अछाममा जातीय भेदभावविरुद्धको ऐन आएपछिको पहिलो मुद्दा दर्ता

भीमदत्तनगर, २५ कात्तिक- अछाममा जातीय भेदभावविरुद्धको ऐन आएपछिको पहिलो मुद्दा दर्ता भएको छ । जिल्लाको मङ्गलसेन नगरपालिका–६ का बिर्ख विकले सोही ठाउँका बेदप्रसाद भण्डारीका नाममा दिनुभएको जातीय छुवाछूतविरुद्धको मुद्दा जिल्ला प्रहरी कार्यालय अछाममा दर्ता भएको हो । जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक दिलीपसिंह देउवाले जिल्ला प्रहरी कार्यालयमा जातीय भेदभावविरुद्धको मुद्दा पहिलो पटक दर्ता भएको जानकारी दिए । 
यद्यपि दोषी अझै पक्राउ नपरेको उनले बताए । पीडित विकका अनुसार आफूलाई भण्डारीले परम्परागत रुपमा आफ्नो घरको काम गर्नुपर्ने भन्दै दबाब दिँदै आएका थिए । बाजेको पालादेखि गर्दै आएको आरन व्यवसाय गर्नुपर्ने, काठ दाउरालगायत घरको काम गर्नुपर्ने भन्दै भण्डारीले निरन्तर दवाव दिने गरेकाले अन्याय सहन नसकी विकले प्रहरीमा ऐन आएपछि उजुरी दिएका हुन् । रासस 

No comments:

Post a Comment