अनौठो छाला रोग लागेका दमाईलाई ३ लाख सहयोग

काठमाडौं, २० माघ । बागलुङ भिमगिठेका १० वर्षीय रमेश दमाईलाई छालासम्वन्धी अनौठो रोग लागेपछि उपचारका लागि सहयोगीहरुले सहयोग गरेको छ ।
बेलायतस्थित स्वीडन निवासी सहृदयीहरुले संकलन गरेको ३ लाख १८ हजार ६ सय रुपैयाँ आज हस्तान्तरण गरिएको छ । स्वीडन नेपाली समाज यूकेका टंगप्रसाद राई, याम गुरुङ, मोहन
थापा, शीवप्रसाद राई, जगत गुरुङ लगायतको सक्रियतामा संकलित रकम मिलिजुली तमू समाजका अध्यक्ष पुष्प गुरुङको टोलीले आज हस्तान्तरण गरेको हो ।
यसअघि पनि स्वीडन निवासी नेपालीहरुले भूकम्प प्रभावितको औषधोपचारका लागि ३२ लाख गैरआवासीय नेपाली संघमार्फत सहयोग गरेको थियो ।

No comments:

Post a Comment