आक्रोसले नलेखिएको कविता - प्रकाश गुरागाईं

माघ २६ , विभेद बिरुद्ध अभियान -
‘म तिम्रोबारेमा कविता लेख्दैछु † शीर्षक सोचिसकें : केवल बिनावीको मलामी आउ ।’
मैले अचानक सुनाएँ । ०७२ कात्तिकको एक साँझ नागपोखरीको चिया पसलबाट निस्कँदै गर्दा सुनाएको हुँ । जवाफमा ऊ फिस्स हाँस्यो । एकछिन चुपचाप हिंडिरह्यो । बाइक पार्किङछेउ पुगेपछि बोल्यो, ‘तिमीले त मलाई जिउँदै मार्न लाग्यौ कि क्या हो ?’
‘जसलाई मान्छे नै गनिंदैन त्यसलाई के मार्नुपर्छ ?’ मैले भन्नु पर्ने यस्तै थियो । तर, भनिनँ । ‘यो कविताले बाँचेका भनिएकाहरुको कुरुप सोचलाई चुनौति दिनेछ,’ यसो भनें । उ बाइक स्टार्ट ग¥यो र अदृश्य भयो । मेरो थोत्रो बाइक स्टार्ट हुन ठूलै मेहनत चाहिन्थ्यो ।
मेरो जीवनमा कविता र केवल बिनावीले खास अर्थ राख्छन् । केवल बिनावीसँगको भेट कविताले नै जुराएको हो । म काठमाडौं खाल्डो पस्नुभन्दा अघिदेखि कविता लेख्थें । तर, काठमाडौं आएपछि त्यो क्रम रोकियो । झन्डै सात वर्ष कविता नलेखी बसें । कुनै कविता कर्मसमेत गरिन ।
कवितासँग झन्डै झन्डै साइनो तोडिने अवस्थामा पुगिसेकेको थिएँ । यस्तैमा नयाँ पत्रिकामा काम गर्न थालें । त्यहीं भेट भए कला अनुरागी । उनैले फेरि कवितातिर तान्न थाले । कवितामाथि छलफल र विमर्श हुन थाल्यो । उनले नै कविता लेख्ने ठूलै टोलीसँग भेट गराए । त्यही टोलीमा थियो केवल । त्यसपछि उसँग निरन्तर भेटघाट हुन थालेको हो । भेटघाटको थलो कवि तथा उपन्यासकार विष्णु भण्डारीको घर थियो ।
गोजीमा सूर्य चुरोटको प्याकेट । चुरोट भने चार वा पाँच वटा मात्र । सलाईको चाहीं सिङ्गै बट्टा । उ प्रत्येक पटक नयाँ सलाइको बट्टा किन्थ्यो । र घर जाने बेला मिल्काउँथ्यो । अथवा घर जानुभन्दा अगाडि सलाइको बट्टा मिल्काउँथ्यो । त्यसैले प्रत्येक पटक घरबाट निस्किएपछि नयाँ सलाइको बट्टा किन्थ्यो ।
‘म तिम्रोबारेमा कविता लेख्दैछु † शीर्षक सोचिसकें : केवल बिनावीको मलामी आउ ।’
मैले अचानक सुनाएँ । ०७२ कात्तिकको एक साँझ नागपोखरीको चिया पसलबाट निस्कँदै गर्दा सुनाएको हुँ । जवाफमा ऊ फिस्स हाँस्यो ।
कोटेश्वरस्थीत विष्णु भण्डारीको घरमा छलफल सुरु भएको केही समयपछि ऊ चुरोट निकालेर खान थालिहाल्थ्यो । चुरोट खानकै लागी छेउको कुर्सीमा बस्थ्यो । पछि मपनि उसकै छेउमा बस्न थालें । उसले खाने चुरोट मैले सल्काउन थालें । मलाई चुरोट तान्न होइन सल्काउन रमाइलो लाग्छ । म सल्काउने, ऊ पप तान्ने । हामीलाई चुरोटले पनि नजिक्यायो ।
त्यसपछिका दिन कविता भन्न कहिले हेटौंडा पुग्यौं त कहिले रुकुम । कहिले सिफलमा अड्डा जमाएर बहस गरेका हौं, कहिले नागपोखरीको डिलमा धुवाँ उडाउँदै चिन्तन पनि गरेका हौं । ओशो तपोवन नजिकैको रेष्टुरेन्टमा बसेर रातभर चुस्की पनि लाएका हौं । बहसका नाउँमा झगडा पनि गरेका हौं । पोष्टर कविता अभियान भन्दै काठमाडौंका चोक र सडकमा कविता फलाक्दै पनि हिंडेका हौं । रातभर शहरका भित्तामा कविताका पोष्टर पनि टासेका हौं । सुटुक्क कतै दुई जना मात्र बसेर दिउसै धोकेका पनि हौं । धेरै नजिकिएका हौं । सायद हाम्रै साथीहरुलाई इश्र्या लाग्ने गरी नजिकियौं । घरमा श्रीमतीहरुलाई झर्को लाग्ने गरी नजिकियौं ।
