विश्वकर्मा दिवसलाई राष्ट्रिय पर्वको मान्यता दिन माग

काठमाडौँभदौ गते विश्वकर्मा समाज नेपाल केन्द्रीय समितिले विश्वकर्मा दिवसलाई राष्ट्रिय पर्वको मान्यता दिन माग गरेको

 समाजको केन्द्रीय समितिका पदाधिकारीसहितको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री सुशील कोइरालाई भेटी प्रत्येक वर्षको असोज गते विश्वकर्माको पूजासहित मनाइने विश्वकर्मा दिवसलाई राष्ट्रिय पर्वको रुपमा मान्यता दिन माग गरेको हो

    समाजका तर्फबाट समितिका अध्यक्ष गणेश बराइलीले देशको निर्माण क्षेत्रमा संलग्न समुदाय तथा समस्त विश्वकर्मा समुदायको पहिचानको सुनिश्चितताका लागि उक्त दिनलाई राष्ट्रिय पर्वका रुपमा घोषणा गरिनुपर्ने बताउनुभयो

    प्रतिनिधिमण्डलमा समितिका अध्यक्ष बराइली, सभासद् शारदा पौडेल, छविलाल विश्वकर्मा, टोपबहादुर थापा, मीनबहादुर गिरी, भेषराज गौतम, मञ्जु घिमिरे कोशीला बराइली सम्मिलित हुनुहुन्थ्यो रासस

No comments:

Post a Comment