दलित युवाका परिवारलाई घरबाट निकालियो

Dalit Familyसलमान खान
८ भदौ , कपिलवस्तु । अन्तरजातीय विवाह गर्दा कपिलबस्तुमा एक दलित परिवारको सडकमा बास भएको छ । दलित समुदायका एक युवाले कथित उच्च जातिकी एक युवतीसँग विहे गरेपछि ती युवाका परिवारको सडकमा बास भएको हो ।
कपिलवस्तुको लवनी गाविस-५ का २१ वर्षीय विनयकुमार हरिजन र सोही स्थानकी १९ वर्षीया सिता चौधरीले गत साउन २१ गते भागेर विवाह गरेपछि केटी पक्षका परिवारले केटाको घरमा तालगा लगाइदिएका हुन् ।
दलित भएर आफ्नी छोरी लगेको भन्दै युवतीका दाजु नन्दलाल चौधरी उनका साथीहरु राकेश यादव, रामचन्द्र यादव, किशुन चौधरी र नेपाली कहाँर लगायत युवाले विनकुमारी हरिजनसहितलाई घरबाट निकाली ताल्चा लगाएपछि आफूहरुको सडकमा बास भएको विनयका काका रामनेवास हरिजनले
बताए ।
Dalit Family1tचौधरी परिवारले छोरी लुकाएर राखेको आरोपमा शनिबार विहान हरिजनको घरमा ताला लगाएर हरिजन परिवारलाई निकालेपछि रामनेवासले तराई मानव अधिकार संजाल (थर्ड एलायन्स) भैरहवामा निवदेन दिएका छन् ।
भागेर विहे गरेका युवा नन्दनगर मावि कक्षा १० मा अध्ययनरत थिए भने युवतीले छत्रपाली तिर्थादेवी उच्च मावि पकडीमा ११ कक्षामा अध्ययनरत थिइन् । दुबैजना भागेपछि उनीहरुको प्रेम सम्बन्ध रहेको युवतीकै आमा गुजराति थारुले आफूलाई जानकारी गराएको युवाकी आमा उर्मिला हरिजनले बताइन् ।
उनले छोराको अवस्थाबारे थाहा नभएको बताउँदै चौधरी परिवारले बाटोमा घेरा हाली पिट्ने, हात खुटटा भाँचिदिने र घरमा आगो लगाइदिने धम्की दिइरहेको उर्मिलाले बताइन् ।
भतिजाले केटी लिएर भागेपछि इलाका प्रहरी कार्यालय पकडीका ईन्चार्ज प्रहरी निरीक्षक जयश्री कुवँरले खान पानी समेत नदिई ४ घण्टा सम्म रुपमा थुनामा राखी मानसिक यातना दिएको काका रामनेवास हरिजनले बताए । गैरकानुनी रुपमा थुनामा राखेको मानवअधिकार रक्षकले थाहा पाएपछि उनीहरुको पहलमा आफू रिहा भएको उनले बताए ।
प्रहरीसमेत चौधरी परिवारसँग मिलेर युवतीलाई लाउन दबाब दिइरहेको हरिजन परिवारले गुनासो गरेको छ । घरमा ताल्चा लगाएपछि उर्मिला हरिजन बेहोस छिन् ।
Dalit Family securutyt
- Source://www.onlinekhabar.com

No comments:

Post a Comment