दलित एकता सजाल राईनासको ऐतिहासिक प्रथम भेला सम्पन्न

लम्जुङ्, मंसिर १४ , विभेद विरुद्ध अभियान । 
दलित एकता आजको आवश्यकता छुवाछुत मुक्त समाज निर्माणको लागि सम्पूर्ण नेपालीहरुको सहभागिता"भन्ने मूल नाराका साथ प्रवासमा रही मजदूरी गर्नु हुने उत्पीड़ित दलित समुदायका दाजुभाई,दीदीबाहिनीहरुको अथाह प्रयासबाट  स्थापना भएको "दलित एकता सजाल नेपाल" बिधिवत रुपमा नेपालमा दर्ता भए संगै आफ्नो संगठन लाई गाउँ स्तरमा बिस्तार सुरु गरेको छ । 

यहि मंसिर १२ गते दलित एकता सजाल लम्जुङ् जिल्ला समितिको माताहतमा रही जिल्लाका बिभिन्न गाविसमा सस्था बिस्तारको सिलसिलामा राईनास नगरपालिका तिनपिप्लेमा पहिलो नगरबासी समेलित ऐतिहासिक प्रथम भेला संपन्न भएको छ ।
दलित एकता सजाल अन्तर्राष्ट्रिय समन्वय समिति का संस्थापक संयोजक श्री खड़क गैरे ज्यु सहित कार्यक्रममा दलित अगुवा तथा समाज सेबीहरु श्री रुद्र बहादुर उपरकोटि,पूर्ण बहादुर उपरकोटि,रामचन्द्र बयलकोटि,गोपाल बहादुर नेपाली, मनुमाया सिर्मल ज्यु लगायत बिभिन्न राजनीती पार्टी का स्थानीय प्रतिनिधि तथा बिभिन्न संग सस्था को प्रतिनिधिहरु बिच भेला आयोजक समितिका संयोजक तथा दलित अगुवा बुध्दिजीबी श्री सूर्य बहादुर उपरकोटि ज्युको सभापतित्व एव राईनास कै दलित चेली तथा राष्ट्रिय दलित आयोग की सदस्य सुश्री कोपिला बिक को प्रमुख अतिथियाइमा कार्यक्रम समपन्न भएको थियो ।

कार्यक्रममा संस्थापक संयोजक खड़क गैरे ज्यु बाट दलित संजालको स्थापना र उदेश्यका बारेमा प्रष्ट पार्दै  भर्खरै बनेको नयाँ संविधानमा दलित समुदायको मौलिकहक पारित भएकोले हाम्रो समाजमा जो कोहीले बुझेर वा नबुझेर जातीय छुवाछूत तथा विभेद जस्तो सामाजिक अपमान गरेमा वा भोग्नु परेमा तत्काल उजुरी दर्ता गर्न अभिप्रेरित गर्दै कानुनी कार्वाहीको सम्पुर्ण प्रक्रियाको जिम्मेवारी संजालले लिने प्रतिबद्धता जनाउनु भएको थियो । 

समाजमा जातीय छुवाछूत तथा परिवर्तन र समतामूलक समाज निर्माणमा सल्लाह ,सुझाव र सहमतिमा नआए जुन सुकै मुल्य चुकाउन मैदानमा उत्रन एकताबद्व हुनु पर्ने बताउदै आयोगकि सदस्य कोपिला बिक ज्यु  ले संजालका हरेक कार्यमा दलित आयोग बाट आफुले सक्दो सल्लाह सुझाव र सहयोग रहने ,आफ्नो  अधिकारको लागि महिलाहरु पनि जागरुक हुन अनुरोध गर्नु भएको थियो ।

भेलामा आफ्ना बिचार राख्नु हुने अधिकांस दलित अधिकारकर्मी तथा प्रतिनिधिहरुले समाजमा देखिएको सामाजिक अपराध जातीय बिभेद तथा मान्छे मान्छे बिचमा हुने असमानता छुवाछुत जस्तो अमानवीय  व्यबहार नै यो समाज बिकासको बाधक रहेको बताउनु भएको थियो । बक्ताहरुले यो समस्या दलितहरु को मात्र नभई सम्पुर्ण परिबर्तनशिल दलित गैर दलित सबैको भएको कारण यसको अन्त्यको लागि दलित दलित बिचको एकता संगै गैर दलित बिच सहकार्य गरि समानता मूलक समाज निर्माण गरि बिभेद बिरुद्धको  सामाजिक अभियान को थालनि गर्नु पर्ने कुरामा जोड़ दिनु भएको थियो । 
             भेला सभपतित्व गरीरहनु भएका भेला संयोजक श्री सूर्य बहादुर उपरकोटि ज्युको बिचार राख्दै पहिलो चरणको कार्यक्रम समापन भएको थियोे ।भेलाको समापन संगै बन्द सत्रमा प्रबेस गरेको भेलामा दलित समुदायको बाक्लो उपस्थिति बिच  गोपाल बहादुर नेपालीको संयोजक मा ७ सदस्य सल्लाहकार समिति एव शंखर बहादुर उपरकोटि ज्युको अध्यक्षमा १९ सदस्य कार्य समिति चयन गरिएको थियो ।
सल्लाहकार समितिमा सम्योजक :गोपाल बहादुर नेपाली
सदस्यहरु;रुद्र बहादुर उपरकोटी
"          रामचन्द्र बयालकोटी
"           सुर्य बहादुर उपरकोटी
"           पुर्ण बहादुर उपरकोटि
"           जित बहादुर आछामी
"           नर बहादुर बि.क.

निर्बचित राईनास नगर पधाधिकारीहरु:-

१)अध्यक्ष्य-श्री संखर बहादुर उपरकोटि
२)उपाध्यक्ष-सुश्री पूर्णिमा बी क
३)उपाध्यक्ष-श्री सुक बहादुर बी क
४)सचिब-श्री शम्भू रोका
५)सहसचिब-श्री बाबुराम रोका
६)कोसाध्यक्ष-सुश्री जुना बी क
७)सदस्य-सुश्री अस्मिता अच्छामि
८)सदस्य-सुश्री प्याऊली गंधर्ब
९)सदस्य-श्री लक्षमण नेपाली
१०)सदस्य-सुश्री फूलमाया नेपाली
११)सदस्य-सुश्री गोमा सुनार
१२)सदस्य-श्री सुकदेब नेपाली
१३)सदस्य-सुश्री सारधा बी क
१४)सदस्य-श्री इक्षाराम परियार
१५)सदस्य-श्री सेत बहादुर टोलागे
१६)सदस्य-सुश्री बिमाया बी क
१७)सदस्य-श्री इन्द्र बी क
१८)सदस्य-सुश्री धन कुमारी बी क
१९)सदस्य-श्री रमेश बी क

No comments:

Post a Comment