अब बन्ने नयाँ पार्टीले कथित ‘दलित’ शब्दलाई मान्यता दिँदैन - दलमर्दन कामी

चार वर्ष अघि सबै उत्पीडित जनताको नेतृत्वमा नयाँ पार्टी हुनुपर्छ भन्ने अवधारणाले म नयाँ पार्टी निर्माण अभियानमा लागेको थिएँ । करिब ३७ वटा जिल्लामा पार्टी जिल्ला कमिटि निर्माण ग¥यौँ ।  दलितले नयाँ शक्ति र नयाँ कुरा ग¥यो भने दलितलाई अराजक भन्यो । र जनजतिले आवाज उठाइरहँदा जातिवादी भन्ने आरोप लगाइयो । यही अवस्थामा डा. बाबुराम भट्टराईले उत्पीडितहरुसँग एकाकार गरेर नयाँ ढङ्गले उत्पीडित जनताको मुक्ति र राष्ट्रि मुक्तिसहितको आर्थिक समृद्धिमा देशलाई लैजानु पर्छ भन्ने अठोटका साथ आउनुभयो । कुनै पार्टीको शीर्ष नेतृत्व हुदाहुँदै नयाँ शक्ति निर्माण गर्न ‘ग्रास’ लेभलमा जानु र नयाँ शिराबाट अगाडि बढ्नु चान्चुने विषय होइन । यस अवस्थामा हामी पनि नयाँ पार्टी निर्माणको अभियानमै रहिरहेको हुनाले उहाँसँग वृहत्त छलफल, वार्ता गरेर नयाँ शक्ति निर्माणमा पार्टी लागेको हो ।
सामाजिक लोकतान्त्रिक पार्टीले उठाएका उत्पीडितका मुद्दा कमजोर भएर नयाँ शक्ति खोज्नु भएको हो ?
सामाजिक लोकतान्त्रिक पार्टीले उठाएका उत्पीडितहरुको मुद्दा कमजोर भएर  होइन यो सही मुद्दा भएर, मुद्दा मिलिसकेपछि नयाँ शक्तिमा लागेका हौँ । सामाजिक लोकतन्त्र, बहुलराष्ट्रवाद र आदिवासीवाद हामीले उठाएको मुद्दा हो । यसले मात्र नेपाली जनतालाई मूक्ति दिन सक्छ भन्ने कुरा हो । चिनलगायतका कम्युनिष्ट मुलुकहरुको सिद्धान्त माक्र्सवाद, भारतलगायतका पुँजीवादी राष्ट्रको सिद्धान्तको आधारमा निर्माण भएका पार्टीहरुले नेपाली जनताको मूक्ति दिन सक्तैन । ७० वर्षको नेपाली राजनीतिक परिवर्तन, १ सय ३ वर्षे राणा सासन, ३० वर्षे पञ्चायती सासन त्यसपछि बहुदलीय व्यवस्था र आज लोकतान्त्रिक गणतन्त्र हुँदा समेत नेपाली उत्पीडित जनताले मूक्तिको महसुस गर्न सकेनन् । यस अर्थमा, जातीय विभेद, धार्मिक विभेद, वर्गीय विभेद, लैङगिक विभेद, भाषिक विभेदलगायतका विभेदै विभेदले ग्रसित समाजलाई परिवर्तनको महसुस गर्ने वातावरण बनेन । यस अर्थमा पनि नयाँ शक्तिको आवश्यक्ता महसुस गरिएको हो । नयाँ शक्ति पनि यस्तो होस् नेपाली माटो, नेपाली जनता र नेपाली राष्ट्रियताको सुहाउँदो सिद्धान्त भनेको सामाजिक लोकतन्त्र नै हो । र यो सिद्धान्त मात्र नेपाली जनतालाई सुहाउँदछ । त्यसो भएका कारणले सामाजिक लोकतान्त्रिक पार्टीले उठाएको सामाजिक लोकतन्त्र, बहुलराष्ट्रवाद र आदिवासीवाद अब बन्ने नयाँ शक्ति (नयाँ पार्टी) मा दर्ज गराउँदै नयाँ शिराबाट अगाडि बढ्नुपर्छ भन्ने मान्यताका साथ हामी लागेका हौँ ।
तपाईँले भनेजस्तै नयाँ शक्ति निर्माणमा उत्पीडितको नेतृत्व हुन्छ भन्ने ग्यारेन्टी के छ ?
