चेतबहादुर विकको व्यथा

लक्ष्मी पौडेल । साउन,नवलपरासी । 
१६ बर्षको हुदा करेन्ट लागेर दाँया हात फ्याँकीएपछी नवलपरासीका चेतबहादुर विक साहाराको खोजीमा भौतारीनु भएको छ । घरको अवस्था र पारिवारिक कारणले शिक्षा दिक्षा नभएका विक २, ४ पैसा कमाउने आसमा १६ बर्षकै हुदा तटबन्धको कामका लागि पहिलोपटक जाँदा नै दैव लाग्यो । नवलपरासीको देउराली १ गोएनीमा गाउँमा बसोबास गर्दै आएका विक करेन्ट लागेपछी निरिह बनेर घरका परिवारको सहारामा १२ बर्ष कटाउनु भएको छ ।
chet bahadur B.K

दिन बित्दै गयो, बर्ष बित्दै गयो । स्थानिय जुनिमायासंग बैबाहिक बन्धनमा बाँधीनुभएका विकका छोरा छोरी पनी हुर्कीदै गए । ६ बर्षका छोरा र ढाई बर्षकी छोरीलाई हुर्काउन, बढाउन पठाउन घरको अवस्थाले नसकिने भयो । अनी उहाँ सके र मिले आफ्नै लागी नभएका श्रीमतीका लागी भन्दै काम खोज्दै धाउनुभएको छ । तर, काँधबाटै हात काटेर फालिएका विकलाई आउ काम गर भन्ने को नै हुन्छ र । अनी श्रीमतिलाई पनि विश्वास गरेर काम दिने कोही भएन ।
काम गरेर पसिना बगाएरै मिहेनतको कमाई खान रुचाउने विक लाई मागेर हिड्न ईमानले दिदैन भन्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ूसक्ने उमेर हुदाँहुदै मागेर हिड्न सुहाउदैन, माग्नु पनी राम्रो होईन, मैले नकसेपनि मेरो जहानले काम गर्थीन कतै यसो काम पाए ।
chet bahadur B.K


उहाँको धोको छ, आफु नपढेपनि छोराछोरीले पढुन् अनी भोलिका दिनमा केही भैहाले पनी आफ्नो ज्ञानले पैसा कमाउन । उहाँ भन्नुहुन्छ, ूपढ्न लेख्नै नजानेपछी शरिरको एउटै अङ्ग नहुदा पनि बेसहारा भईदो रैछ कमसेकम छोरा छोरीले पढे भने शरिर केही भएपनि बुद्धी लाउँथे, कमाउथे, खान्थे ।ू
विश्वकर्मा परिवार भएकोले चेतबहादुरका बुवा रविलाल बर्षौदेखी पुर्ख्यौली पेशा आरन बनाउने लाई नै निरन्तरता दिदै आउनुभएको छ । तर परम्परागत सामानको सट्टा नयाँ र आधुनीक औजारहरु प्रयोग हुन थालेपछी यो पेशाले मात्रै कमाएर घर धान्न सकिने अवस्था छैन अहिले । रविलालले बर्षौदेखी घर र छोराछोरी यही पेशाले पाल्दै आउनुभएको थियो । अब उमेर ढल्केसंगै परिवार पनी बढेको र महङ्गी पनी भएकोले बुवाको कमाईले आफ्ना छोराछोरी हुर्काउन गाह्रो हुदै गएकाले आफु कामको खोजीमा भौतारिएको चेतबहादुरले बताउनुभयो ।
chet bahadur B.K


नोटः विकलाई सहयोग गर्न चाहानुहुने महानुभावले सम्पर्क गर्न सक्नुहुनेछ । सहयोगका लागि बिकको मोबाईल नम्बर ९८१२९२११५९ मा सम्पर्क गर्न सक्नुहुनेछ त्यसतै गरी साझासबाल मिडिया प्रधान कार्यालय काठमाडौंमा सिधा सम्पर्क पनि गर्न सक्नुहुनेछ ।
Sajhasabal Media Pvt. Ltd.
Phone: 01-4352720
Cell no: 9849953656, 9811467460


source: http://www.sajhasabal.com/achham/news/327544195487#.U-WeJ-OSzqE#ixzz39reypRdJ

No comments:

Post a Comment