दलित विद्यार्थीबाट शुल्क लिने विद्यालयलाई कारवाही गरिने

प्रवीर ददेल
रुकुम, साउन १५ – दलित विद्यार्थिहरुवाट शुल्क लिने रुकुमका सामुदायीक तथा संस्थागत विद्यालयलाई कारवाहि गरीने भएको छ । नेपाल सरकारले दलित विद्यार्थिहरुलाई कक्षा १ देखी कक्षा १२ सम्म निशल्क पठनपाठनको कानुनी व्यवस्था भएपनि विद्यार्थिवाट अवैध रुपमा शुल्क उठाउने गरेको जनगुनासो वढेपछि विद्याललायलाई कारवाहि गर्ने जिल्ला शिक्षा अधिकारी मित्रमणी खनालले जनाए । उनले भने, नेपाल सरकारको नीति विपरित रकम असुली गर्ने विद्यालयहरुलाई पहिलो चरणमा परिपत्र गरेर सचेत वनाउने, नटेरमा कारवाहि गर्ने जनाए ।
सामुदायीक विद्यालयहरुमा कक्षा १ देखी ८ सम्म पुर्ण रुपमा दलित विद्यार्थिहरुलाई निशुल्क पठनपाठनको व्यवस्था र ९ देखी १२ सम्म नेपाल सरकारको रजिष्टेशन शूल्क वाहेक अन्य कुनै पनि शुल्क उठाउनु गैर कानुनी भएकाले यस्तो शुल्क उठाउने विद्यालयलाई कारवाहि गरीने जिसिअ खनाले भने ।
निजी तथा संस्थागत विद्यालयहरुमा समेत कुल विद्यार्थिको १० प्रतिसत गरीव तथा दलित विद्यार्थिहरुलाई निशुल्क पढाउने व्यवस्था भएपनि सरकारी विद्यालले समेत चर्को शुल्क उठाउने गरेको वारे सयुक्त दलित अधिकार मञ्च रुकुमका अध्यक्ष पुर्णवहादुर कसेराले जिशिअ खनाललाई ध्यानाकर्षण गरेका थिए । उनले भने, हामीले पटक पटक सरोकारवाला निकायलाई ध्यानार्कषण गर्दा सम्म कुनै सुनाई नभएको जानकारी गराउदै नितिमा व्यवस्था भएका व्यवस्था कार्यन्वय गर्न जिल्ला शिक्षा कार्यालयलाइृ आग्रह समेत गरेका थिए ।
दलित विद्यार्थिहरुलाई निशुल्क शिक्षाको व्यवस्थाको माग जायज छ, कार्यन्वयन गर्न प्रतिवद्ध हुने जिशिअ खनाले वताए ।जिल्ला शिक्षा कार्यालयवाट सम्वोधन हुने मागहरु हामी यथासिघ्र कार्यन्वयन गर्ने अन्य सम्वन्धीत सरोकोवाला निकाय तथा केन्द्रमा समेत यसको वारेमा जानकारी वनाउने जिल्ला शिक्षा कार्यालय रुकुमले जनाएको छ ।
दलित विद्यार्थिहरुको माग लिएर सयुक्त दलित अधिकार मञ्चका पुर्णवहादुर कसेरा, राष्ट्रिय दलित मुक्ति मोर्चाका केन्द्रिय सदस्य उपेन्द्रलाल कामी, उत्पिडीत जातीय मुक्ती समाजका कावा अध्यक्ष नवराज परियार, राष्ट्रिय दलित मुक्ति मोर्चाका जिल्ला अध्यक्ष मनवहादुर वादी, दलित विद्यार्थि अभिभावक संघका अध्यक्ष रवीलाल नेपाली, दलित शिक्षक मञ्चका टोराम नेपाली, दलित विद्यार्थि मञ्चका लक्ष्मण विक लगायतको दलित अधिकारकर्मीहरु जिल्ला शिक्षा कार्यालय पुगेर ध्यानाकर्षण गराएका थिए ।
(source : ratopati.com)

No comments:

Post a Comment