पैसा तिर्दा पनि दलित युवतीले डेरा पाइनन्

भदौ, काठमाडौं तपाईको घरमा कसलाई भाडामा राख्ने वा नराख्ने अधिकार तपाईलाई नै तर, कोठा दिइसकेपछि जात सोधेरडेरा नदिनेभन्नुभयो भने जेल जानुपर्ने हुन सक्छ काठमाडौंको मध्य बानेश्वरका एक घरमालिक अहिले यस्तै फन्दामा परेका छन्
आफ्नो घरको एउटा कोठा भाडामा दिन राजी भएर एक महिनाको भाडावापत हजार रुपैयाँसमेत लिइसकेका कृष्ण थापाको परिवारले डेरावाल युवती दलित भएकै कारणहुँदैनभनेपछि पीडित युवती कानुनी लडाइँमा उत्रिएकी छन्
सामान्य महिला थिइन् भने उनी कथिततल्लो जातको पीडा बोकेर फर्किन्थिन् होला तर, यो घटनामा पीडित युवती पत्रकार हुन् पत्रकार पनि सरकारी सञ्चारमाध्यम रेडियो नेपालकी समाचारवाचिका कमला रसाइली
कानुनको सहारा
उनले यो घटना आफूलाई मात्र परेको भनेर सहनुभन्दा बाहिर ल्याएर कारवाही गराउँदा भोलिदेखि अरु घरबेटीहरु छुवाछुतप्रति सचेत होउन् भन्ने सोचेकी छन् उनले डेरा बस्न नदिने घरबेटीविरुद्ध तीनकुने प्रहरीवृत्तमा मौखिक जाहेरी दिएकी छन् ।कमलाको लिखित जाहेरी पनि तयार प्रहरीले लिखित जाहेरी लिनुअघि पीडक भनिएका घरबेटीलाई कार्यालयमा झिकाएको डीएसपी रमेश तामाङले बोलाउँदा नआए पक्राउ गर्ने चेतावनी दिएपछि थापालेे प्रहरी वृत्तमा आउने बताएका छन् थापा आएपछि लिखित जाहेरी लिएर प्रक्रिया अघि बढाइने उनले बताए
मेरो यो लडाइँ एक घरबेटीविरुद्ध होइन, कथित दलित जाति भएकै कारण डेरा नपाउने डेराबाट निकालिने विकृति विरुद्धको पाइला होकमलाले अनलाइनखबरसँग भनिन् उनीसँग माफी मगाएर मेलमिलाप गर्ने वा कानुनी लडाइँ लड्ने दुबै विकल्प छन्
कमलाले जातीय भेदभाव तथा छुवाछुत (कसुर सजाय) ऐन ०६८ अनुरुप घरवेटी कृष्ण थापा उनकी पत्नीमाथि हदैसम्मको कारवाही क्षतिपूर्तिको माग गरेकी छन् साथै घरभाडा वापत दिएको रकम फिर्ताको माग गरेकी छन्
घटना कसरी भयो ?
रामेछापको तिल्पुङकी स्थायी बासिन्दा कमला रसाइली काठमाडौं आएप्छि ललितपुरको कुम्भेश्वरमा बस्दै थिइन् उनले महिना लगाएर एकजना साथीमार्फत मध्य बानेश्वरमा कोठा पाइन् महिनामा हजार भाडा तिर्ने गरी कोठा भाडामा लिइन् , भदौ गतेदेखि बस्ने गरी भदौको अगि्रम भाडासमेत दिइन्
जब डेरा सर्ने बेला भयो, घरबेटीले सोधे -नानी कोठा दिइयो, रेडियोमा काम गर्ने मान्छेलाई दिँदा खुसी लागेको , जात चाहिँ के पर्यो कुुन्नि ? कमलाले सहजरुपमा आफू रसाइली हुँ भनिन्
यो रसाइली भनेको कुन जाति हो ?’ घरबेटीको प्रश्नमा उनले सिधै बताइन्-हामी दलित हौं त्यसपछि भड्किएकी घरबेटी आमैलेपानी नचल्ने जातलाई हामी डेरा दिदैनौं, हामीले दमै कामीलाई डेरा दिने गरेको छैनभन्दै पूजाआजा गर्दा समस्या पर्ने पानी छोइछाइ हुने बताउँदै डेरा दिन अस्वीकार गरिन्
किन यस्तो गर्नुपर्यो ?
आफूले देशमा गणतन्त्र आइसकेको, जातिपाति नभएको जातीय भेदभाव छुवाछुत दण्डनीय अपराध हो भन्दा पनि घरबेटीले आफूमाथि अपमान गर्न नछाडेको कमलाले बताइन् त्यसपछि अब मैले पनि सहेँ भने जातीय भेदभावविरुद्धको अभियान भाषणमा मात्र सीमित हुन्छ भनेर यो कदम उठाएकी हुँउनले भनिन्
आफ्नो उद्देश्य कुनै एक घरबेटीलाई कारवाही गराउने भन्दा पनि यस्तो मानसिकता बोकेका लाखौं मान्छेलाई सचेत गराउनु रहेको कमलाले बताइन् अरुले यो घटनाबाट पाठ सिकेर जातीय भेदभाव नगरुन् भन्ने मात्रै मेरो चाहना होकमलाले भनिन्
घरबेटीको दाबी
जातीय भेदभावलाई सामान्य सम्झिएका घरबेटी कृष्ण थापा आफूविरुद्ध कमला कानुनी लडाइमा उत्रिएपछि फन्दामा परेका छन् उनी अहिले आफूले दलित भएकै कारण डेरा नदिएको भन्ने आरोप अस्वीकार गर्दैछन्
अर्कै भाइ बस्ने भएकाले दिन नसकिएकोदाबी उनले गरेका छन् तर, अर्कै भाइलाई दिएको भए उनले किन कमलासँग एक महिनाको भाडा समेत लिएर भदौ देखिको सम्झौता गरे ? यो प्रश्नको जवाफ उनले दिन सकेनन्
त्यसो काठमाडौंमा दलित भएकै कारण डेरा नपाउने समस्या कमलाले मात्रै होइन, अन्य धेरैले व्यहोर्दै आएको समस्या हो काठमाडौंमा उसै पनि डेरा पाउन कठिन , त्यसमा पनि दलित समुदायका मानिसहरुमाथि डेरामा ठूलो विभेद हुँदै आएको सो समुदायका मानिसहरु बताउँछन्
माफी मागे घरबेटीले
यसैबीच घरबेटी कृष्ण थापा लक्ष्मी थापाले महानगरीय प्रहरी वृत्तको कार्यालय तीनकुनेमा पुगेर आफूहरुबाट गम्भिर गल्ती भएको भन्दै माफी मागेपछि लिखित कागज गराएर कमलाले माफी दिएकी छन्  ‘मेरो उद्देश्य उनीहरुलाई जेल पठाउन थिएन, यस्ता घटना नहुन् भनेर उनीहरु जस्तालाई सचेत गराउने होउनले भनिन्
 प्रहरीले लिखित कागज गराएर आइन्दा कसैमाथि पनि जातीय भेदभाव नगर्ने व्यहोरामा सही गराई कमलाको अनुमतिमा छाडिदिएको प्रहरी स्रोतले जनाएको कमला रसाईलीबाट भाडा बापत लिएको हजार रुपैयाँ उनीहरुले फिर्ता गरेका छन्  

- See more at: http://www.onlinekhabar.com/2014/08/180547/#sthash.3sxW3d1t.dpuf

No comments:

Post a Comment