आरनमा भरुवा बन्दुक बनाउँदै गरेको अवस्थामा पक्राउ

कार्तिक ३०- विभेद विरुद्ध अभियान । म्याग्दीको विकट गाविस मुदी ७ खिबाङको देउरालीमा हतियार बनाउने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । आरनमा हतियार बनाउँदै गरेको अवस्थामा माझफाँट ८ पर्वतका डम्बरबहादुर विश्वकर्मा र मुदी ७ का ओमबहादुर सुनारलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
भरुवा बन्दुक बनाउने काममा संलग्न भएको आरोप लागेपछि फरार भएका मुदी ६ का धनबहादुर पूर्जा र केशबहादुर पूर्जाले गएको कात्तिक २२ गते प्रहरी कार्यालयमै आएर आत्मसमर्पण गरेको म्याग्दीका प्रहरी नायव उपरीक्षक हिराबहादुर गिरीले बताउनुभयो । अवैध तथा घरेलु हातहतियार जङ्गली जनावरको शिकारमा प्रयोग हुने गरेको हुनसक्ने अनुमान गरिएको छ ।
खुकुरी, तामाका ग्रागी, ताउला, फलामका हँसिया, कुटो, कोदाली र घरायसी प्रयोजनमा प्रयोग हुने धातुजन्य बस्तु नयाँ निर्माण तथा मर्मतका लागि आरन भनिएपनि कारखानाबाटै ३ नाल भरुवा र ओमबहादुर सुनारको घरबाट १ थान भरुवा बन्दुक फेला परेको थियो ।
घरेलु पेस्तोल तथा अन्य हतियार समेत बन्न सक्ने भएकाले अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

No comments:

Post a Comment