“सूचना तथा सञ्चारसम्बन्धी उच्चस्तरीय समितिको सदस्य पदमा रेम बहादुर विश्वकर्मा मनोनित

२०७२ फागुन ६ ,  विभेद बिरुद्ध अभियान - सरकारले नयाँ संविधानअनुकूल नयाँ आमसञ्चारनीतिको मस्यौदा तयार गर्न “सूचना तथा सञ्चारसम्बन्धी उच्चस्तरीय समिति, २०७२” गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले कानुन तथा सञ्चारविज्ञ काशीराज दाहालको अध्यक्षतामा समिति गठन गरेको हो ।
समितिले नयाँ संविधानको मर्म र भावना तथा संघीयताको खाकाअनुसार हुने गरी नयाँ आमसञ्चार नीति तर्जुमा गर्ने, विद्यमान सञ्चार ऐनमा पुनरावलोकन गर्नेलगायतका सुझाव दिने सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता शेरधन राईले जानकारी दिए । त्यस्तै, संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकार, पत्रकार आचारसंहिता, लोकतन्त्र र सञ्चार आदि विषयमा समस्या पहिचान गरी समाधानको उपायबारे पनि सुझाव दिन कार्यादेश दिइएको छ । समितिको कार्यावधि तीन महिना तोकिएको छ ।
नेपाल सरकारद्वारा गठित “सूचना तथा सञ्चारसम्बन्धी उच्चस्तरीय समिति, २०७२”को सदस्य पदमा जागरण मिडिया सेन्टरका अध्यक्ष रेम बहादुर विश्वकर्मा पनि मनोनित हुनुभएको छ ।
उक्त समितीको सदस्य पदनमा नियुक्त हुनुभएकोमा अध्यक्ष विश्वकर्मालाई  जागरण मिडिया सेन्टरले वधाई दिएको छ ।अध्यक्ष विश्वकर्मा शान्तिका लागि साझा अभियान (कोक्याप)को पनि अध्यक्ष हुनुुहुन्छ ।

जागरण मिडिया बाट

No comments:

Post a Comment