दलित तत्मा समाज सेवा समितिको प्रथम क्षेत्रिय अधिवेशन सम्पन्न

जनकपुरधाम, १० मंसिर -विभेद बिरुद्ध अभियान  । 
दलित तत्मा समाज सेवा समितिको प्रथम क्षेत्रिय अधिवेशन धनुषा निर्वाचन  क्षेत्र नं. २को बफैमा मंगलवार सम्पन्न भएको छ ।तत्मा जातीको उत्थान, पहिचान र विकासका लागि अहिले धनुषाको विभिन्न क्षेत्रहरुमा क्षेत्रीय अधिवेशन गर्न लागेको छ । समाजका केन्द्रिय अध्यक्ष रामअशिष दासको प्रमुख आतिथ्यमा भएको समुदघाटन सत्रमा सहभागीहरुले शिक्षा र संगठन विस्तारका बारेमा विशेष जोड दिएका छन् ।
उनीहरुले पहिचान र स्वाजतीको विकासका लागि संगठित भएर अगाडि बढनका लागि सबैसँग आग्रह गरेका छन् । प्रमुख अतिथि रामशिष दासले जातीय उत्थान, सम्वैधानिक अधिकार र जनसंख्याको आधारमा समानुपातिक समावेसी आरक्षण संविधानमा हुनुपर्ने राज्यसँग माँग गरेको छ । उनले नेपालको संविधान २०७२मा दलितको अधिकार सुनिश्चित नभएको आरोप लगाउँदै दलितहरुको अधिकार सुनिश्चित गर्न माँग पनि गरेको छ । अधिवेशनबाट महादेव दासको नेतृत्वमा ३३ सदस्यीय कार्य समिति गठन गरिएको छ ।

कार्य समितिको उपाध्यक्षमा राजदेव दास र जुगेश्वर दास, कोषाध्यक्षमा उपेन्द्र दास, सचिवमा रामचन्द्र दास, सहसचिवमा जिवछ दास चयन भएको छ । सदस्यहरुमा राजिन्द्र दास, नवल दास, प्रर्मिला दास, खखन दास, अरहुल देवी दोस, महेन्द्र दास लगायतका रहेका छन् ।

No comments:

Post a Comment