हामी यसैको लागि लडिरहेका छौँ । नयाँ शक्ति निर्माण हुन त्याग, तपस्या र बलिदानको आवश्यक्ता छ । यो हुन सकेन भने नयाँ शक्ति (नयाँ पार्टी) निर्माण हुन सक्तैन । त्यो केवल नयाँ बोतलमा पुरानो रक्सी मात्रै हुनेछ । नयाँ शक्ति निर्माण अभियानले उठाएको कुरा पार्टीका सबै संरचनामा पूर्ण समानुपातिक, समावेशीको ग्यारेन्टी हुनुपर्छ भन्ने मान्यता हो ।  यसल गर्दा हिजो भएका पार्टीहरु भन्दा फरक र नयाँ हुन्छ । एकल व्यक्ति र एकल जातिको एकल निर्णयबाट नयाँ शक्ति अगाडि बढ्न सक्तैन । यसमा नयाँ शक्ति निर्माणका अभियन्ताहरु, हामी सचेत छौँ । यसो गर्दा भोलि राज्यका अङगहरुमा पार्टीको सहभागिता हुँदा समेत यही प्रकारले अगाडि बढ्ने हाम्रो नीति हो । यसमा हामी सचेत भएर लागेका छौँ र लाग्नेछौँ ।
तपाईहरुले सामाजिक लोकतान्त्रिक पार्टीको देशभरिमा ३७ वटा जिल्लामा विस्तार गर्नुभएको संगठन के हुन्छ ?
हामी केन्द्रदेखि जिल्ला तहमा वृहत्त छलफल, बहस र अन्तत्र्रिmया गरेर हामी नयाँ शक्ति निर्माण अभियानमा लागेका हौँ । पार्टीको अध्यक्ष मण्डलको बैठकले तत्कालै गरेको निर्णय अनुसार जिल्ला कमिटीहरुमा परिपत्र गरिसकिएको छ । सबै जिल्ला तह र तप्काका कमिटीलाई नयाँ शक्ति निर्माण अभियानमा लाग्न निर्देशन गरिसकिएको छ । सबै नेता कार्यकर्ताहरुको अब बन्ने नयाँ पार्टीमा याथसक्दो नेता कार्यकर्ताको क्षमताको आधारमा जिम्मेवारी दिइने छ ।
सामाजिक लोकतान्त्रिक पार्टीका सबै नेताले नयाँ शक्तिलाई स्वीकार गर्नुभयो ?
९९ प्रतिशत सहभागिता छौँ । यो पार्टी निर्माण हो । नयाँ ढङ्गले अगाडि बढिरहँदा केही अङ्कुश त आउँछ नै । त्यस्तो देखिन्छ तर हाम्रो सामाजिक लोकतान्त्रिक पार्टीको केन्द्रीय अध्यक्ष मण्डलमा रहेको दशजना सदस्यमध्ये एकजना अध्यक्ष मण्डलका सदस्य कुमार राई यसमा सहभागी हुनु भएको छैन । छलफल अझै गर्दैछौँ । अरु सबै अध्यक्षहरु एकै ठाउँमा छौँ ।
तपाईँ लिम्बुवानी आन्दोलनलाई समर्थन गर्दै हिँड्नु भएको मान्छे, बाबुरामले सहायता गर्लान त ?
