माघ २१, विभेद विरुद्ध अभियान । बाग्लुङ नगरपालीका ९ को लमगाउँमा जन्मेका पदम सिंह बिश्वकर्मा केवल दलित आन्दोलनका अगुवा मात्र थिएन कि सिङ्गो देश भित्रको मानवताबादी आन्दोलनका अगुवा पनि थिए । २०१५ साल देखी काँग्रेसको सकृय राजनीतिमा लागेका बिश्वकर्माले काँग्रेसको दलित विभागलाई समेत ठुलो योगदान गरे जसको कारण काँग्रेसले पनि राम्रैसगँ उपयोग गरेर दलितलाई सुरक्षित भोटर व्याङ पनि बनायो बारम्बार सत्ता चलाए ।
उनि २०५८ सालमा जब पहिलो पटक राष्ट्रिय दलित आयोगको अध्यक्ष भए । उनलाई यहाँ पुग्न रोक्ने काँग्रेसको एक पत्तिं तल्लिन थियो तर पनि उनि भई छाडे त्यस पछि भन्ने हो भने दलितका सबालमा निकै राम्रा काम गरे जसको दिर्घकालिन महत्व रहेको छ । उनका तमाम कामहरूका गरेर पनि आज पदम सिहंलाई उचित सम्मान दिईएन त ? राणाकालमा बिशेनगर्चिलाई , बहुदलमा कम्युनिष्टले रुपलाललाई र काँग्रेसले पदम सिहंलाई राम्रै सगँ उपयोग गरेर धुरीमा पुगे आज उनिहरूलाई यि कर्म योद्दाहरू केवल भञ्र्याङ मात्रै भए । यिनीहरूकै नाम देखाएर सत्तामा पुगेका आज पार्थिव बन्न पुगे भने यिनीहरू गुमनाम लास भएर अस्ताए ।
|
पदम सिंह बिश्वकर्मा |
पञ्चायतकालमा दलितको छायाँ समेत परे बिटुलो पर्छ भन्ने कथित छुवाछुत प्रथामा उनले चालेको जातिय छुवाछुत मुक्त अभियान केवल बिश्वकर्माका लागि मात्रै गरेका थिएनन् । तर पनि आज देशमा ६ प्रतिशतको संख्यामा रहेका दलितहरूले उनको सम्मान किन गर्न सकेनन् । उनि राजनैतिक रुपमा काँग्रेस भए पनि उनले चालेका कदम कुनै पार्टी बिशेषका थिएनन् तर पनि ३ दर्जनको संख्यामा रहेका पार्टीहरू भित्र रहेका दलितहरूले उनको योग्दानलाई किन कदर गर्न सकेनन् । यसको साथै अन्तर जातिय पार्टी कमिटीहरूले उनको मृत्युलाई देखोनदखो गरे । गैरदलितले समेत उनलाई सम्झनु पर्ने थुप्रै कारणहरू थिए तर पनि बाहुनले मात्रैले पढ्न हुने अरूले पढ्नै नहुने संस्कृत शिक्षा पढेका कारण हो किन हो थाहा भएन । उनको ज्ञान कुनै पि.एच.डी पालाको भन्दा कम थिएन । प्रख्खर बक्ताको रुपमा परिचित बिश्वकर्मालाई शेरबहादुर देउवाले नभेट्दा सम्म उनको नाम राष्ट्रिय दलित आयोग लान योग्य पनि ठानेका थिएन । शिक्षकका रुपमा समेत काम गरेका पदम सिहंलाई पंचायती व्यवस्थामा दलित शिक्षकका रुपमा गाउँ पढाउनु कम चुनौतीपुर्ण थिएन तर पनि शिक्षकको कुनै पनि संगठनले सम्झन योग्य ठानेनन्, हुन सक्छ शिक्षक हुने अरू जातको बन्दकि मात्र नै हो ।
उनले अध्यक्षता गरेको राष्ट्रिय दलित आयोगले दलितहरूको जातथरको सुचिकृत गर्यो । जसका कारण गुमनाम थरहरूको पनि उत्खनन् भए, त्यसैको आधारमा अधिकारका लागि लड्न सजिलो भयो । तिनै नामहरू समावेश गरेर ठुला–ठुला प्रस्ताब लेखेर आँफु र परिवार पालेका दलित अधिकारकर्मी र एन.जि.ओ वालाहरूले आज उनलाई चिनेन पनि नत्र कहि कतै उल्लेख त पक्कै हुन्थ्यो होला । जातिय छुवाछुत बारेमा धेरै अगि देखी बहस भएको भए पनि जातिय छुवाछुतबाट मानिसहरू प्रताडित नै थिए तर उनको कार्यकालमा यस्ता जातिय छुवाछुतका मुद्दा सरकारबादी हुने भनि उल्लेख गराउन सफल त्यस पछि जातिय छुवाछुतको घटना कम हुँदै गएका हुन भने छुवाछुतका मुद्दामा पीडितहरूले भने जस्तो न्याय नपाए पनि सरकार र समाजलाई गम्भीर बनाएको छ । आरनको टुँडाल भाँच्ने अभियान संचालन गरेका बिश्वकर्माले दलित आन्दोलनलाई देशब्यापी मात्र होईन अन्तराष्ट्रियकरण समेत गरे । जुन कुरा आजका दिनमा दलित अधिकारका रुपमा परिचित आहुतीले पोखराको फेवातालमा भएको लिट्रेचर फेस्टीवलमा कुरा गरिरहेका छन् ।
बिभिन्न कालखण्डमा बनेका सरकारहरूले उठाईरहने दलित सुकुम्बासीको बहस यिनै अभियान्ताले शुरु गरेको दलित सुकुम्बासीको लगतमा आधारित छ । उनले खास गरी तराई क्षेत्रका दलित सुकुम्बासीहरूका लागि आवाज बुलन्द गरेका थिए । यसैमा टेकेर हाल सम्म बनेका सुकुम्बासी आयोगका पदाधिकारीहरूलाई उनलाई सम्झनु पर्ने कुनै औचित्य नै देखेनन् । आँफुले बनाएका मन्दिरमा आँफै प्रवेश गर्न नपाईने खालको समाजमा मन्दिर प्रवेशको अभियान समेत चलाएका पदम सिहंले पछि दिनहरुमा मन्दिर प्रवेशमा अलि खुकुलो गराईएको थियो भने मन्दिर प्रवेशमा कुनै अवरोध भए प्रहरीलाई सिधै सम्पर्क गर्ने प्रावधान गराईएको थियो । आज दलितका नाममा आरक्षण र बिशेष व्यवस्था कारण सिमित दलितहरुले सुविधा भोग गरिरहेका छन् तर यो अवसर राज्यबाट उपलव्ध गराएर दलितहरुमा स्तरवृद्धी भईरहेको बेला सुबिधा प्राप्त दलितहरुले समेत उनलाई उचित सम्मान दिन सकेनन् । अतः पदम सिहं बिश्वकर्मालाई नचिन्ने दलितले थर फेरे हुन्छ ।
No comments:
Post a Comment