दलित एकता संजाल मलेसियाको प्रथम अधिबेशन सम्पन्न

मलेसिया,कार्तिक २४, विभेद विरुद्ध अभियान ।
राज्यको माथिल्लो निकायमा केही दलित पुगे पनी तिनी हरुले दलित का बारेमा सोच्न नसकेकाले दलित को उत्थान हुन नसकेको दलित अगुवा तथा सरोकार वाला ले बताएका छ्न ।
आइतबार मलेसियाको बान्तिङ मा दलित एकता संजाल मलेसियाको प्रथम अधिबेशनमा बोल्दै सरोकार वालाले नया संविधान जारी भए पनि दलित का पक्षमा संबिधानमा स्पस्ट अधिकार उल्लेख हुन नसकेको उनीहरुले आरोप लगाएका छ्न ।
संविधान मा दलितका मुद्दा सम्बोधन हुन नसक्दा असन्तुस्टी बडेको उनीहरुले बताएका छ्न । संविधान संम्सोधन गरेर दलित का मुद्दा संविधान मा स्थापित गराउन दलित अगुवा हरुलाइ दबाब दिनु पर्ने उनी हरुको जोड थियो ।
सो अधिबेशनमा दलित अगुवा मोहन गदाल, वीर बहादुर बिक,जिफन्ट मलेसिया संयोजक बेद कुमार खतिवडा , आदिबासी जनजाती महासंघ मलेसिया का उपाध्यक्ष केश गुरुङ,जिफण्ट मलेसिया अध्यक्ष प्रेम मगर पत्रकार अर्जुन काफ्ले लगायत ले सम्मेलन सफलताको शुभकामना दिएका थिए । 
सम्मेलनले जनक महराको अध्यक्षतामा  नया कार्यसमिती चयन गरेको छ । अधिबेशन को खुला सत्र बर्तमान अध्यक्ष जनक महराको सभापतित्वमा भएको थियो ।

मलायानेपाल बाट

No comments:

Post a Comment