जातीय विभेद गरेको भन्दै एक जना विरुद्ध जाहेरी दर्ता

धादिङ, फागुन ७, विभेद बिरुद्ध अभियान-  – जातीय आधारमा छुवाछुत तथा गाली गलौज गर्ने एक जना विरुद्ध जिल्ला प्रहरी कार्यालय धादिङमा जाहेरी दर्ता भएको छ ।
नीलकण्ठ नगरपालिका—४ की ५७ वर्षकी बट्टाइ कमीनीले छिमेकी ३३ वर्षका पूर्ण गुरुङलाई जातीय विभेद तथा छुवाछुत गरेको भन्दै कारबाहीको माग गर्दै जाहेरी दर्ता गराउनु भएको हो  ।
 गुरुङले तल्लो जात भनेर हेपेको र नजिक आएमा छोइन्छ भन्दै अपशब्द बोलेर गाली गलौज गरेको पीडित  कमीनीले बताउनुभयो । गुरुङलाई जातीय भेदभाव तथा छुवाछुत सम्बन्धी ऐनअनुसार कारबाही गर्न माग गर्दै उजुरी दर्ता भएको  जिल्ला प्रहरी कार्यायले जनाएको छ ।

No comments:

Post a Comment