दलित एकता समाज नेपालको उदघाट्न तथा सुभकामाना आदानप्रदान कार्यक्रम सम्पन्न

दलित एकता समाजका अध्यक्ष सुमन त्रिखत्री (सागर नेपाली)
काठमाडौ , कार्तिक २१- विभेद विरुद्ध अभियान ।
दलित एकता आजको आवश्यकता , छुवाछूत मुक्त समाज निर्माणका लागि सम्पुर्ण नेपालीहरुको सहभागिता भन्ने नाराका साथ आज राजधानीको अनामनगर स्थित युनियन हाउसमा आयोजित एक कार्यक्रमका बिच दलित एकता समाज नेपाल अन्तर्राष्ट्रिय समन्वय समितिको उदघाट्न एव दशै तिहार सुभकामाना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।


समाजसेवि शेखेर ढुङेल
कार्यक्रममा प्रमुख अतिथि दलित अधिकारकर्मी पदम सुन्दास ,अतिथिहरु एमाले सभासद एव मुक्ती समाजका अध्यक्ष जितु गौतम, पुर्व सभासद बिनोद पहाडी, दलित नेता गणेश बिक, दलित कल्याण संघका मोतीलाल नेपाली,दलित सेवा संघका चक्रमान बिस्वकर्मा,  ,जनउत्थान प्रतिस्ठानका डा. यम बा किसान , दलित संघका सम्भु हजारा पास्वान , समाजसेवि शेखेर ढुङेल,दलित मुक्ती मोर्चाका सचिब डा. बुद्धि नेपाली,बहुजन पाटीका महामन्त्री मेखराज परियार,मधुगङा समाज सेवा संघका युवराज दर्नाल,युवा समन्वय नेपालका अध्यक्ष अन्जान परियार,गुल्मी काठमाडौ दलित सम्पर्क समाजका अध्यक्ष छबिन्द्र बिक सहित विभिन्न संघ सस्थाका प्रतिनिधि ,सञ्चारकर्मी, विभिन्न पेशाकर्मीहरुको सहभागिता रहेको छ ।

दलित संघका सम्भु हजारा पास्वान
बिश्वभरी छरिएर रहेका दलित समुदायलाइ एक ठाउँमा ल्याउन आफनो नेतृत्वमा दुई बर्ष अघि दलित एकता संजालको नाममा फेस्बुकको माध्यम बाट संगठित हुँदै सामाजिक सेवाको काम गर्दै आएको कार्यक्रमका सभाध्यक्ष  तथा दलित एकता समाजका अध्यक्ष सुमन त्रिखत्री (सागर नेपाली)ले प्रष्ट पार्नु भयो । उहाँले समुदायको सम्श्याहरु मा सकेको सहयोग गर्नका लागि नेपाल सरकारको नीति नियम अनुसार बैधानिक हुनु पर्ने भएकाले संजाल भनी राख्न नमिलेको हुनाले दलित एकता समाज भनी दर्ता गरि अघि बढेको जानकारी दिदै आफूहरुको थालनी सिटामोल कपि कलम हुँदै हस्पिटल र विश्वबिधालय सम्म पुग्ने रहेकोले सवैको सहयोग र एक्यवद्धताको अपिल समेत गर्नु भएको छ । 
जनउत्थान प्रतिस्ठानका डा. यम बा किसान 

रेडियो हिमालय अनलाइनले प्रत्यक्ष प्रसारण गरेको यस कार्यक्रममा बोल्ने अधिकास अतिथीहरुले सस्थाको उदघाट्न प्रती सुभकामाना दिदै नया सस्था जन्मिएकोमा खुशी हुनु भन्दा यस्ले आउदा दिनमा समुदायको लागि गर्ने कामको परिणामले खुशी हुने बताउदै आउदा दिनमा देशबिदेशमा छरिएर रहेका समुदायका हरेक समस्यामा साथ दिदै मुलुकमा हुने दलित आन्दोलनमा भुमिका खेल्न समेत सुझाव दिएका थिए । त्यस्तै गरि कार्यक्रममा बोल्दै समाजसेवि शेखर ढुङेलले सामाजिक विभेदको गुन्जाइस हुन नदिन दलित समुदायले अब शिक्षा र आत्मनिर्भरता भए मात्र समाजमा ठुलो जात भन्नेको चेतना खुलाउन सकिने दावी गर्नु भयो ।कार्यक्रममा ढुङेलले शारीरिक रूपमा अशक्त साहित्यकार दिपक नेपालीलाई नगद ५ हजार सहयोग समेत गर्नु भएको थियो ।
बहुजन पाटीका महामन्त्री मेखराज परियार

कार्यक्रमका प्रमुख अतिथि पदम सुन्दास
त्यस्तै गरि कार्यक्रमका प्रमुख अतिथि पदम सुन्दासले साहित्यकार नेपालीलाई हङकङबाट गोबिन्द बिश्वकर्माले सहयोग गर्नु भएको दसहजार,साउदी बाट खिर बहादुर परियार ले पुस्तक बिक्रि बाट पठाउनु भएको ५ हजार र दुबई बाट पुस्तक बिक्री गरि चित्र नेपालीले पठाउनु भएको ५ हजार तीन सय रकम हस्तान्तरण गर्दै दलित एकता समाजले स्वाभीमानी पुर्वक आफ्नो पहिचान बोकेर विभेद हटाउन लाग्नु पर्ने बताउनु भयो । उहाँले आ- आफ्नो बिचार, लोगो र उदेश्य लिएर समुदायको लागि गर्न सके मात्रै नया खुल्ने संघसस्थाहरुको पहिचान स्थापित हुने भन्दै समान उदेशयका लागि स्थापित संघसस्थाहरु ले सामाजिक रूपमा वादप्रतिबाद नगर्न सुझाव दिनु भएको थियो । 

No comments:

Post a Comment