बाजुराको दलित नेटवर्क जीवन र मरणको दोसाँधमा

बाजुरा, २३ कार्तिक, विभेद विरुद्ध अभियान ।
बाजुरा जिल्लाको दलित सामुदायको हक अधिकार संरक्षण, पब्रद्धर्न, परैवी र संरक्षणको लागि जिल्लामा स्थापाना भएको जिल्ला दलित नेटवर्क बाजुराको बैधानिक रुपमा गला निमोठिन लागेको छ ।२०६० सालमा सामाजिक सञ्जालको रुपमा स्थापना भई वि.सं. २०६६ सालमा बैधानिक रुपमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको जिल्ला दलित नेटवर्क बाजुरा अहिले बैधानिक रुपमा जीवन र मरणको दोसाँधमा रहेको छ ।

जिल्लामा क्रियाशील राजनीतिक दलहरुमा आबद्ध दलित सामुदायका अगुवाहरुको सहमतिमा राजनीतिक भाग बण्डा मिलाएर पभ्रावकारी संगठन बनाउन गरिएको अभ्यास पछि जिल्ला दलित नेटवर्क बाजुरा धारासायी बनेको जानकारहरुले बताउने गरेका छन् ।

 जिल्लामा दलित नेटवर्कको वर्तमान अवस्था केछ ?भन्ने प्रश्नमा नेटवर्कका उपाध्यक्ष बिनिता बिकले आफूलाई कुनै पनि जानकारी नभएको बताईन् । उनले भनिन् –नेटवर्कको नाममा बिगत छ वर्षदेखि अध्यक्षको रोजीरोटी चलेको बताईन् । साथै उनले कार्यसमितिका किर्ते बैठकहरुको फोटोकपीहरु जिल्ला विकास समितिमा भेटेको समेत बताए ।

यही प्रश्नमा नेटवर्कका सचिव बसन्त बिस्वकर्माले दलित नेटवर्कमा सहभागी भएर आफ्नो बदनाम भएको बताए । सबै सदस्यहरु सक्रिय हुन नसकेका कारण केहि व्यक्तिहरुको मागी खाने भाडो भएको बताए । मैले आन्तरिक रुपमा संघर्षगर्दा सबैबाट असहयोग पाएँ । त्यसैले नेटवर्कको औपचारिक जिम्मेवारीबाट बाहिरीएको विकले बताए ।

हजारांै पटक सचेत गरांए तर सकिएन । अध्यक्षको नाममा हालसम्म धेरै पटक चेक काटियो तर हालसम्म कुनै पनि चेकको खर्च विवरण नआएको उनले बताए । साथै उनले जिल्ला विकास समितिको लक्षित वर्गबाट विनियोजन गरिएको रकमको फच्छ्र्यौट गर्नको लागि किर्ते बैठकहरुको फोटोकपीहरु पेस भएको समेत बताएका छन् ।

उहाँले केही समय पछि जिल्ला दलित नेटवर्कको नाममा भएको घोटालाको बारेमा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिने तयारी भइरहेको बताए । दलित नेटवर्क बाजुराको नाममा जिल्लाकादलितहरु ठगीन थालेको र लक्षित वर्गको रकम लिएर व्यक्तिगत लाभ लिएको नेटवर्क बाहिर रहेका दलित अगुवाहरुले बताएका छन् ।

नेकपा एमाले जिल्ला कमिटी सदस्य कासी बिक, नेपाली कांग्रेसका बिर बहादुर बिकले दलित नेटवर्कको नाममा जिल्ला विकास समितिबाट व्यक्तिगत चेक काटिएको भेटिएको बताए ।  साथै उनीहरुले जिल्लामा दलित नेटवर्कको नाममा दलित सामुदाय नै ठगिनु भन्दा विगठन गरिनु पर्ने बताए ।

यता जिल्ला दलित नेटवर्क बाजुराका अध्यक्ष रामबहादुर सुनारले काम नगर्नेहरुले अरुले गरेकोकामको इष्र्या गरेको बताए । उनले भने–अरुले गरेको गलतको कुनै पनि मिडियाले समाचार नबनाउने तर कसैले विरोध नगर्ने हाम्रो बारेमा मात्र किन विराधे गर्ने । उनले विरोध गर्ने र समाचार लेख्नेलाई गालामा चड्कन हान्ने समेत बताए ।

जिल्ला दलित नेटवर्कको राष्ट्रिय बाणिज्य बैंक बाजुरामा रहेको खातामा जम्मा भएको र चेक मार्फतनिकासा भएको रकमको हालसम्म कुनै पनि विल भरपाई तथा श्रेस्ता नभएको सचिव बसन्त बिकले बताए ।

विभिन्न राजनीतिक दलहरुमा क्रियाशील दलित सामुदायका अगुवाहरुको सहमतिमा बनेको जिल्ला दलित नटेवर्कमा हाल नेपाली काँगेंस्र का जिल्ला कार्य समिति सदस्य राम बहादुर सुनार अध्यक्ष, एनेकापामाओवादीका बिनिता बिक उपाध्यक्ष, पत्रकार बसन्त बिस्वकर्मा सचिव, नेकपा एमाले निकट अनेरास्ववियुका अध्यक्ष जंग बिक उपाध्यक्ष र नेकपा एमाले जिल्ला कमिटी सदस्य टिका बिक कोषाध्यक्ष लगायतका पदाधिकारी कार्य समितिमा रहेका छन् ।

No comments:

Post a Comment