नेपाल राष्ट्रिय दलितमुक्ति मोर्चा दाङको बिस्तारित बैठक सम्पन्न

दाङ , मंसिर २ , विभेद विरुद्ध अभियान । नेपाल राष्ट्रिय दलितमुक्ति मोर्चा दाङको बिस्तारित बैठक सम्पन्न भएको छ । बैठकलाई सम्बोधन गर्दे नेपाल राष्ट्रिय दलित मुक्तिमोर्चाका केन्द्रिय सदस्य एवं संगठन बिभाग प्रमुख चन्द्रबहादुर विश्वकर्माले पहिलो संविद्यानसभामा एमाओबादीले स्पष्ट महुमत नपाउँदा दलित समुदायका अधिकार कटौति भएको बताउनुभयो । जनताको राष्ट्रिय एजेण्डा एमाओबादी संगमात्र भएका भन्दै आम दलित समुदायको अधिकार स्थापित एमाओबादीले गर्ने बताउनुभयो ।
बैठकका प्रमुख अतिथी समेत रहनुभएका विश्वकर्माले नयाँ संविधान वुर्जुवाहरुको संविधान भएका कारण आम नेपाली दलित समुदायका अधिकार,महिला,आदिबासी,मधेशीहरुको अधिकार स्थापित गर्नेका लागि संबिधान संसोधन गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । विश्वकर्माले सहमतिका नाममा काग्रेस र एमालेले दलित समुदायलाई धोका दिएको उल्लेख गर्दे समाबेसी समानुपतिको एजेण्डा एमाओबादीको भएका कारण यसलाई संस्थागत गर्नुपर्ने बताउनुभयो ।
एमाओबादी दाङ अध्यक्ष कुबेर वलीले दलित आफै सर्वहारा बर्ग भएका कारण राज्यका हरेक स्थानिय निकायमा समाबेसी,समानुपतिक आधारमा प्रतिधित्व हुनपर्ने बताउनुभयो । कार्यक्रममा विशिष्ट अतिथी समेत रहनु भएका वलीले माओबादी आन्दोलनलाई तुहाउन खोज्नेहरु आफै सिद्धिन थालेको बताउनुभयो ।
राष्ट्रियता र जनजिवीकाको सवालमा एमाओबादी सबैलाई स्पष्ट पारेको बताउँदै अध्यक्ष वलीले एमाओबादीेले नेपालको कम्युनिष्ट आन्दोलनलाई बचाउँन सफल भएको बताउनुभयो । नेपाल राष्ट्रिय दलित मुक्तिमोर्चा दाङका अध्यक्ष खड्क बहादुर सुनारको अध्यक्षतामा भएको कार्यक्रममा एमाओबादी दाङका सचिवालय सदस्य लुमाकान्त न्यौपाने सागर केन्द्रिय सदस्य राधिका परियार ,झपेन्द्र शिङ चित्राकार, चक्रबहादुर विश्वकर्मा लगाएत नेता कार्यकर्ताले आ आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

No comments:

Post a Comment