कुष्ठरोगबाट पीडित शितली कामीको भयो उद्धार


भीमबहादुर सिंह, पैंक (जाजरकोट) माघ २८, विभेद बिरुद्ध अभियान- कुष्ठरोगबाट पीडित भई ६० वर्षदेखि जंगलको छाप्रोमा बस्न बाध्य पैंक ५, सरगाउँकी ७० वर्षीय शितली कामीको उद्धार भएको छ । आईएनएफ कुष्ठरोग प्रेषण केन्द्र सुर्खेतले बुधबार उनलाई उद्धार गरेको हो ।
गत माघ २२ गते कान्तिपुर दैनिकको प्रथम पृष्ठमा ‘६० वर्षदेखि जंगलमा बास’ भन्ने शीर्षकको समाचार र तस्बिर प्रकाशित भएपछि उनको उद्धारका लागि विभिन्न संघसंस्थाले चासो देखाएका थिए । आईएनएफको केन्द्रीय कार्यालय काठमाडौंले सुर्खेतमा कार्यरत उदयनाथ योगीलाई गत आइतबार उनको उद्धारका लागि पैंकतर्फ खटाएको थियो । 
जिल्ला प्रशासन कार्यालय जाजरकोट, प्रहरी, पैंक गाविस र योगीको पहलमा उनको उद्धार भएको हो । पीडित वृद्धालाई आवश्यक उपचारका लागि सुर्खेत पुर्‍याइएको छ । उनलाई डोकोमा बोकाएर यातायातका साधन उपलब्ध हुने स्थानसम्म पुर्‍याइएको थियो । उनको शरीरमा विभिन्न घाउ खटिरा देखा परेकाले उपचारार्थ सुर्खेत पुर्‍याइएको योगीले बताए । वृद्धालाई ६ महिनासम्म कुष्ठरोगको औषधि खुवाउनुपर्ने उनले बताए ।

सुर्खेतमा उपचार हुन नसके उनलाई थप उपचारका लागि काठमाडौंमा लैजाने उनले जनाए । ‘उपचार सफल भएपछि उनलाई हिँडडुल गर्न मिल्ने जुत्ता उपलब्ध गराइनेछ,’ उनले भने । उपचारपछि वृद्धाले माने सुर्खेतमै पुन:स्थापनाको व्यवस्था मिलाउने र नमाने पैंक गाउँमै फर्काएर बसोबास प्रबन्ध मिलाउने योगीले बताए । 

कसैले छुन मानेनन्

आईएनएफका उदयनाथ योगी, गाविस कर्मचारी र प्रहरी टोली उद्धारका लागि राजेचौरको जंगल बीचको छाप्रोमा पुग्दा वृद्धा एक्लै थिइन् । उद्धारका लागि त्यहाँ पुगेको टोलीले उनलाई बोक्ने मान्छेको खोजी गर्‍यो ।

तर कुष्ठरोग सर्ने डरले बोक्न त के छुनसमेत कसैले मानेनन्  योगीले उनको स्वास्थ्य परीक्षण गरे । अरू कर्मचारीलाई पनि छुन हिच्किचाउट भयो । लामो प्रयासपछि मुस्किलले उनलाई बोक्ने मान्छेको व्यवस्था भयो । ७ घण्टाको बाटोमा उनलाई बोक्न ६ हजार रुपैयाँ ज्याला दिनुपरेको योगीले बताए ।उद्धारका क्रममा उनलाई पाँचकाटिया पुर्‍याइयो । तर पाँचकाटियाका होटल र अन्य घरभित्र कसैले बस्न नदिएपछि आईएनएफको गाडीभित्रै उनको रात बित्यो ।

