कार्तिक २४- विभेद विरुद्ध अभियान ।
भनिन्छ, कर्णालीबासी सुन सिरानीमा राखेर नुनको खोजीमा भौंतारि रहेछन्। सेतो सुन नदी बनेर बगि रहनु र हरियो डलर जङ्गलमा कुहिरहनु यहाँको विडम्वना हो। यसले दैनिक उपभोग्य वस्त्ाुको अभावमा छट्पटिदै भोक शान्त पार्नुपर्ने विवशता भोगि रह्यो, त्यो पनि सुर्खेत, नेपालगञ्जबाट खच्चडझैँ पिठ्युमा बोेकेर। आफ्नै नाभीमा रहेको बिनाको बासनाको खोजीमा कस्तुरीझैँ तडपि रह्यो।
बाध्यता र पीडाका कथा लामालामा छन्। काठमाडौंलाई हुङ्कार दिने खस साम्राज्यको केन्द्र पृथ्वीनारायण शाहको अगुवाइमा ढालेपछि सिर्जना भएको नियति हो यो। हटारुृज्ञे उकालीओराली गर्दै खोलानाला तर्दै, लुटिँदै, ठगिँदै, अपमानित हुँदै, ओडारको बास बस्दैै १५ दिनभन्दा बढी पैदल यात्रा गर्थे– केही किलो नुन र चामलका लागि। कैयन् नदी तुइनको सहारामा पार गर्नुपर्ने जोखिम त छँदै थियो।
लाग्थ्यो, यिनका जीवनका अर्को नाम बाउन्न घुस्सा त्रिपन्न ठक्कर हो। चाडपर्वमा सरकारले चामल र नुन वितरण गर्दथ्यो तर चटनीका रूपमा। कहिलेकाहीँ कुपनमार्फत् लाइनमा पनि नुन–चामल बाँड्थ्यो। कुपनको पहुँच नहुने भने रित्तै फर्कन बाध्य हुन्थे। कुपन प्रशासन कार्यालय, सभापति र सांसदले बाँड्थे। पहुँच भएकाले मात्र कुपन हात पार्थे।
नुन र खाद्य संस्थान मेरो घर जाने बाटोमै पर्ने भएकाले स्कुल आउने जाने क्रममा ५ किलो चामल अनि १/२ किलो नुनका लागि लामबद्ध मानिस देख्थँे। एक दिन टाढाका बस्तीबाट समेत आएर भोको पेटमा मानिसहरू लाइनमा बस्थे।
कर्मचारीलाई पनि मासिक १५ किलोका दरले चामल र सोहीअनुपातमा नुन वितरण गरिन्थ्यो। बुबा कर्मचारी भएकाले हरेक महिना १५ किलो कुपन दिइन्थ्यो। स्कुल पढ्दा सदरमुकाम फुपूको घरमा बस्थँे। यो कुपनको उपयोग प्रायः मैले नै गर्थेँ। सरकारी विदाको दिनमा वितरण नहुने भएकाले मेरो पढाइलाई पनि बाधा पुग्थ्यो।
शुक्रबार विद्यालय एक बजेसम्म्ा मात्र चल्ने भएकाले चामल झिक्न परे प्रायः त्यही दिन झिक्थेँ।
एक दिन दुई पिरिएड पढेर चामल लिन गएँ। लामो लाइनमा जोडिएँ। १२ जनापछि मेरो पालो आउँदै थियो। धकेलमकेल सुरु भयो। सायद कसैलाई छिटो चामल लिनु थियो। पुरानो क्रम तोडियो। प्रहरीहरूले नियन्त्रण गरेर नयाँ लाइन बनाए। म धेरै जनाका पछि परेँ। सास्ती खेपेर लामो प्रतीक्षापछि १५ केजी चामल जितेर विजयी भावमा घर फर्कँे।
चामल र नुनको दुरूपयोगमा टेकेर कर्णालीमा राजनीति पनि हुने गर्थ्यो। खाद्य र नुनका हाकिमहरूको सामाजिक प्रतिष्ठा निकै उच्च मानिन्थ्यो। सर्वसाधारणले उनीहरूको दर्शनभेट पाउँदैनथे। विपन्न्ा मान्छेसँग उनीहरूको बोलचाल हुँदैनथ्यो। मेरै गाउँका धेरैजसो मानिसलाई भातमासु खान चाडपर्व कुर्नु पर्थ्यो। मानौ चाडपर्व मिठो खाना खुवाउन आउँथ्यो। ऋण थोपरेर विदा हुन्थ्यो। आउँदा हँसाउथ्यो जाँदा रुवाउँथ्यो।
