बालविवाह गराएको आरोपमा तीन जना अभिभावक पक्राउ

सुर्खेत ,कार्तिक १८ , विभेद विरुद्ध अभियान । महेन्द्रनगर  नपा-२० कोलडाँडाका १४ वर्षीया तीन जना बालिका र उनीहरूका तीन जना अभिभावकलाई बालविवाह गराएको आरोपमा कात्तिक १७ गते प्रहरीले आ-आफ्नो घरबाट गिरफ्तार गरेको जनाएको छ ।
जिल्ला बाल कल्याण अधिकृत प्रेमप्रसाद आचार्यका अनुसार बालिकाका अभिभावकहरूमा डिलमाया सुनाररूक्मी रावत र धिरबहादुर सुनार रहेका छन् । गिरफ्तार भएका सबै जना जिल्ला प्रहरी कार्यालयमा रहेका छन् ।जिल्ला बालकल्याण समितिआवाजसिविन,सीमान्तकृत महिलाहरूका लागि महिला संस्था वाम,केड नेपाल लगायतका संस्थाका प्रतिनिधिहरूसहित जिल्ला प्रहरी कार्यालय सुर्खेतको समन्वयमा तीनजना किशोरी र उनीहरूका अभिभावकलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।
कोलडाँडामा रहेको नागरिक सचेतना केन्द्रले दिएको जानकारी अनुसार अनुगमन गर्दा विवाह गरी घर परिवारले स्वीकार गरेको अवस्थामा फेला पारेपछि अभिभावकलाई समातिएको बालकल्याण अधिकृत आर्चायले बताए । विवाह गर्ने केटाहरू भने रोजगारीको लागि जिल्ला बाहिर रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।
जिल्लाका सरोकारवाला निकायमा बालविवाहको उजुरी नपरे पनि ग्रामीणस्तरमा बालविवाहका घटनामा कमी नआएको जिल्ला बालकल्याण समितिसुर्खेतले जनाएको छ ।

No comments:

Post a Comment