हाम्रो धारणा हो,' उनले भने, 'बालकलाई दिइने सहयोग स्नातक तेस्रो वर्षसम्म कायम रहन्छ।'
दिवस भिमाद भावरस्थित मामा घरमा बसेर स्थानीय बालज्योति प्राविको कक्षा मा पढ्छन्। जन्मजात ओठ फाटेका उनले बोलेको प्रस्ट बुझिँदैन।अन्यले पढाइमा सहयोग गरेर लगातार एकै कक्षामा तीन पटकसम्म अनुत्तीर्ण भए सहयोग रकम बन्द गरिने उनले बताए।

यसैगरी साउदीको दलित एकता सञ्जाल नेपालले छरिएका नेपालीमार्फत सहयोग संकलन थालेको यसका अध्यक्ष गणेश घतानीले फोनमा बताए। रोजगारीको क्रममा दक्षिण कोरियामा रहेका राजु विकले सहयोग संकलन गरेको शोभाकी बहिनी रेखाले बताइन्।

No comments:

Post a Comment