- कार्तिक २३ - बिभेद विरुद्ध अभियान ।
दलित समुदाय राज्यको समाजिक, आर्थिक र राजनीतिक तवरले सबैखाले अवस्था, व्यवस्था र पहुँचबाट बन्चित समुदाय हुन्।
समाजिक र साँस्कृतिक हिसाबले समेत हेपिएका, दविएका र दवाइएका शोषित, उत्पीडित तथा वास्तविक सर्वहारा, श्रमजीवि वर्गपनि यिनै समुदाय हुन् । अर्थात हरेक हिसाबले र विविध कारणले पछाडी परेका र पारिएका शोषित उत्पीडित समुदाय हुन् दलित समुदाय ।
दलितभित्रै पनि दलित विभेद र छुवाछुत प्रथा छ । एक दलितको अर्को दलितसँग पानी बाँडफाँडको अवस्था छैन् । एक दलित जातिले अर्को दलित जातिको शरीर छुँदा छुवाउने अछुत हुने समाजिक परम्परा छ । अर्थात एक दलित अर्को दलित जातिको अस्तित्व नस्वीकार्ने कुसंस्कार र सँस्कृति छ ।
दलित दलित वीचको पारिवारिक वैवाहिक सम्बन्ध तथा गैरदलित हरुसँगको वैवाहिक लगायतको सम्बन्धको कुरा त निकै परको विषय हो ।
मधेशी र पहाडी दलितको जातिय विभेदको समस्या एउटै भएतापनि दुवै दलित जातिको समस्या र पहुँच फरक छन् । राज्य र राजनीतिक दलमा पनि मधेशी दलितको भन्दा पहाडी दलितको अवसर र पहुँच गुणात्मक हिसाबले बढि छन् ।
गैरदलित जातिहरुमा पनि जातिय विभेद छन् । स्वजातियहरुभित्र उपजातिहरु छन् । जसले गर्दा स्वजातिहरु बीचको सम्बन्धलाई समेत फराकिलो पारेका छन् । उनीहरु भित्रै पनि एक जातिले अर्को जातिको अस्तीत्व स्वीकार्नमा हिच्किचाहट छन् ।
अर्थात वाहुन होस् वा क्षेत्री वैश्य होस् वा शुद्र सवैजाति र धर्मावलम्बीहरुमा यस्तै जातिय र धार्मिक विभेदको अवस्था छ । एक जातिको अर्कोजातिसँग परिवारिक वैवाहिक सम्बन्ध चल्दैन् । धर्महरु बीचको समाजिक सम्बन्ध चल्ने कुरै भएन् ।
यसरी पानी चल्ने र नचल्ने चलअचल, उच्च निच्च र ठूलो सानो बीचको जातिय र धार्मिक वेमेल छ । यो कस्तो र कस्को संस्कार र संस्कृति हो ? यो कसले र किन प्र्रतिपादन गरे ? यो गम्भीर सवाल हो । त्यसैले यतिवेला यो समाजिक चूनौतिको विषय वन्न गएको छ । यो तमाम कुरा बुझ्न जरुरी छ ।
हाम्रो समाजमा स्वजातिय धार्मिक वैवाहिक परम्परा छ । समाजिक, आर्थिक र राजनीतिक तथा धर्ममा पनि स्वजातिय मानसिकता छ ।
यसलाई वर्गिय पक्षधर भन्दा पनि अतियुक्त नहोला । यो वर्गिय समस्याकै रुप हो । यसले प्रगतिशिल वैज्ञानिक समाजको नयाँ संरचनाको कुनै अर्थ राखेको छैन् । जसले समाजिक टकरावहरु बढाएका छन् ।
वर्तमान समाजमा रहेका अवसरवादी तथा यथास्थितीवादी सोच, चिन्तन र प्रवृति तथा समाजिक आर्थिक व्यवस्था प्रगतिशिल र वैज्ञानिक समाजको बाधक बनेका छन् । यसबाट समाज उन्मुक्ति चाहन्छन् ।
वैज्ञानिक र भौतिकवादी दृष्टिकोणले स्वजातिय बीचको वैवाहिक समाजिक धार्मिक परम्पराले घुमिफिरी रगत हाडनातामै पर्न पनि सम्बन्ध हो ।
जसलाई हाम्रो समाजले नकार गरेका छन् । तर, यहाँ उनीहरुकै शब्दमा गलत व्याख्या र परिभाषा गरिदिएको छ । अन्तरजातिय वैवाहिक समाजिक, आर्थिक र राजनीतिक तथा धार्मिक अन्तरघुलनले वैज्ञानिक र वस्तूवादी सम्बन्ध तथा नयाँ समाजिक संस्कार संस्कृतिको घर वसाल्ने कार्य गर्दछन् । जहाँ संसार र समाजको असल मानवीय सृष्टि छन् ।
विज्ञानले पनि एकलाई दुईमा विभाजन र दुईलाई एकमा रुपान्तरण गर्ने सिद्धान्तको प्रतिपादन गरेका छन् । तर, यहाँ विगतमा समाजका शासकहरुले सत्ता र शासन स्वार्थका निम्ति समाजिक संस्कार र संस्कृतिलाई विकृति विसंगतिको रुपमा भजाएर स्थापित गर्न सफल भएका छन् । परिणामतः यसलाई रुपन्तरण र परिवर्तन गर्न पुस्तौँ लाग्ने देखिन्छ ।
फेरि यसलाई नतोडी नयाँ वैज्ञानिक र वस्तुवादी समाज र संसारको कल्पना गर्न सकिदैन् । जातिय विभेद तथा छुवाछुत प्रथा कसले र किन ल्यायो ? यसको उत्पति र विकास कसरी भयो ? वुझन जरुरी छ । यसलाई कसरी हल गर्न सकिन्छ ?
