नेपाल दलित संघ गुल्मीको खज्र्याङ्ग गाउँ कार्य समिति गठन


प्रेम सुनार, गुल्मी, २०७२ कात्तिक २८ । नेपाली कांग्रेस निकट नेपाल दलित संघ गुल्मीले खज्र्याङ्ग गाउँ कार्य समिति गठन गरेको छ । संघका जिल्ला अध्यक्ष झविन्द्र बिश्वकर्माको प्रमुख आतिथ्यतामा आयोजित भेलाले खज्र्याङ्गका दलित अगुवा एमकुमार नेपालीको अध्यक्षतामा ११ सदस्यीय गाउँ कार्य समिति गठन गरेको हो ।
भेलाले उपाध्यक्षमा विष्णु परियार, सचिवमा विष्णु बिश्वकर्मा, सह–सचिवमा रमेश परियार र कोषाध्यक्षमा विमला सुनारलाई चयन गरेको छ । नयाँ कार्य समितिलाई शुभकामना मन्तव्य दिदै प्रमुख अतिथी जिल्ला अध्यक्ष झविन्द्र विश्वकर्माले दलितहरुको हक अधिकारका निम्ती नेपाल दलित संघले अग्रपंक्तीमा रहेर काम गरेको दावि गर्दै खज्र्याङ्ग गाउँ कार्य समितिलाई पनि त्यसरी नै जुट्न निर्देशित गर्नु भएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस खज्र्याङ्ग गाउँ कार्य समितिका सभापति पुर्णबहादु बुचा मगर, खज्र्याङ्गका निवर्तमान गाविस उपाध्यक्ष नारायण अर्याल , नेपाल दलित संघका जिल्ला सचिव शेरबहादुर चुँदराले मन्तव्य राख्नु भएको थियो ।
नेपाल दलित संघ खज्र्याङ्गका अध्यक्ष एमकुमार नेपालीकोृ अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव विष्णु बिश्वकर्माको स्वागत मन्तव्य र सह सचिव रमेश परियारको सञ्चालन रहेको थियो ।

No comments:

Post a Comment