यसरी भयो शितली कामीको उद्दारको चाँजोपाँजो 

कान्तिपुर पत्रिकामा यो ६० बष॔ देखी जंगलमा समाचार आए पछि बाग्लुङ घर भई हाल लण्डनमा रहेका कृष्ण प्रसाद शमा॔ले काठमाण्डौको कान्तिपुरमा फोन गरेर त्यहाँ बाट समाचार रिपोटर भीम बहादुर सिहंलाई फोन गरेर पिडितको बारे बुझे । उनको उपचारका लागी निशुल्क प्रवन्ध मिल्यो भने तपाई पिडितलाई काठमाण्डौ ल्याई दिन सक्नु हुन्छ सोधे । भीम सिहंले हुन्छ नि सर भने । त्यो बेला सम्म उनको उपचार कहाँ निशुल्क गराउन सकिन्छ भन्ने कुनै बाटो थिएन तर उनले यो भन्दा पहिला पनि केही यस्तै उद्दार गरेको हुँदा खोज्न सक्नेमा आशाबादी थिए । यसैबीच उनले समाचारको तल कमेन्ट गनेॅहरूलाई फेसबुकमा जोड्दै गए अनि सबै सगँ सोधखोज गदैॅ थिए ।
 यसै बीचमा जम॔नकी हेलेना नामकी फेसबुक साथीले उनले चीनेको एक काठमाण्डौको केभीन फाउण्डेनशनका कृष्ण गुरुङलाई फोन गरे तर उनले पुन॔स्थापना गन॔ सहयोग गछु॔ भने तर उपचारलाई अस्पताल खोज्नु पने॔ भने । त्यसले पनि उनलाई सन्तुष्ट गराएन अनि उनले बेलायत कै साथी जुलिया जसले कुष्टरोगको क्षेत्रमा काय॔रत छिन उनले फोन गरे । उनले आफ्नो परोपकारी संस्थाको नेपालमा समेत काय॔क्षेत्र रहेको र सोही संस्थाको माताहतमा आनन्दबन अस्पताल रहेको जसको कन्ट्री डारेक्टर खगेश्वर कँडेलको फोन दिईन ।

 अनि उनले कँडेललाई फोन गरे कँडेलले सहयोग गनेॅ प्रतिवद्दता गरे।  सम्पुण॔ जानकारी पाए आफ्नो कम॔चारी लिन समेत जाने जानकारी दिए । अनि फेरी शमा॔ले पत्रकार भीम सिहंलाई फोन गरे तर भीम सिहंले उनी आउन नमानेको बरु पैसा सहयोग भए उनको लागी खाना कपडाको ब्यवस्था गन॔ सकिने बताए । तर यो कुरा चित्तबुझ्दो भएन तर पनि साथीहरू सगँ सोधेर केही रकम सहयोग गरौला भने तर पनि उनलाई यस किसिमको उपचार पुन॔स्थापना पाईएको बेला जसरी पनि ल्याउन पछ॔ भन्ने लागेर फेरी स्वास्थ मन्त्रालय र गृहमा फोन गरेर काठमाण्डौ आनन्दबनलाई पुन फोन गन॔ लगाएर ! 

यता जाजरकोटका सहायक सिडियो शिव सेडाँईलाई फोन गरेर प्रवन्ध मिलाउन भने र सेडाँईले आनन्दबनमा फोन गरे अनि उनि काठमाण्डौ भए पनि जिल्लामा सहयोग गन॔ खबर पठाएर । सुखेॅतमा रहेको क्षेत्रिय काया॔लय रहेको आईएनएफ जुन संस्थाको माताहतमा काठमाण्डौमा आनन्दबन अस्पताल रहेको छ । त्यही संस्थाका क्षेत्रिय कम॔चारीहरू त्यहाँ पुगेर उद्दार गरेका थिए । यो सबैको प्रबन्ध कृष्ण प्रसाद शमा॔ले मिलाएका थिए भने जाजरकोट जिल्ला प्रशासन,प्रहरी,गा.बि.स सचिव सबैको सहयोग समेत थियो ।
कान्तिपुर बाट




No comments:

Post a Comment