बाढीले बगाउँदा सुनारको मृत्यु

रमेश नेपाली
मान्म कालीकोट  
अबिरल परेको पानीका कारण गएको श्रावण २९ गते बेलुका करीब साडे तिन बजे कालीकोटको मान्म गाविसको सुनारखोलामा आएको बाढीले बगाउदा एक स्थानियको निधन भएको कालीकोट जिल्ला मान्म गाविस वडा नम्वर स्थीत सुनार खोलामा आएको पहिरोमा परी मान्म गाविस निवासी ३२ बर्षिय गोगन दर्जीको निधन भएको हो  
पंच देवल नजिकैको खेतमा युरीया मल हाली घर फर्किने क्रममा खोला तर्दै गर्दा एक्कासी आएको भलले बगाउदा उनको निधन भएको हो मृतकको लाश करीव एक किलो मिटर टाढा फेला परेको उद्धारमा खटिएका मृतकका आफन्त प्रदिप दर्जीले बताएका छन् मृतकको टाउँकोमा ठुलो चोट लागेको, एक हात भाचीएको, दुवै आखाँ फुटेको कालीकोट जिल्ला अस्पतालको पोष्ट मार्टम रिपोर्ट तथा जिल्ला प्रहरी कार्यलय कालीकोटको प्रहरी मुचुल्का उल्लेख गरीएको  
मृतक गोगन दमाईका तिन छोरा एक छोरी रहेका छन कर्णाली राजमार्ग अन्र्तगत पर्ने सुनार खोलामा पटक पटक पहिलो जाने, पहिरो रोकथामका लागि स्थानियले सरोकारवाला निकायसँग पटक पटक माग गरेपनि वेवास्ता हुने गरेको स्थानियले गुनासो गरेका छन्

No comments:

Post a Comment