दलित एकता सजालको परिचयात्मक तथा दिपावली सुभकामाना आदानप्रदान कार्यक्रम सम्पन्न


काठमाडौ , कार्तिक १९ , विभेद  विरुद्ध अभियान । विश्वभरी छरिएर रहेका दलित समुदायहरुलाइ एक्यबद्ध गरि जातिय विभेद र छुवाछूत उन्मुलन एवं दलित समुदायको बिकास सहित समता मुलक समाज निर्माण गर्ने परिकल्पना सहित स्थापित भएको दलित एकता सजाल नेपालले आज राजधानीको त्रिपुरेश्वर स्थित वर्ल्ड ट्रेड सेन्टरमा परिचयात्मक तथा दिपावली सुभकामाना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।
दलित अधिकारकर्मी तथा दलित नागरिक समाजका अगुवा श्री पदम सुन्दासको प्रमुख अतिथिमा सप्पन्न भएको यस कार्यक्रममा विशेष अतिथीहरु माननीय सभासद जितु गौतम , साहित्कार तथा एमाओवादी नेता बिश्वभक्त दुलाल "आहुती",दलित बुद्धिजीवी मोति लाल नेपाली ,सन्तोष बिश्व्कर्मा,राम नेपाली,दलित मुक्ती मोर्चाका डा. बुद्धि नेपाली ,दलित युवा संजाल नेपालका अन्जान परियार, एबिसी टेलिभिजनका बिनोद बिक , सयुक्त युवा संघका प्रदिप घतानी ,रेडियो हिमालयका बुद्धि बिश्व्कर्मा , राष्ट्रिय आदिवासी जनजाति संघका प्रवक्ता डा. ओम गुरुङ सहित विभिन्न जिल्लाका दलित अभियन्ताहरु सहित कार्यक्रममा विभिन्न संघ सस्थाका सरोकारवाला ब्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो । प्रमुख अतिथी र बिशेष अतिथीहरु ले सामुहिक दिप प्रज्वलन गरि सुभारम्भ गर्नु भएको कार्यक्रममा दलित एकता सजाल नेपालको सचिव एव महिला शसक्तीकरण अभियानकि उपसयोजक दुर्गा नेपालीले स्वागत मन्तव्य राख्दै सजाल बैधानिक रूपमा नेपालमा स्थापित भएर कृयाशिल भएको हुनाले दलित मुक्तीको लागि सवै दलित समुदाय एक जुट हुनु पर्छ भन्दै एकताको लागि अपिल गर्नु भएको थियो ।
कार्यक्रममा सजालका रमेश बिस्वकर्मा-पोखरा, कृष्णलाल बिक -तन्हु , सुरेन्द्र नेपाली - लमजुङ ,प्रदिप घतानी , दलित एकता महिला शशक्तिकरण कि सरस्वती अछामि ,नारायणी नेपाली - लमजुङ ले जिल्ला स्तरीय गतिबिधीहरुको बारेमा जानकारी दिनु भएको थियो ।




दुर्गा नेपाली,दलित एकता सजाल सचिव एव महिला सशक्तीकरण उपसयोजक
कमलबाबू परियार, उपाध्यक्ष दलित एकता सजाल नेपाल

