म्याग्दी दानाको दलित समुदायको बस्तीमा ‘सफा घर’ अभियान

म्याग्दी २ मंसिर । म्याग्दीको दाना गाविस ६ डाँडागाउँका बासिन्दाहरुले दुषित पानी र फोहोरका कारण लाग्ने रोगबाट बच्न ‘सफा घर’ अभियान सञ्चालन गरेका छन् । डाडाँगाउँका बासिन्दाहरुले घरायसी, वातावरणीय र सामुदायीक सरसफाई तथा व्यक्तिगत आनीवानी सुधारमा सचेत भएका हुन् । शौचालय र शुद्ध खानेपानीको प्रयोगका साथै घर, गोठ, बाटो, बस्तीमा फोहोर नगर्ने, फोहोरको सुरक्षित व्यवस्थापन, व्यक्तिगत सरसफाईमा ध्यान दिने, सफा र ताजा खानेकुराको उपभोग गर्न थालेका छन् ।

३० घरधुरीको बसोबास रहेको उक्त बस्तीमा दुषित पानी र फोहोरका कारण लाग्ने झाडापखला, आँउ, जुका र छाला सम्बन्धि रोगबाट बच्नका लागि घरायसी, व्यक्तिगत र सामुदायीक सरसफाईमा जोड दिएको स्थानीय आमा समूहकी अध्यक्ष सुबिन्द्र बिकले बताउनुभयो । डाडाँगाउँका सबैले पक्कि शौचालय प्रयोग गर्छन् । घरघरमा खानेपानीको धारा जडान भएको छ । घरायसी फोहोरलाई सुरक्षित रुपमा खाडलमा संकलन गरेर कम्पोष्ट मल बनाउने गरिएको छ । घरआँगनको दिनहु सरसफाई गर्ने स्थानीयबासीले गाउँलाई सफा र सुन्दर बनाउन हप्तामा एक दिन सरसफाई कार्यक्रम गर्दै आएका छन् । फोहोर छोएपछि, घरायसी, खेतबारी, गोठको काम गरेपछि र खाना खानु अघि अनिवार्य साबुनपानीले हात धुने गरेका छन् । नियमित नङ काट्ने, दाँत माझ्ने, कपाल कोर्ने, सफा कपडा लगाउने विषयमा पनि ध्यान दिन थालेका छन् ।
प्रत्येक घरको आँगनमा फोहोर राख्ने बोरा र डाली छन् । ‘पहिला जथाभावी दिसापिसाव र फोहोर गर्दा बाटो हिड्दा दुर्गन्ध हुन्थ्यो । अहिले गाउँनै सफासुग्घर भएको छ’ आमा समूहकी अध्यक्ष बिकले गाउँमा आएको परिवर्तनको बारेमा खुसी हुदै भन्नुभयो ‘सफा सुग्धर गर्न थालेपछि पेट दुख्ने, झाडापखला लाग्ने समस्या धेरै घटेको छ ।’ 
स्थानीयबासीले साग सब्जी, तरकारी र फलफुल लगायत खानेकुरा सफा पानीले घोएर मात्र खाने गरेका छन् । खाना पकाउने भान्सालाई सफा राख्ने उनिहरु भाडाँ धोएर सुकाएर राख्छन् । गाउँमै रासायनीक बिषादीको प्रयोग नगरिकन जैवीक प्रबिधिबाट ताजा तरकारी उत्पादन गरेर उपभोग गर्न थालेका छन् ।

म्याग्दीअनलाईन डटकम बाट

No comments:

Post a Comment