आफ्नै पुर्खियौली पेशामा संघर्ष गर्दैछ्न पुर्ण बहादुर बिश्वकर्मा

प्रकाश पाक्साँवा - ६ मंसिर, तेह्रथुम- विभेद विरुद्ध अभियान  । तेह्रथुम जिल्लाको आङदिममा एक युबा कृषि औजार बनाएर बिक्री गरेर जिबिकोपार्जन गर्दै आएका छन । लेगुवा ५ धनकुटाका २७ बर्षिया पुर्ण बहादुर बिश्वकर्माले कृषि औजारका सामाग्री बनाएर त्यसैको बिक्रीबाट जिबिकोपार्जन  गर्दै आएका हुन ।
सानैबाट औजारका सामाग्री बनाउँदै आएका बिश्कर्माले ३ बर्ष अगाडी देखि आफ्नो ससुराली घर नजिकै कोठा भाडामा लिएर औजार बनाउन थालेका हुन । महिनाको १५ सय रुपैया कोठा भाडा तिर्दै आएका बिश्वकर्माले आफ्नै ससुराली घरमा रहेको आरानमा सामाग्री बनाउँदै आएका थिए । १ छोरी र श्रीमती गरि ३ जनाको परिवार रहेको उहाँले अहिले कृषि औजार बनाएर मसिक रुपमा १० हजार रुपैयाँ आम्दामी लिदै आउका छन् ।
नयाँ ठाँउ भएकोले पहिले पहिले सबै सँगे चिनजान नहुँदा उनका जिबन गुजारा गर्न समस्या भएको थियो । बिद्यालयको नाममा कक्षा २ सम्म मात्र पढ्न पाएका बिश्वकर्माले आफनै बुबा दाजुभाई सँगै आरानमा नै बिताएका थिए । काम गर्न सक्ने भए पछि आरानको काम सँगै अरुको घरमा बनी गर्न जानु पर्ने बाध्यता रहेको थियो । १४ बर्षकै उमेरमा बिबाह गरेका बिश्वकर्माले मनभरी धनको सपना देखेर २०६८ सालमा कतार पुगेका थिए ।
गरिब परिवारका उनले आफन्त र छिमेकीकोमा सयकडा ३ का दरले १ लाख रुपैयाँ रिण गरेर बिदेश पुगेका तिन महिना नबित्दै कम्पनीमा समस्या भए पछि ४ महिना जेल पर्नु भएको थियो उहाँ भन्नु हून्छ , त्यो पलको कुरा म सोच्न पनि सक्दिन घरमा श्रीमती सानै छोरालाई सम्झिएँ पराईको भुमिमा परिवारलाई सुखसँग राख्ने सपना बोकेर कतार पुगेको थिए तर मेरो सपना खरानी भयो म सपना र बिपना भएको केही थाहा पाईन मानब भएर जति नै समस्या भए पनि जिउनु पर्दाे रहेछ ।
जसोतसो ५० हजार त रिन तिरेँ तर अब ५० हजार कसरी तिर्न रातमा निन्द्रा लाग्दैन सानो बच्चा र श्रीमती छन अहिले केही हून्छ की भनेर ३ बर्ष देखी यो काममा हात लगाएको छु खान लगाउन मात्र धानि रहेको छ । उहाँले कृषि औजारका सामाग्री खुकुरी ,कोदालो ,फाली ,कर्दा लगायत सम्पुर्ण बस्तु बनाउँदै आउनु भएको छ ।
उहाँले बनाउनु भएको सामाग्रीहरु स्थानिय स्तरमा नै बिक्री गर्दै आउनु भएको छ । कुनै बेला धेरै बनाउनु भएको खण्डमा स्थानिय नजिकैको बजार बसन्तपुर छथर सुक्रबारे बजार र धनकुटाको सिधुवा बजारमा लागेर बिक्री बितरण गर्दै आएका छन् ।
संयन्त्र डटकम बाट

No comments:

Post a Comment