कृष्णलाल बिक, दलित एकता सजाल नेपाल -तनहुँ सयोजक

नारायणी नेपाली , दलित एकता सजाल नेपाल - लम्जुङ

उपस्थित महानुभावहरु



















दलित एकता सजाल नेपाल कुबेतका जीवन सुनार र सजाल आइसिसी सल्लाहकार खिम श्रीपालीले छुटाछुटै बोल्दै सन २०१३ मा फेसबुकको भिता बाट उदय भएको संजाल आज काठमाडौं जिल्ला प्रसासनमा दर्ता भै कानुनी रुपमा स्थापित भएको मा आफू सहित सजालका प्रमुख हस्तीहरु खडग गैरे- युएइ,नारायण रामपाल बिस्वकर्मा- बहराइन,आशबहादुर नेपाली - कुबेत, नीर बहादुर सुनार - साउदि सहित सवै अभियन्ताको भुमिका सम्झनु भएको थियो ।  त्यस्तै गरि संजालका महा सचिव तिलक बिकले संजालको अहिले सम्मको गतिविधिहरुको बारेमा बुदागत रूपमा जानकारी  एव भावी योजनाहरुको बारेमा बताउनु भएको थियो ।
नेकपा एमालेका सभासद एव मुक्ती समाजका अध्यक्ष काम्रेड जितु गौतमले इतिहासमा शिर निहुरिने गरि आफूहरु बाट गलत काम नभएको बरु नया संविधानमा दलित अधिकार लेखिन आफूहरुको सामर्थ्य र पहुचले सकेजति गरेको बताउनु भयो । उहाँले आफूहरु पुर्णतः संतुष्ट नभए पनि संविधान संशोधन मार्फत दलितका मुदा स्थापित गराउन आन्दोलन र जन दवाब गर्नु पर्छ भन्दै आधारहरु त्यार गरि संजाल पनि अब लाग्नु पर्छ भन्दै दिपावलीको सुभकामाना दिनु भएको थियो ।
साहित्यकार एव एमाओवादि नेता आहुतीले उत्पीडन को पीडाले प्रदेशमा रहेर पनि संगठित हुनु र नेपालमा बैधानिक रूपमा स्थापित हुनु स्राहानिय कार्य रहेको बताउदै सजाललाई सुभकामाना दिनु भएको छ । उहाँले आगामी दिनमा सजालका अघि आइ पर्ने चुनौती र प्रष्ट हुनु पर्ने कुराहरुको बारेमा सुझाव र सलाहा समेत दिनु भएको थियो ।  त्यस्तै गरि कार्यक्रममा मोति नेपाली , गोपाल सिवा ,डा.बुद्धि नेपाली र अन्जान परियारले संजाललाई सुभ कामाना सहित आगामी दिनमा समुदायको शैक्षिक ,सामाजिक ,आर्थिक, सामाजिक, राजनितिक स्तर उठान गर्न केन्द्रित हुनु पर्ने बिचार राख्नु भएको थियो ।
राष्ट्रिय आदिवासी जनजाति संघका प्रवक्ता डा. ओम गुरुङले अहिलेको संविधान दलित जन्जाती बिरोधी भएको ले पुर्णलेख्न हुनु पर्ने या प्रस्ट किटान सहित यी समुदाय का हकअधिकार संविधानमा हुनु पर्ने बताउदै सजाललाई दलित शक्तिको रुपमा स्थापित भै अधिकारका लागि आन्दोलन गर्न सुझाव दिनु भएको थियो ।  

अन्लाइन रेडियो हिमालयले प्रत्यक्ष प्रसारण गरेको यश कार्यक्रमका प्रमुख अतिथि एव दलित अधिकारकर्मी तथा दलित नागरिक समाजका अगुवा पदम सुन्दास ज्यु ले कार्यक्रममा शारिरिक रूपमा अशक्त दलित समुदायका लेखक दिपक नेपाली द्वारा लिखित पुष्पदिप किताब सजाल मार्फत युएईमा बिक्री भै जम्मा भएको रकम लेखकलाई हस्तान्तरण गर्दै बिदेशमा रहेका दलित समुदायका हकहितमा लागि पर्न र नेपालमा रचनात्मक कार्य गर्न सजाल अझ बढी सफल र सार्थक रहोस भन्दै सुभकामाना दिनु भएको थियो ।  बिभिन्न मुलुकहरुबाट १११ अन्तरास्ट्रिय समन्वय समिति पदाधिकारी सदस्यहरु सहित सन २०१३ मा स्थापित भएको  दलित एकता सजाल नेपालले सदियौ देखिको सामाजिक बिसंगति तथा जातिय विभेद लाई हटाएर छुवाछुत र भेदभावमुक्त समाजको निर्माण गर्ने प्रतिबद्धताका साथ यहि कार्तिक १६ गते काठमाडौ जिल्ला प्रशासनमा सजाल बैधानिक रूपमा दर्ता (दर्ता न. ३१२/०७२/०७३) भएको जान्कारी गराउदै कार्यक्रमको अध्यक्षता समेत गर्नु भएका सजालका सस्थापक अध्यक्ष खडग गैरेले आउदै गरेको दिपावली एव छ्ठ पर्वको उप्लक्षयमा ब्यक्तिगत तथा सजालका अभियन्ताहरुको तर्फबाट सुभकामाना दिदै कार्यक्रमको समापन गर्नु भएको थियो । 

1 comment: