धनगढी , कार्तिक २९- विभेद विरुद्ध अभियान । नेपालमा ‘जातीय विभेदको अन्य गरौँ’भन्ने नारा चर्काउन लागेको वर्षौ वितिसक्दापनि देशका कुनाकाप्चामा बसिरहेका थुप्रै मानिसहरु अहिलेपनि आत्मासम्मानजनक रुपमा बाँच्न नपाएको अवस्था छ ।यस्तै समस्याबाट भुक्तभोगी अछाम जिल्लाका मंगलसेन नगरपालिका वडा नं. ३ का मंगलादेवी वि.क. विभेद सहन नसकेर धर्म नै परिवर्तन गर्नुपर्ने अवस्था आएको बताउछिन् ।
उनी आफू सानैदेखि तीजको वर्त बस्ने ठूलो रहर बोकेकी बताउँदै रहर मेटाउनको लागि वर्त बस्ने गरेको बताईन् । तर उनी दिनभरी वर्त बसेर साँझा भेटिपनि चढाउने तर मन्दिर प्रवेश गर्न नपाएको दुखोसो पोखिन् ।
उनले भनिन् “हाम्रो गाउँमा एउटा शिव मन्दिर छ त्यसमा हरेक ६ महिनामा राँग काटेर चढाउनु पर्ने तर मन्दिर चाँही छुना पाएकी छैन । सानैदेखि वर्त बस्ने, पुजा गर्ने रहर भएपनि मन्दिर भित्र पस्दा कस्तो हुन्छ भन्ने थाहा छैन ।”
लामो समयसम्म आफू दलित भएको कारण पचाउँदै आएको बताउँदै मंगलादेवी भन्छन् “जब सामाजिक क्षेत्रमा सक्रिय भएर कामगर्न शुरुगरे । आफू मानव भएरपनि आत्मासम्मानको दर्जा नपाए किन पुजा गर्नुपर्यो भन्दै सबै चिजबाट टाढा हुँदै सामाज परिवर्तनतिर लागेके छु ।”
उमेरले उनी ५० वर्षको भईन् तर युवाको जस्तै जोसिएर सामाजिक अभियान्ताम लागि परेकी छिन् । उनी वि.सं. २०५३ सालबाट महिला स्वयम सेविका भएर हालसम्म काम गरिरहेका छिन् । त्यसैगरी २०५७ देखि एचआईभी एड्सको क्षेत्रमा सामाजिक परिचालिका भएर काम गरिरहेको बताईन् ।
विवाहपछि महिनावारी हुँदा छाउ बस्ने परिपाटी पनि छोडेको बताउदै भनिन् “अहिले मेरो नातिनी १२ वर्षको छ । उ महिनावारी हुँदा बुहारीले गोठमा बसल्छे तर म नातिनीलाई मेरो घरमा बसाल्दा विभिन्न आरोप खेप्ने गरेको छु ।” मंगलादेवीका ४ छोरा र १ छोरी भएपनि अहिले म छुट्टै बसिरहेकी छन् । उनले नतिनी र छोरीलाई छाउ बस्न नदिएको कारण छोरा बुहारीबाट आफु बहिस्कृत भएको बताइन ।
“हाम्रो गाउँमा अहिले पनि दलित अर्थात टमता, आउजी र ढोलीले एउटा धाराको पानी खाने र साउँद–भाट अर्को धाराको पानी खाने गरेका छौँ । यहाँ पानीको एकदमै समस्या भएपनि हामीले साउँद र भाटले खाने धारा चाहि छुन समेत पाउदैनौ र अहिले पनि शिव मन्दिरमा प्रबेश गरेर पुजा पनि गर्न पाउदैनौ । त्यसैको रिसले म २०६८ सालदेखि धर्म परिवर्तन गरी क्रस्चेन धर्म मान्न बाध्य भए ।” हिन्दू धर्म मानेर पनि धारा, मन्दिर छुन नपाएपछि किन हिन्दू धर्म मानिरहने उनले भनिन् ।
“क्रस्चेन धर्ममा जातपात छुवाछुट कुनै मतलब छैन तर म धर्म परिवर्तन गरेर पनि आत्मा सम्मानजनक रुपमा बस्न पाएको छैन । समाजले मलाई विभिन्न लालछना लगाईरहन्छ” उनले भनिन् ।
त्यस्तै अछाम विनायक घर भएकी ३५ वर्षिय दुर्गा विक पनि यस्तै समस्याबाट ग्रसित छिन् । उनी अहिले महिला अधिकारको क्षेत्रमा काम गरेपनि आफूले दलित भएकै कारण थुप्रै विभेदको सामना गर्नुपर्ने भएकोले फरक अनुभुति नरहेको बताउछन् ।
उनले भन्छन् “अहिले कागजीरुपमा छुवाछुत घटेको देखाइए पनि मेरो हकमा झन् बढेको हो जस्तो लाग्छ । पहिलाका पुर्खाहरुले आफूलाई विभेद हुँदा महशुस गर्न सकेनन् तर अहिले हामी मन्दिर प्रबेश गर्न नपाउनु, स्कुलमा विद्यार्थीहरुलाई लिटो खुवाउन कार्यक्रममा दलितका बालबच्चालाई अलगै लाईन बनाउनु पर्ने अवस्था, मान्छे मलामी नपाउँने, पानी पधेरा छुना नपाउनु आदि विभिन्न खाले विभेदलाई प्रतिकार गर्न खोजे पनि अवस्था गाह्रो छ ।”
बजारभन्दा गाउँ घरमा अवस्था झन् दयनिय भएको दुर्गाको अनुभव छ । “यो समाजमा मान्छेले मान्छेलाई गर्ने व्यवाहार समेत छैन भने अरु विभेदको त कुरै नगरौं” उनले भनिन् । दुईवर्ष अगाडि आफ्नै गाउँको कालिका मन्दिरभित्र प्रबेश गरेर बलि चढाएको कारण दलित र गैरदलितबीच भएको झगडामा कानुनी प्रक्रिया चालेपछि दलितले पनि मन्दिर प्रबेश गर्न पाउने विषयमा सहमति भएको तर अर्को वर्षदेखि त्यो मन्दिरमा गैर दलितले बलि चढाउने छोडेको दुर्गाले बताइन ।
“यही समाजमा बस्नुपर्ने भएकोले सामाजिक हामी मुडभेड गर्न नचादैनौ तर विभिन्न मानसिक यातना दिएपछि कानुनी प्रक्रियामा गएपनि कानुन फितलो, मुद्दा दर्ता गर्दा विभिन्न दबाबका कारण मुद्दा फिर्ता लिनुपर्ने अवस्था, ठूलठूलो घटनामा पनि मिलापत्र गनुपर्ने बाध्यता छ” दुर्गाले भनिन् ।
No comments:
Post a Comment