नव लोकदोहोरी गायिका सन्ध्या परियारले सवैलाई चकित पारिन

लमजुङ, ६ फागुन-विभेद बिरुद्ध अभियान

हाँसेपनि न दुःखी हैन म 
रुन मात्र सकेकी छैन म
धुन सुन्दा पन्चे वाजाको
मलाई झल्को आयो त्यो दिनको, हैन आजको…………..पन्चे वाजाको मौलिक लोक धुनमा आधारित यस गीतमा सुमुधुर आवाज दिएकी हुन, नवगायिका सन्ध्या परियारले । २०७२ साल असोजमा हिम सम्झौता डिजीटल प्रा.ली. को प्रस्तुतीमा रमेश परियारको लय शव्दमा नव गायक सुनिल परियार र सन्ध्या परियारले उक्त पन्चे वाजा गीत वजारमा ल्याए । यस गीतलाई युट्युव मार्फत ४० हजार ४ सय ६६ भन्दा वढिले हेरिसकेका छन र सकारात्मक प्रतिकृयासमेत दिएका छन ।वुधवार साथीको विहेमा आएकी उनै नव लोकदोहोरी गायिका सन्ध्या परियारले पन्चे वाजाको मौकिल लोक धुनमा गीत गाउँदै कम्मर मर्काएर सवैलाई चकित पारेकी थिईन । उनको गायन कला र नृत्यको सवैले खुलेर प्रशंसा गरे ।
यसैवीचमा जन्ती मध्येकै एक म, पत्रकारको हैसियतले मैले सवैभन्दा पहिले उनको वारेमा नजिकै रहेकी एक जना दिदीसंग सोधे । कल्पना ओझा, जस्ले उनलाई शिशु कक्षा देखी पढाउँदै आएकी रहिछिन । उनको वारेमा मैले थप जिज्ञासा राख्दै गए ।सानैदेखी गाउनमा रुचि थियो‘‘शिशु कक्षा देखी मैले उसलाई पढाएको हुँ” शिक्षिका ओझाले थपिन, ‘‘उसको गायन क्षेत्रमा रुचि चौपट्टै हो । पढाईमा ठीक्कै थिईन । तर विभिन्न कारणले विचैमा पढाई छोडिन ।”त्यसपछि ओझाकै पहलमा मैले सन्ध्यासंग उनकोगायन यात्राको वारेमा कुरा गर्न चाहेँ ।‘‘घरमा वाआमा, दाई हुनुहुन्छ । अहिले पोखरामा वस्दै छु साथीको विहे हेर्न आएको,”सन्ध्याले सुनाईन्, ‘‘स्कुल पढ्दादेखी नै गाउँथे । 
सर म्याडमहरुले पनि उक्साउनुहुन्थ्यो गाउनको लागि । दाईले पनि सपोर्ट गर्नुभयो ।”सवैको साथ सहयोग पाएको छु । कास्की जिल्ला सिद्ध गाविस वडा नं ८ मा जन्मेकी सन्ध्या परियार आफुले हराउँदै गएको लोक संस्कृतिको जगेर्नाको लागि नै सवैभन्दा पहिले लोक पन्चे वाजाको गीत गाएको सुनाईन ।‘‘झ्याउरे भाका गीत छिट्टै रकेर्ड गराउँदै छु,” उनले भनिन्, ‘‘यही क्षेत्रलाई अँगाली अघि वढ्नेछु । म अवसर पाए सवै किसिमको गीत गाउन सक्छु ।”पहिलो चोटी वजारमा ल्याइएको आफ्नो गीतले थुप्रै श्रोता तथा दर्शकहरुको मन जित्न सफल भएको उनले वताईन ।‘‘छोरीले खुलेर, नाचेको र गाएको हाम्रो समाजमा राम्रो नजरले नहेर्ने प्रवृत्ति छ”उनले भनिन्, ‘‘तर मलाई त्यस्तो भएको छैन  । परिवार समाज सवैले साथ सहयोग गर्छन । सवै यसै क्षेत्रमा तिम्रो भविष्य छ भन्छन ।”

– श्यामशीत्तल/इताजाखबर बाट 

No comments:

Post a Comment