राष्ट्रिय दलित एकता अभियान नेपालले सर्लाहीमा गाउँ समिती गठ्न

सर्लाही , कार्तिक १८- विभेद विरुद्ध अभियान ।राष्ट्रिय दलित एकता अभियान नेपालले सर्लाहीका गाविसहरुमा  दलित समुदायको आर्थिक , समाजिक , भौतिक ,राजनैतिक , मानवीय तथा सांस्कृतिक उत्थानको लागि गाउ समितिहरु गठन गर्दैछन ।
     
यसै क्रममा सर्लाहीका पिडारी ,फरहदवा ,जानकीनगर , मानपुर , शंकरपुर , हेमपुर, औरही ,पडरिया लगायतका गाविसहरुमा कमिटी गठन गरिसकिएको कुरा अभियानका प्रमुख संरक्षक राजाराम पासवानले बिज्ञप्ति जारी गरि सार्बजनिक गर्नु भएको छ । 
सर्लाही जिल्ल्लाको ठाउँ-ठाउँमा जनजागरण सभासहित समितिहरुको गठन भईरहेको छ । देश भरिमा चलाईने यस अभियानको उदेश्य राष्ट्र भरिको दलितलाई एकत्रित गरि दलित मुक्तिको लागि योजनाबद्ध ढंग कार्यक्रम चलाईने प्रमुख संरक्षक श्री पासवानले जानकारी गराउनुभयो ।
पहिलो चरणको कार्यक्रम अन्तर्गत सर्लाही जिल्लामा भईरहेको समिति गठन तथा सभामा अभियानका संयोजक हरिनन्दन कुमार रंजन, प्रबक्ता राम प्रित पासवान, संचार प्रमुख अजय कुमार महरा , कर्मचारी प्रमुख भेपेंद्र कुमार रंजन , अर्थ प्रमुख सुरज परियार , इन्जिनियर चन्द्र देव मालिक ,दलित अगुवा राज कुमार पासवान लगायतको  सहभागिता रहेको छ ।

No comments:

Post a Comment