रामशरण दर्नालको जीवनीमा आधारित पुस्तक विमोचन

20140829_160124महावीर विश्वकर्मा
जागरण मिडिया सेन्टर
१३ भाद्र, काठमाण्डौं । 
दलित साहित्य तथा संस्कृति प्रतिष्ठानबाट प्रकाशित पुस्तक ”सङ्गीतमय जीवन : सङ्गीत अन्वेषक रामशरण दर्नालको जीवन र कर्म”को आज विमोचन गरिएको छ । वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले पुस्तकको विमोचन गर्नुभएको हो ।
20140829_155358
विमोचन कार्यक्रममा बोल्दै जोशीले नेपाली सङ्गीत क्षेत्रको अध्ययन अन्वेषणमा रामशरण दर्नालले गर्नुभएको योगदानले यो क्षेत्रमा उहाँलाई सँधै अमर राखिरहने विचार राख्नुभयो । दर्नालसँग काम गर्दाका दिनहरु सम्झिनुभएका जोशीले भन्नुभयो, “नेपालको सङ्गीतको क्षेत्रमा उहाँले जति अध्ययन अन्वेषण कसैले गरेन । बाजा संकलनमा अतुलनीय योगदान छ वहाँको ।”
20140829_164709
त्यस्तै दलित साहित्य तथा संस्कृति प्रतिष्ठानका उपाध्यक्ष एवम् पुस्तक विमोचन कार्यक्रमका अध्यक्ष रणेन्द्र बरालीले दर्नालको योगदानको मूल्यांकन गर्नु राज्यको दायित्व भएको बताउनुभयो । साथै रामशरण दर्नालको जीवनी र योगदान सोध ग्रन्धको विषय बन्ने पनि उहाँले विचार राख्नुभयो ।
20140829_170652
यसैगरि सँस्कृतिविद् रामप्रसाद कंडेलले दर्नालले बाँकी छोड्नुभएका काम आफुहरुले पूरा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “सँस्कृतिको बाँकी अध्ययन गर्ने जिम्मा रामशरण दाईले हामीलाई दिनुभएको छ । अब हामीले पूरा गर्नुपर्छ ।”
दलित साहित्य तथा संस्कृति प्रतिष्ठानका अध्यक्ष पदम सुन्दासले राज्य व्यवस्थाले जहिले पनि रामशरण दर्नाललाई पछाडी पारेको विचार राख्नुभयो । “तर वहाँ जनताद्वारा पुरस्कृत व्यक्तित्व हो” उहाँको भनाई थियो ।
20140829_155415
विभिन्न ८ भागमा विभाजित सो पुस्तकको सम्पादन राजेन्द्र महर्जन र पदम सुन्दासले गर्नुभएको हो । पुस्तक विमोचन कार्यक्रम दलित साहित्य तथा संस्कृति प्रतिष्ठान, जागरण मिडिया सेन्टर, राष्ट्रिय दलित नेटवर्क र समता फाउण्डेशनले संयुक्त रुपमा आयोजना गरेको हो । 
20140829_155459 20140829_160321 20140829_160504 20140829_161609 20140829_161656 20140829_163558 20140829_164150

No comments:

Post a Comment