बाबुराम भट्टराईले सहायता गर्नुहुन्छ भन्नेमा छौँ । लिम्बुवानी आन्दोलन कुनै एउटा व्यक्तिले उठाएको रहरको आन्दोलन होइन । न नयाँ शक्ति निर्माण अभियान नै हो । लिम्बुवान आन्दोलन र लिम्बुवानी भूमि एउटा ऐतिहासिकता हो । नेपालको एउटा गहना लिम्बुवानी जनता हुन्, लिम्बुवान राष्ट्र हो । राष्ट्रराष्ट्रले राष्ट्रियता झल्किन्छ । एउटा राष्ट्रको नेताले देशमा उठेका सबै आवाज र मागहरु सम्बोधन गर्नुपर्छ । यो नै सामाजिक लोकतन्त्र हो । यो आन्दोलनमा मेरो पूर्ण रुपमा सहभागिता रहन्छ र अब बन्ने नयाँ पार्टीले पनि लिम्बुवानलगायतका पहिचानवादीहरुको आन्दोलनलाई समर्थन, सहयोग र सहभागिता रहने छ भन्ने मेरो विश्वास छ ।
दलितका मुद्दालाई नयाँ शक्तिले कसरी सम्बोधन गर्छ ?
म करिब देशको एक चौथाइ जनसङ्ख्याको हिस्सामा रहेका समुदायको एउटा व्यक्ति हुँ । एक चौथाइ जनसङ्ख्याको हिस्सामा रहेका समुदाय जसलाई कथित दलित भनेर चिनिन्छ । म आफू दलित भन्न सक्तिनँ । म गौरवका साथ भन्न सक्छु । म कामी हुँ । म विश्वकर्मा हुँ । अब बन्ने नयाँ पार्टीले कथित ‘दलित’ शब्दलाई मान्यता दिँदैन । त्यसमा मेरो प्रमुख भूमिका रहन्छ ।
हामी जन्मजात शिल्पी समुदाय, इन्जिनीयर जाति हौँ । इन्जिनीयर र शिल्पी जाति कहिले पनि दलित हुन सक्तैन । संसारमा काम गर्ने शिल्पीहरु, इञ्जिनीयरहरु, वैज्ञानिकहरु, डाक्टरहरु कहिँ पनि गरिब छैनन, अछूत छैनन् । तर नेपालमा हिन्दू वर्णाश्रम व्यवस्थाका आधारमा यिनै शिल्पी, इञ्जिनीयर जातिहरुलाई आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक लगायतकाबाट माथि उठ्न नदिन कथित शुद्र बनाएर जातीय विभेदको सुरुआत गरी आज एक्काइसौँ शताब्दीमा समेत अछूत बनाउँदै आज संविधानमै दलित बनाएर राख्यो । यो मेरो घोर आपत्ति हो । अब बन्ने नयाँ शक्तिले कथित दलित शब्दलाई मान्न सक्तैन । समुदायको सम्मानजन पहिचानका लागि अगाडि बढ्ने छ ।
दलित शब्द प्रयोग गर्नेलाई चाहिँ के भन्नुहुन्छ ?