सुनिन्थ्यो, ‘चाडपर्व आइगो, घरउनु चामला एक गेडो पुनि नाई टवाटिकि र माइत आएइ छोरीन क्या खउन्या हो।'द्दे दलितको अवस्था अझ कारुणिक हुन्थ्यो। चैत र वैसाखका अधिकांश दिन उनीहरूले भोकभोकै गुजार्नु पर्थ्यो। लगि (मालिक) का घरमा वर्षभर काम गरेवापत् दलितहरूले थोरै मात्र अन्न पाउँथे। दलित महिला धान काटि सकेको खेतमा खसेका दाना बटुल्थे। केही छाक त्यसैबाट पनि गुजारा गर्थे।
कार्तिकमा धान काटेपछि जिउलो खाली हुन्थ्यो। हामी केटाकेटीहरू खेतमा चरा मार्न, गाई छाड्न र ल्याउन जिउला जान्थ्यौँ। त्यसबेला सबै अन्न भण्डारण भइसक्ने भएकाले डिंगाका (गाई वस्तु) लागि उदाउनी (डिँगाहरूको लागि ग्वाला आवश्यक नहुने) हुन्थ्यो।
खेतका भिट्टा (आली) नाघ्ने प्रतिस्पर्धा पनि गर्थ्यौं। एक दिन जिउला डिँगा ल्याउन गएको थिएँ। धर्मे दमाईकी लाटी बहिनी सहित चारजना दलित महिलाहरूले खेतमा खसेका धानका दानाहरू बटुल्दै थिए।उनीहरू सबैले सिन्काका कुचोहरू हातमा लिएका थिए। मैंले यो समयसम्म यसरी खसेका धानका दानाहरू टिप्छन् भन्ने सोचेकै थिइन। योे दृश्य देख्दा उनीहरूप्रति दया लाग्यो। खाद्य सङ्कट टार्न दलितहरू मरेका गाईवस्तुहरू पनि खान्थे। सिनो खाएको देख्दा केही साथीहरू दलितलाई घृणासमेत गर्थे। मलाई भने घृणा होइन दुःख लाग्थ्यो।
कहिलेकाहीँ सोच्थँे, शरीरका अङगहरू उस्तै छन्। हाम्रो रगतको रङ्ग पनि एउटै छ। आखिर उनीहरूको यस्तो दुःखीे जीवन किन? सधंै शरीरले कहाँ साथ दिन्थ्यो र? रोगी डिँगाको मासु खाएर हैजाले उनीहरूलाई सोत्तर पनि बनाउँथ्यो। कथित् उपल्लो जातिका भनिएकाहरू प्ानि मरेका भेडाबाख्रा खान्थे। तिनलाई खाएर हैजाको सिकार पनि हुन्थे।
कुरा कथित दलितको मात्रै होइन कथित उपल्लो जातिका कतिपय महिलासमेत अन्नअभावले सुत्केरी अवस्थामा पनि खोलेृघे खान बाध्य थिए। रित्ता बोरा बोकेर बालबच्चा भोकै छन्, अन्न दिनु पर्यो भन्दै भांैतारिएका यत्रतत्र भेटिन्थे।
कलेटी परेका ओठ र मुस्कान हराइ सकेका अनुहार नै कर्णालीको परिचय बनेको थियो। त्यो देख्दा आक्रोश सम्हाल्न मुस्किल हुन्थ्यो। दुःखको भुमरीबाट मुक्त हुने ओखती के होला? भन्ने विषयमा घोत्लिन्ा मन लाग्थ्यो। यी अनुहारहरू मेरो नजरमा सधैं दौडि रहन्थे। त्यो मेरो समाज थियो। आफन्त थिए र त्यै समाजभित्रै म पनि थिएँ।
केही मान्छेसँग चर्को ब्याजमा ऋण खोजेर ल्याएको पैसा हुन्थ्यो। पैसा हुँदैमा मात्र अन्न किन्न कहाँ पाइनु र? खासगरी यो खाद्यसङ्कटले चैत–बैसाखमा कुसेमुसे मात्रै होइन सगरमाथा नै छुन्थ्यो। सम्भावित खाद्य सङ्कट टार्न र एक जोर कपडाको जोहो गर्न मंसिरमा कालापहाड जानेको ताँती लाग्थ्यो। देसृद्धेसम्म पुग्ने रकम अभावमा पनि देसारु तड्पन्थे। सोही खर्चको जोहो गर्न केही दिन छट्पटिन्थे।
