चार दिन भयो, बच्चा र मैले खान पनि पाएका छैनौं ।’- मदना सुनार

भदौ, नेपालगन्ज विपत्तिले धनी गरीब केही भन्दैन तर, गरीवीले थिचेकाहरुलाई प्राकृतिक प्रकोपले पनि अलि बढी नै थिच्दोरहेछ  बाँके उढरापुर- आठविगाहकी मदना सुनारले मानखोलाको बाढीले छाप्रो बगाइदिएपछि आफ्नो दुःखमा यसरी विम्व प्रयोग गरिन्-’जहाँ पातलो, त्यहीँ प्वाल पर्दोरहेछ ’‘एक मलाई पहिल्यैदेखि यस्तै दुःख थियो, अब झन ओत लाग्ने घर नै बगी गयो, साथमा अब खाने कुरा परै जावस् लगाउनलाई एउटा धरोे पनि छैनवेदना सुनाउँदा केही भैहाल्छ कि भन्ने ठान्दै उनले थपिन् – ‘मेरो जीउ सुन्निएको , बच्चाहरु पनि सुन्निएका छन् चार दिन भयो, बच्चा मैले खान पनि पाएका छैनौं साथमा वर्ष, वर्ष वर्षका तीन सन्तानको भविश्य बोकेकी मदनासँग कुनै ओत लाग्ने ठाँउ , शरीरमा रहेका चिसाबाहेक अरु लुगा नै छन् लालाबालाको शरीरमा झन् उनको जीउमा जति पनि लुगा छैनन्
मानखोलाले छाप्रो बगाएपछि स्थानीय जनकल्याण प्राविमा आश्रय खोज्दै आएकी मदनाले चिसोले भिजेका भोकले
ब्याकुल हुँदै रोइरहेका हिलाम्ये बच्चालाई फुलाउने कोशिष गर्दै गरिन्  उनले भनिन्-’कमाउनेे श्रीमान पनि भारत पसेको दुई वर्ष हुन लाग्यो, अत्तोपत्तो छैन मदनाले थपिन्- ‘सम्पत्तिका नाममा बस्ने झुप्रो थियो, त्यो पनि मानखोलाले लगी गयो यी लालाबाला लिएर कहाँ जाऊँ साहेब ? लौन मेरो बन्दोबस्त गरिदिनुपर्यो

चिसोले भिजेका कारण उनका बच्चाका गोडा सुन्निएका छन् बच्चाहरु भोकले आक्रान्त भएर दूध चुस्न खोज्छन् मेरो गति यस्तो , त्यसमा पनि शुक्रबारदेखि खाना पनि पाएकी छैन,’ मदनाले भनिन्-’आइतबार बेलुकी छिमेकीको पिँढीमा सुत्यौं खानेकुरा बाँड्न आएका छन् भन्ने थाहा पाएर स्कुलमा आएकी, उनीहरु गैसकेछन्, आज पनि भोकै बस्नुपर्ने भयो उढरापुर वार्ड नं का वडा नागरिक मञ्चका संयोजक ओम पौडेलले मदनाको बस्ने छाप्रोबाहेक केही नभएको बताए मदनाले गाउँमा अर्काको काम गरी आफ्नो बच्चाको गुजारा चलाउँदै आएको पौडेलले जानकारी दिए ।पौडेलले भने- ‘यिनको बस्ने झुप्रोबाहेक केही थिएन, छरछिमेकमा काम गरेर आफ्ना बच्चाहरुको पेट पाल्दै आएकी थिइन् अब बस्ने घर पनि बाढीले लगिदियो सबै बिजोग हामीले पनि आफ्नै अवस्था नाजुक , केही सहयोग गर्न सकेका छैनौं

No comments:

Post a Comment