यसको दिर्घकालिन सामाधान के हुन सक्छन् । यो गम्भीर विषय हो । हाम्रो समाज अरु भन्दा साँस्कृतिक कारणले किन धेरै पछि परेका छन्। पर्दै आएका छन् पनि । मुलुकमा भैगरेका आन्दोलन र विद्रोह पनि साँस्कृतिक विकृति विसँगतिकै कारण अन्तत किन पतन हुँदै आएका छन्।
यसमा परिवर्तन र रुपान्तरणको खाँचो छ । विगत भन्दा वर्तमान शैक्षिक राजनितिक चेतनाको हिसाबले समाज अगाडी बढी सक्दा पनि वौद्धिक वर्गमा विभेदको रुप किन फेरियो । अहिले समाजमा प्रत्येक विभेद र उत्पीडन भन्दा अप्रत्यक्ष विभेद र उत्पीडनको चरम खतरामा छन् ।
समाजिक चेतना र शिक्षाको हिसाबले न्यूनिकरण हुनुको साटो बढेर आएको छ । यो तमाम समस्या र प्रश्नको कारक तत्व राज्य र राजनितिक दल नै हुन् । जुन अंशको भन्दा समग्र परिवर्तनको वाधक बन्दै आएका छन् ।
राज्य र राजनीतिक दलको व्यवहार र विचारमा ठूलो खाडल छ । यसमा समाज भन्दा राज्य र राजनीतिक दल नै प्रमुख दोषी छन् । अझैपनि फुटाई र शासन गरेको निति अम्वलम्बन गर्दै आएका छन् । अधिकार चाहिनेलाई भन्दा नचाहिनेको भिर छन् ।
अहिले सत्ता, शासन र शासकबीचको लडाई छ । शोषित, उत्पीडित वर्ग जाति, क्षेत्र, लिङ्ग र समुदायको अधिकार फेरि गौन र मौन भएका छन् ।
हाम्रो मुलुकमा लिच्चवी राजा सुषष्प र अंशुवर्माले हिन्दु वर्णाश्रम व्यवस्था भित्रयाएका थिए । वि.स. १४३ सालमा मल्ल दलित राजा जयस्थिति मल्लले जयन्त मन्त्रीको सक्रियतामा छिमेकी भारतबाट पाँच जना व्राहमण श्रीनाथ भट्ट, महिनाथ भट्ट, रघुनाथ भट्ट, रामनाथ र किर्तिनाथ उपाध्यायलाई वोलाएर वर्णाश्रम व्यवस्थालाई थप मजबुत र परिस्कृत गरेको इतिहास साक्षीछन् ।
यसरी जातीय भेदभाव तथा छुवाछुत प्रथा जस्ता अमानविय भेदभाव तथा समाजिक कुसंस्कार र संस्कृतिको निर्माण खस व्राहमणवादीहरुले जर्वजस्त राज्यको आड भरोसामा संस्थागत गरेका थिए ।
त्यसको विकास क्रममा वि.स. १९६३ सालमा गोरखाका राजा राम शाहले पनि कथित समाज सुधारको नाममा पेशाको आधारमा जातिय प्रथाको निर्धारण गर्ने कुचेष्टा गर्यो । जहाँ मुलुकको ठूलो श्रमजीवि सर्वहारा समुदायको जथाभावी छुवाछुत तथा पानी चल्ने नचल्ने छुतअच्छुत जातीय प्रथाको घोषणा गर्यो । दलित र गैरदलित भित्रै पनि जातियताको श्रेणी छुटयाएर थप समाजिक विकृतिको जटिलता थप्ने षडयन्त्र ग¥यो ।
अर्को वि.स. १९१० सालका पहिलो लिखित मुलुकी ऐनमा जातिको आधारमा अपराध र त्यस अनुसारको सजाय महल तोक्ने खेल ग¥यो । पानी नचल्ने जात महलका कसाही, च्यामे, खलक, डोम, दुषाद, चमार, मुसहर, खत्वे आदि र पानी नचल्ने तर छोया छिटो हाल्नु पर्ने ठुलो सानो जात ऐन शिर्षक अन्तर्गत पानी नचल्ने जातलाई पनि दुई भागमा विभाजन गर्यो ।
