दलित भन्दै भाडावालालाई डेराबाट निकाल्ने घरधनी दम्पती पक्राउ

घरबेटि श्याम भण्डारी
१८ कात्तिक, विराटनगर,विभेद बिरुद अभियान  । इटहरी उमनपा-८ का ४२ वर्षीय श्यामकाजी भण्डारीले आफ्नो घरमा डेरा बस्न आएका इटहरी उमनपा-८ कै कर्णबहादुर विश्वकर्मालाई जातीय भेदभाव तथा छुवाछुत गरेको भन्दै इलाका प्रहरी कार्यलय इटहरीले कात्तिक १८ गते उनीविरुद्ध मुद्दा दर्ता गरेको छ ।


श्याम भण्डारीले कोठा भाडामा दिने सहमति गरेर बस्ने बेलामा जातीय भेदभाव गरेको भन्दै कर्ण विश्वकर्माले कात्तिक १७ गते इलाका प्रहरी कार्यलयमा उजुरी गरेपछि प्रहरीले आरोपितलाई  गिरफ्तार गरी मुद्दा दर्ता गरेको हो । कर्णबहादुर विश्वकर्मा र उनकी पत्नी शान्ति गजमेर विश्वकर्माले भण्डारीको घरमा भाडामा बस्न मासिक २ वटा कोठाको चार हजार रुपियाँ तिर्ने सहमति भएको र परिवार सहित कात्तिक १७ गते सो कोठामा बस्न जाँदा दलित जातको भनी जातीय छुवाछुत तथा भेदभाव गरेको उजुरीमा जनाइएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी ओमप्रसाद अधिकारीले बताए । 
गिरफ्तार श्यामकाजी भण्डारीलाई जातीय भेदभाव तथा छुवाछुत कसुर ऐन २०६८ अर्न्तर्गत मुद्धा दर्ता गरी अनुसन्धान तथा कारवाही अगाडी बढाइएको प्रहरी जनाएको छ । आरोपित सुनसरी इटहरी उपमहानगरपालिका ८ का ४२ वर्षका श्याम भण्डारी र उनकी पत्नी ४० वर्षकी शर्मिला भण्डारी लाई इलाका प्रहरी कार्यलय इटहरीको हिरासतमा राखिएको छ ।

1 comment:

  1. समया हाम्रो हात मा आको छ छाड्नु हुदैन सान्ती जि

    ReplyDelete