विश्वकर्मा दिवसलाई राष्ट्रिय पर्वको मान्यता दिन माग

काठमाडौँ,  भदौ ३ गते । विश्वकर्मा समाज नेपाल केन्द्रीय समितिले विश्वकर्मा दिवसलाई राष्ट्रिय पर्वको मान्यता दिन माग गरेको छ ।

 समाजको केन्द्रीय समितिका पदाधिकारीसहितको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री सुशील कोइरालाई भेटी प्रत्येक वर्षको असोज १ गते विश्वकर्माको पूजासहित मनाइने विश्वकर्मा दिवसलाई राष्ट्रिय पर्वको रुपमा मान्यता दिन माग गरेको हो ।

    समाजका तर्फबाट समितिका अध्यक्ष गणेश बराइलीले देशको निर्माण क्षेत्रमा संलग्न समुदाय तथा समस्त विश्वकर्मा समुदायको पहिचानको सुनिश्चितताका लागि उक्त दिनलाई राष्ट्रिय पर्वका रुपमा घोषणा गरिनुपर्ने बताउनुभयो ।

    प्रतिनिधिमण्डलमा समितिका अध्यक्ष बराइली, सभासद् शारदा पौडेल, छविलाल विश्वकर्मा, टोपबहादुर थापा, मीनबहादुर गिरी, भेषराज गौतम, मञ्जु घिमिरे र कोशीला बराइली सम्मिलित हुनुहुन्थ्यो । रासस

No comments:

Post a Comment