सरकारी निकायमा हुने गतिविधिमा अर्थपूर्ण दलित सहभागिता हुनुपर्ने

नेपालगंज, ११ गते मंसिर ।विभेद बिरुद्ध अभियान । खाद्य सुरक्षा र सामाजिक समावेशीका लागि सरोकारवालाहरुको भूमिका विषयक अन्तरसम्वाद कार्यक्रम आज नेपालगंजमा सम्पन्न गरिएको छ ।दलित सेवा संघ बा“केका सचिव शिव सुनारले खाद्य सुरक्षा र खाद्य अधिकार, स्थानिय बिउबिजन संरक्षण सम्वद्र्धनका बारेमा ग्रामीण क्षेत्रमा जनचेतना फैलाउनु पर्ने बताउनु भयो ।
दलित महिला संघ बा“केकी सदस्य अञ्जु बिकले स्थानीय गाविस, नगरपालिका लगायतका सरकारी निकायमा हुने गतिविधिमा अर्थपूर्ण दलित सहभागिता हुनुपर्ने कुरामा जोड दिनुभयो ।उक्त कार्यक्रममा महेन्द्र उच्च माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिर्थ कलवारले विद्यालय व्यवस्थापन समितिहरुमा स्तर अनुसार दलित अगुवाहरुको पहुच हुनुपर्ने बताए ।
उक्त कार्यक्रम चन्द्र बहादुर सुनारको अध्यक्षतामा सम्पन्न गरिएको थियो भने कार्यक्रमको सहजीकरण दलित समाज कल्याण संघका फिल्ड अधिकृत चित्र बहादुर विश्वकर्माले गर्नु भएको थियो ।कार्यक्रममा सरोकारवाला करिब ४० जनाको सहभागिता रहेको थियो भने उक्त कार्यक्रम यीयूडीसीएको आर्थिक सहयोग र नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ बा“केको आयोजनामा सम्पन्न गरिएको थियो ।

No comments:

Post a Comment