हाम्रो घरमा पनि देसारुहरू पैसाको लागि आउँथे। व्याज नलिने गरी बुबाले सापटी दिन्ाु हुन्थ्यो। बुबाले यसरी पैसा दिँदा ज्यादै खुसी हुन्थेँ। बुबाले अझैँ रकम थपिदिए हुन्थ्यो भन्ने पनि लाग्थ्यो। ठुलो मान्छे बनेर यिनीहरूलाई सहयोग गर्न पाए हुन्थ्यो भन्न्ो सोच बाल मष्तिस्कमा दौडन्थ्यो। सीमित पैसा लिएर उनीहरू पेटको सङ्घर्षमा भांैतारिन्थे।
बाटामा बिरामी हँुदा के गर्ने भन्ने प्रश्नको जवाफ उनीहरूसँग थिएन। त्यसैले भन्ने गरिन्थ्यो, ‘मुक्सिरा पुइसा, मुश्किला पुइसाृछे।' जब मंसिर आउँथ्यो, कालापहाडको यात्रा सुरु हुन्थ्यो। गाउँ नै रित्तिन्थ्यो।
हटारुहरू बाहिरिँदा गाउँलेहरू स्तव्ध हुन्थे। गाउँमा सन्नाटा छाउँथ्यो। अघोषित शोक विदा हुन्थ्यो। मनको झन्डा आधी झुकाउँथे– एक दिन मात्र होइन केही दिन। बिउका लागि धान भिजाउने दिनसम्म (चैतको ११ गतेसम्म) यदि कोही जुम्ली नफर्के मरे भनी जान्नु भनिन्थ्यो। हटारु सकुशल नफर्कने त्रासले रुवावासी हुन्थ्योे।
यो देख्दा ‘हटारुहरूलाई यमराजले निम्त्याएको छ, यो अन्तिम भेट हो' भन्ने लाग्थ्यो। ‘हाम्मा पितापुर्खा निल्ने त्यो कालापहाड काँ पड्डो हो? कहिथो होला त' भन्ने सोच्थेँ। कसलाई पो कालापहाड भासिन मन हुन्थ्यो र? के गर्ने? घरको आँगनमा बसेर मात्र छाक टार्न मुस्किल हुन्थ्यो नै।
देउतीमाडीको मन्दिर नजिकैको धुपीको रुखनेर जम्मा भएर गाउँलेले देसारुलाई टीकाटालो गरेर सामूहिक विदाइ गर्थे। धुपीको रुखको भुइँमा दुबो उम्रेको हुन्थ्यो। हाम्रो समाजमा धुपी र दुबो कहिल्यै ओइलाएनन् तर जुम्लीका सपना, जीवन, कल्पना भने ओइलाउँदै गए।
सायद धुपी र दुबोले जस्तोसुकै विपद्को घडीमा पनि हराभरा भइरहन प्रेरित गरि रहन्थे। त्यसैलेे दुबो र धुपी देसारुृटेको कानमा सिउरि दिन्थे गाउँलेले।
गाउँमा हिँउदभर केटाकेटी, बुढापाका र महिला मात्र भेटिन्थे। सकी नसकी कठाङ्ग्रिने जाडोसँग पौंठेजोरी खेल्थे। केही नराम्रोसँग पछारिन्थे पनि। रित्तोरित्तोजस्तो हिउँदे कर्णालीमा जाडोले बोट बिरुवाको हरियाली लुट्थ्यो भने काठमाडौंले कर्णालीको खुसी।
केही देसारु भनेे आफ्नो माटोको माया मारेर उतै बस्थे। केही दुर्घटनामा परेर फर्कंदैनथे। केही फर्किन्थे, एक सरो कपडा, नुन, तेल र चिनीको भारी सहित। उनीहरूको आगमनको सुरुवातीमा गाउँमा चहलपहल बाक्लिन्थ्यो। बच्चाहरू भ्ाारतको रुपैडिहामा पाइने सस्तो मूल्यका लिलामी कपडा लगाएर मक्ख पर्थे। रमाउँदै भेली (गुड) चाटेका भेटिन्थे। उनीहरूको मुहारमा पूर्णिमाको चन्द्र चम्केको देख्दा लाग्थ्यो, यिनीहरू नै धर्तीका सबैभन्दा सुखी प्राणी हुन्।
जसको घरबाट हाट जाने मान्छे हुँदैनथे, त्यो घरका बच्चा खिन्न देखिन्थे मानौं उनीहरूले सबै चिज हारेका छन्। मनोदशा नियाल्दा लाग्थ्यो यिनीहरू वाटरलुको युद्धमा पत्तासाप हुँदाको नेपोलियन हुन्। केहीमा भरिएको उत्साह पनि बेलुनबाट फुस्केको हावाझैं छिट्टै दुःखको वायुमण्डलमा मिसिन्थ्यो र सुरु हुन्थ्यो उही अत्यासलाग्दो चक्र।
भण्डारीको प्रकासित पुस्तक चाँदिको घेरा वाट
No comments:
Post a Comment