पुख्र्यौली आरन पेशा पनि लोप लागेको भन्दै सहयोग गर्न अपिल



ताप्लेजुङ, २३ कात्तिक - विभेद विरुद्ध अभियान / राम्रो बजार नपाए पछि कामी जाती ले बनाउने परम्परागत घरेलु हतियार बनाउने पेशा लोप हुने अवस्थामा पुगेको छ । बजारको अभाव, कम मुल्य लगायतका कारण दलित समुदायद्धारा घरेलु आरनमा घरेलु हतियार हँसिया, खुकुरी, वन्चरो, तरवार लगायतका हातहतियार बनाउने पेशा लोप हुने अवस्थामा पुगेको हो ।
विशेष गरी कामी जातीले बनाउने यस्ता शिपमुलक घरेलु हतियार बनाउने पेशा घरका लागि बजारमा सस्तो किसिमका हतियार पाईने भएकाले पेशा नै लोप हुन थालेको आरन पेशा अंगालेका ताप्लेजुङ खेवाङका मानबहादुर विस्वकर्मा बताँउछन् ।
हातहतियार बनाउन निकै मेहेनत र समय लाग्ने भएपनि मेहेनत अनुसारको मुल्यनै नपाए पछि पेशानै परिवर्तन गर्नु पर्ने अवस्थामा पुगको व्यवसायीको भनाई छ । माग पनि कम हुने र पुरानै मुल्यमा विक्रिवितरण गर्नु पर्ने भएकाले पनि यो पेशाबाट फाईदा नभएको उनिहरुको भनाई रहेको छ ।
कतिपय ठाँउमा बालीघरे पर्था अझै पनि कायमै रहेकाले वर्ष भर चाहिने हातहतियार बनाई दिएर अन्नपात उठाउनु पर्ने झण्जट, समयमा पैसा नपाईने आदी कारणले पनि पेशा परिवर्तन गर्नु पर्ने बाध्यता देखिएको छ ।
सरकारले बजारीकरणको  व्यबस्था, आधुनिक प्रविधि सहयोग साथै सिप विकासमा सहयोग गरे आफुहरु संकटमा नपर्ने साथै पुख्र्यौली आरन पेशा पनि लोप नहुने आरन व्यबसायीको भनाई छ ।

No comments:

Post a Comment