दर खाने कार्यक्रममा दुई दलित महिला कर्मचारीलाई ढोकाबाट बाहिर निकाले


पाल्पा,भदौ ११ विद्युत् प्राधिकरण पाल्पाद्वारा तीजको अवसरमा आयोजित दर खाने कार्यक्रममा दुई दलित महिला कर्मचारीलाई ढोकाबाट बाहिर निकालेर खीर खुवाइएको   प्राधिकरण पाल्पा शाखाले महिला कर्मचारीलाई तीजको अवसरमा दर खुवाउने कार्यक्रममा दुई दलित महिलालाई कार्यालय प्रमुखको निवास कक्षबाट बाहिर निकालेर दर खुवाइएको पीडितको गुनासो

विद्युत् प्राधिकरण कार्यालय पाल्पा शाखा सुपरभाइजर कृष्ण रायमाझीले कार्यालयका दुई सहयोगी देवी नेपाली रामकुमारी दमाइकीलाई तपाइँहरूले ढोकाबाट बाहिर जानुहोस् यहाँ सरहरू बस्न ¥यो भनेर बाहिर जुत्ता राख्ने ठाउँमा पठाएर छुवाछूतजन्य व्यवहार गरेको पीडित देवी नेपालीले बताईन यता आरोपित कृष्ण रायमाझीले बस्ने कुर्चीको अभावमा उनीहरूलाई बाहिर पठाएको दाबी गरे   

छुवाछूतका आधारमा आफूले त्यस्तो व्यवहार नगरेको रायमाझीले दाबी गरे पनि पीडित महिला नेपाली आफूमाथि जातभातका आधारमा छुवाछूत गरेको बताए कार्यालय प्रमुख नवलकिशोर रोहितले महिला दलित कर्मचारीलाई जातीय आधारमा बाहिर पाउने नियत नभएको जिकीर गर्नुभयो रासस

No comments:

Post a Comment