मैले अघि पनि भनेँ, हाम्रा समुदाय दलित हुन सक्तैन । दलित भन्न रुचाउने साथीहरुलाई दलितको अर्थ पहिले हेर्नुहोस्, र मनन गर्नुहोस् भन्न चाहान्छु । त्यसकारण हामी दलित होइनौँ । हामी जन्मजात इन्जिनीयर हौँ । शिल्पी हौँ । हिन्दू वर्णाश्रमका आधारमा हामीलाई शुद्र भनियो । जसले हामीलाई पानी अचल बनायो र आजको एक्काइसौँ शताब्दीमा समेत पशुको जस्तो नारकीय जीवन जिउन बाध्य छौँ । शुद्र शब्दलाई हटाउनलाई मलाई लाग्छ आन्दोलनले एउटा प्रलय नै लिनुपर्छ । नेपालको संविधानले दलित शब्द उल्लेख ग¥यो । दलित शब्द आफैँमा अपमानित छ अनि यो शब्द भिरेर तपाईँ हामी कति बस्न सक्छौँ ? तपाईँ भन्नुहोला, दलितको छाप बसिसकेको छ यहीबाट अगाडि बढ्नुपर्छ, तर त्यो होइन । त्यो गलत हो । दलित एउटा अवस्था हो । ‘दलित’ कामी (विश्वकर्मा), परियार, सार्की, गन्धर्व, चमार, डोमलगायतका जातको पहिचान होइन । हामी हाम्रो सम्मानजनक पहिचानका साथ यो देशमा रहन पर्छ । हाम्रो आफ्नै इतिहास छ । कुनै व्यक्ति समुदायले यो देशमा योगदान दिएको छ भने कामी (विश्वकर्मा), परियार, सार्की, गन्धर्व, चमार, डोमलगायतका जातले जति कसैले योगदान दिएको छैन । म गौरवका साथ भन्न चाहान्छु । राजनैतिक आन्दोलन, योगदान, परिवर्तनका कार्यमा कसैले योगदान गरेको छ भने यिनै समुदायले गरेका छन् । अझ यो देशमा श्रमजीवि वर्ग, जाति, समुदायका हिसाबले यी जाति, समुदायलाई कसैले प्रतिस्पर्धा गर्न सक्तैन । अनि तपाईँ कसरी भन्नु हुन्छ दलित ? अब हाम्रो सम्मानजनक पहिचानका लागि अगाडि बढ्नु छ । हाम्रो हकअधिकार सुनिश्चित गर्नु छ । यसका लागि ढाडमा टेकेर टाउकामा हान्ने नीति यो समुदायले लिनु पर्छ ।
नयाँ शक्ति निर्माण अभियानमा कसरी लागिरहनु भएको छ ?
सबै उत्पीडित, जाति, समुदाय, वर्ग, क्षेत्रका व्यक्ति, व्यक्तित्व, समूहहरुसँग बहस, छलफल, भेटघाट, अन्तत्र्रिmया गरेर अघि बढिरहेका छौँ । परिषद्लाई पूर्णता दिने कार्यहरु भइरहेको छ । यस कार्यमा नेतालगायतका हामी सबै जना लागिरहेका छौँ । यसलाई पूर्णता दिइसकेपछि करिब नयाँ वर्षसँगसँगै नयाँ पार्टी र नयाँ शक्तिको उदय हुनेछ । देशभरका लाखौँ समर्थक जनतालाई पहिलो सदस्यका रुपमा उतारेर पार्टी घोषणा गर्ने लक्ष्यमा लागेका छौँ ।
अन्त्यमा,
आम नेपाली जनतामा म के अनुरोध गर्न चाहान्छु भने, हामी नयाँ नेपाल निर्माण गर्न लागि परेका छौँ । नयाँ नेपाल निर्माण गर्ने अभियान एक जनाले मात्र हाँक्न सक्तैन । यसका लागि सबै उत्पीडित, दलित, आदिवासी जनजाति, उत्पीडित बाहुनक्षेत्री, महिला, मुस्लिम, क्रिश्चियनलगायतका अल्पसङ्ख्यक नेपाली जनता एकाकार होऔँ । वर्तमानमा हामी नयाँ शक्ति (नयाँ पार्टी) निर्माणमा लागेका छौँ । यसमा यहाँहरु सबैको सरसल्लाह, सहयोग, सुझाव, समर्थन र सहभागिताको आवश्यकता छ । यहाँहरुको उपस्थिति त्यहीअनुसार रहोस् भन्ने अनुरोधका साथ नयाँ शक्ति अग्रगमन र समृद्धिको दिशामा अघि बढेको अनुरोध गर्न चाहान्छु ।
-नयाँपेज बाट 

No comments:

Post a Comment