जसमा निम्न जातिहरुलाई विभिन्न वर्गमा विभाजन गरेका थिए । पानी नचल्ने छोया छिटो हाल्नु पर्ने जात मुसलमान, धोवी, तेली, सुडी, कलवार, कुलु, कसाई, क्लेच्छ, आदि र पानी नचल्ने तर छोया छिटो हाल्नु पर्ने जात कामी, दमाई, सार्कि, गाइने वादीवाद, पोदे, छुर्के, च्यामे, खलक, लोहार, डोम, दुसाद, चमार, मुसहर, वाँतर, खत्वे, मण्डल आदि लगायतका विभाजित ऐतिहासिक तथ्यहरुले प्रष्ट हुन्छ की दलित र गैरदलित भित्रपनि जातिय विभेद तथा छुवाछुत प्रथाको जडा गाडेर शासकहरुले आफ्नो दमन, शोषण र उत्पीडन तथा शासनलाई निरन्तरता कायम राख्न भातीहरुलाई विभाजनको निति अम्वलम्बन गरेका थिए ।
यसरी वर्णाश्रम व्यवस्थाको व्राहमण, क्षेत्री, वैश्य, सुद्रको रुपमा जातिय विभाजन गरेपछि सवैभन्दा उच्च जात व्राहमण त्यसपछि क्षेत्री वैश्य र अन्त्यमा सुद्र जसलाई सवैभन्दा निच्च र अछुत बनायो । यसरी व्राहमणले क्षेत्रीलाई, क्षेत्रीले वैश्यलाई र वैश्यले सुद्रलाई छुवाछुत गर्ने समाजिक चलन बसाल्यो ।
जुनकारण दलित दलितबीच र गैरदलितबीचमा पनि जातिय भेदभाव गर्ने समाजिक कुसंस्कार र संस्कृतिको विजारोपन ग¥यो ।
जतिजति समाज र यहाँका मान्छेहरु शिक्षित र सचेत हुँदै गयो । उतिउति विभेदका श्रृख्लाहरु फरक हुँदै गयो । समाजलाई अर्ति उपदेश दिने अधिकांश वुद्धिजीवि र विज्ञ, विषलेशकहरुले पनि जातिय संकिर्णताकै आधारमा व्याख्या विषलेशन गर्दै आएका छन् ।
गैरदलित बीचको विभेद छुवाछुत नदेख्ने र दलितबीचको विभेद छुवाछुत देखेर कुतर्क गुर्न भनेको अरुको आङ्गमा जुम्रा हिडेको देख्नु र आफ्नो शरीरमा हामी सम्म हिडेको नदेख्नु सरह नै हो । यस्तो सोच, चिन्तन र प्रवृतिले समाज परिवर्तन हुन सक्दैन् । गर्न पनि सकिदैन् ।
जातिय पेशा, सरसफाई र दलित भित्रको जातीय विभेद देखाएर वाहियात तर्क गुर्न र दलितमाथि जातिय विभेद लादी राख्नु पाखण्डीपना हो । दलित भन्दा गैरदलित वस्तीहरुमा पनि कति फोहोरी वातावरण र जातीय विभेद तथा दैनिय र दरिद्र अवस्था छ ।
त्यतापनि ध्यान दिन जरुरी छ । ठूलो जाती कहलिएकै कारण दरिद्र र फोहोरी हुदैन भन्न सकिदैन र दुधमा पखालेको देख्नु गलत कुरा हो ।दलित जाति पनि अवसर र फुर्सद पाएर गैरदलितहरुको अवस्था भन्दा पनि कमजोर हुँदैन । एक दिन काम नगर्दा कैयन छाँक भोकै रात विताउनु पर्ने हुन्छ ।
विभिन्न कुतर्क गरेर दलितलाई दलित बनाई राख्नु भन्दा गैरदलितहरुले जातिय भेदभाव तथा छुवाछुत जस्ता अमानीय व्यवहार छोडन वितिकै जातीय भेदभाव तथा छुवाछुत प्रथा स्वतह अन्त्य हुने विषय हो ।
यसमा कुनै तर्कको आवश्यकता नै पर्दैैन । अझैपनि राज्य र राजनीतिक दल यथास्थितिवादी सोच चिन्तन र प्रवृतिबाट माथी उठन सकेन भने समाजलाई असभ्य विभेदबाट मुक्त गर्न सकिदैन । वरु विभेदका रुपहरु फेरिएर दोहोरिने खतरा रहिरहन्छ ।
यसमा राज्य, राजनीतिक दल र वौद्धिक वर्ग आजै देखि लागी परे तमाम खाले समाजका विभेदजन्य विकृति र विसंगतिलाई अन्त्य गर्न सकिन्छ र त्यसका विरुद्ध नयाँ र सुन्दर समाजको कल्पना गर्न सकिन्छ ।
No comments:
Post a Comment