८ वषीया बालिकालाई कुटपिट र चरम यातना

घरेलु कामदारको रूपमा रहेकी लक्ष्मी विकलाई घर मालिकले क्रूरतापूर्वक कुटपिट
यातना दिँदा लागेको चोटपटक। तस्बिरः माधव/कान्तिपुर
भैरहवा, भाद्र १० - बालश्रम शोषण गर्दै घरेलु कामदारको रूपमा राखिएकी वर्षीया एक बालिकालाई घरमालिकले कुटपिट गरेर यातना दिएका छन्। कुटपिट यातनाले बालिका राम्ररी बोल्न समेत सकेकी छैनन्।
पाल्पाको लुहुम घर भई सिद्धार्थनगर नपा-, रामजानकीपथस्थित राजन रसाइलीको घरमा घरेलु कामदारका रूपमा लक्ष्मी विकलाई घरमालिक राजन रसाइली उनकी श्रीमती शिवुले कुटपिट गरेका हुन्। बालिकाको शरीरभरि बेल्ट (कमर पेटी) ले पिटेको घाउ छ। बायाँ हातको पाखुरामा कपडा प्रेस गर्ने इस्त्री विद्युत्मा जोडेर पोलिदिएको डाम छ। घाँटीमा अँठ्याएको समेत दाग छ।
प्रहरीका अनुसार ती दम्पतीले शुक्रबार राती बजे उनलाई कुटपिट गरेका थिए। प्रहरीले राजन शिवुलाई पक्राउ गरेको छ। घरमा पालिएको सुगा मरेको निहुँमा बालिकामाथि पछिल्लोपटक अमानवीय ढंगले कुटपिट भएको हो। बालिकालाई कुटपिट भइरहेको अवस्थामा बालिका चिच्याउन थालेपछि छिमेकीले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए। घटना थाहा पाउनासाथ जिल्ला प्रहरी कार्यालयको गस्ती टोली घटनास्थल पुगी बालिकाको उद्धार गरेको थियो।

बालिकाकी आमाको मृत्यु भएपछि उनका बाबुले राजनको घरमा घरेलु कामदारको रूपमा एक वर्षअघि पठाएका थिए। पीडितको पक्षबाट पीडकको विरुद्धमा मुद्दा दायर गर्ने कोही नभएपछि जिल्ला बाल कल्याण समितिले पीडकको विपक्षमा आइतबार प्रहरीमा जाहेरी दरखास्त दर्ता गराएको छ। जिल्ला बाल अधिकृत राज्यलक्ष्मी गुप्ताले पीडकमाथि कारबाहीको माग गर्दै ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराएको बताइन्।

No comments:

Post a Comment