पेशागत हकहित र संरक्षणमा लाग्ने गरी दलित पत्रकारहरु संगठित

काठमाडौ, माघ २९ । देशभर छरिएर रहेका दलित समुदायका पत्रकारहरु संगठित भएका छन् ।  उनीहरुले दलित पत्रकारहरुको छाता संगठनको रुपमा नेपाल दलित पत्रकार संघ गठन गर्दै संगठित भएका हुन् ।
शुक्रबार राजधानीमा भएको एक भेलाले पवित्रा सुनारको अध्यक्षतामा ११ सदस्य नेपाल दलित पत्रकार संघको गठन गरेको छ । उनी नागरिक दैनिकमा आवद्ध छिन् ।  भेलाले उपाध्यक्षमा गोपाल बराइली (कमाण्डर पोष्ट), महासचिवमा लक्ष्मण दर्नाल (गोरखापत्र), सचिवमा सन्तोष गन्धर्व (नेपालवाणी नेटवर्क) र कोषाध्यक्षमा बुद्धि विश्वकर्मा (रेडियो हिमालय) लाई चयन गरेको छ ।
भेलाले विनोद विश्वकर्मा (एविसी टेलिभिजन), कृष्ण रिजाल (नया पत्रिका), अनिल परियार (रेडियो कान्तिपुर), विरु नेपाली (रेडियो जागरण), कमला रसाइली (रेडियो नेपाल) र विश्वास खड्गाथोकी (नयाँ पत्रिका) लाई सदस्यमा चयन गरेको छ ।
भेलाले विभिन्न जिल्ला शाखा गठन गरी ६ महिनाभित्र राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । भेलाले देशभरका दलित समुदायका दलित पत्रकारलाई संगठित गरी उनीहरुको पेशागत हकहित र संरक्षणमा लाग्ने निर्णय गरेको छ । यसअघि २०६१ मा पनि दलित पत्रकारहरु संगठित हुने प्रयास गरेका थिए तर सो संस्थाले स्थायीत्व पाउन सकेको थिएन ।


dalitonline बाट

No comments:

Post a Comment