छोरा सरह आमाको क्रिया बसिन मिना दर्जी

बालकृष्ण सुबेदी ,गलकोट
मल्म ९ झिर्काकी मिना दर्जी आफ्नी दिबंगत आमाको क्रिया बसेकी छन् ।
हिन्दु धर्म संस्कार अनुसार छोरा मात्र क्रिया बस्नुपर्छ भन्ने मान्यतालाई अस्विकार गर्दै उनि क्रिया बसेकी हुन् । ७ बहिनी मध्ये की साईली छोरी रहेकी दर्जी कोरा भित्र क्रिया बसेपनि अरु बहिनी ठाडो क्रिया बसेका छन ।आफ्ना आमाबाबुको मृत्यु पश्चात छोराहरु कोरा पसेर क्रिया गर्ने प्रचलन रहेपनि उनि आफ्ना कान्छा बुवा संगै एउटै कोरामा क्रिया गरिरहेकी छिन् । 

उनकी आमा बिष्णु दर्जीको आईतवार निधन भएपछि छोरी क्रिया बस्न खोज्दा स्थानियले बिरोध गरेपनि उनले अस्वीकार गरेको समाजसेवी छुम बहादुर थापाले जानकारी दिए ।उनका दाजुभाई नभएका कारण आमाबाबु पाल्ने छोरीको पनि कर्तब्य भयको भन्दै उनि बिबाह नगरी बसेकी थिईन् । छोरी क्रिया बसेर मात्र नहुने भन्दै स्थानियको बिरोध पछि उनका कान्छा बाबा पनि भाउजुको क्रिया बसेको समाजसेबी थापाले जानकारी दिए

गल्कोट खबर बाट

No comments:

Post a Comment