एक साँझ उसले आफ्नै डेरामा बोलायो । जम्न । म साँझ आठ बजेतिर पुगेको थिएँ । भाडामा लिएको जम्मा तीन वटा कोठा ।
एक साँझ उसले आफ्नै डेरामा बोलायो । जम्न । म साँझ आठ बजेतिर पुगेको थिएँ । भाडामा लिएको जम्मा तीन वटा कोठा । पस्ने वित्तिकै बैठक कोठा । दायाँतिरको ढोकाबाट पसे सुत्ने कोठा । बायाँतिर भान्सा । बैठक कोठाका भित्ताभरि फ्रेम गरेर झुन्डाइएका प्रमाणपत्र । तिनै प्रमाणपत्रमध्ये केहीमा उसको ठेगानासहित नाउँ थियो । बझाङ जिल्ला व्यासी गाविस वडा नं. ६ का केबलबहादुर दर्जी । आँखा थरमा गएर अड्कियो । दर्जी ।
हामी नजिक भएर पनि दुरी थियो । मलाई लामो समयसम्म थाहा थिएन की उ दर्जी हो । अर्थात दलित ।
दलित समुदाय नेपालभरि छरिएर रहेका छन् । तर, पूर्वी र मध्य पहाडभन्दा पश्चिम पहाडमा चर्को विभेद छ । मधेसी दलितमा अझ ठूलो विभेद छ । म अहिलेसम्म पश्चिम नेपाल नपुगेको मान्छे । पश्चिम र मधेसका कुरा समाचार पढेर थाहा पाएको हुँ ।
खासमा बभाङको पीडा बासँग धेरै छ । बा जनताले भोटको अधिकार पाउनुभन्दा अगाडिका मान्छे । चर्को विभेदका वीच पनि पढ्ने अवसर पाएका हुन् ।
निबन्धकार
                        सामाजिक अनुसन्धानमा सक्रिय मित्र बद्री दुलालले पश्चिमका पहाडी जिल्ला घुमेर आएपछि नमिठा यथार्थ सुनाएका छन् । ‘त्यताका ठकुरीले दलितलाई मान्छेसम्म गन्दैनन् । दलितको बस्ती छुट्टै हुन्छ । गाउँको पुछारमा । त्यहाँ पानी हुँदैन । शौचालय हुँदैन । विद्यालय हुँदैन । तर, गाउँको सिरानमा सबै सुविधा हुन्छ । उनीहरु गर्वका साथ आफुहरुको गाउँमा विकास भएको सुनाउँछन् । जबकी उनीहरुको भन्दा दलितहरुको संख्या बढी हुन्छ । र विकासका कुनै कामै भएको हुँदैन ।’
यति सुनेपछि पीडितकै भोगाइ बुझ्न मन लाग्यो । फेरि भेटें केवललाई । उसले यसरी
कथा हाल्यो–
खासमा बभाङको पीडा बासँग धेरै छ । बा जनताले भोटको अधिकार पाउनुभन्दा अगाडिका मान्छे । चर्को विभेदका वीच पनि पढ्ने अवसर पाएका हुन् । तर, चौरमा उपल्लो जातिभन्दा बेग्लै बसेर पढ्नु परेको थियो । शिक्षकले अरु जातिका मान्छेलाई सिर्कनाले पिँडुलामा सुँठ्याएर सजाय दिन्थे । तर, बुवाले सिर्कना खानु परेन । बदलामा ढुङ्गा खाएका हुन् । दलितलाई छुनु हुन्न थियो । बरु टाढैबाट ढुङ्गा हान्थे । ठाउँ कुठाउँ लाग्थ्यो ।
विद्यालयभित्र पनि छुवाछुत हुने ठाउँ हो बझाङ । दलितले छोएको कुवा नचल्ने ठाउँ हो बझाङ । सिरान गाउँ झलमल हुँदा दलित बस्ती धिपधिप हुन्छ । छोरी चेली आफ्नै घरभित्र पनि असुरक्षित हुन्छन् । दलितका भोट हाल्ने औंला मात्र चाहिएको छ देशलाई । बाँकी ज्यान त मान्छे नै होइन ।
पढिसकेर बाले दलित वस्तीमा नै विद्यालय खोले । तर, उपल्लो जाती पढ्नै आएनन् । विस्तारै विद्यालयले प्रगति गर्दै गएपछि बल्ल अरु जातीका पनि आउन थाले । त्यही विद्यालय अहिले जिल्लाकै नमुना भएको छ ।
विद्यालयभित्र पनि छुवाछुत हुने ठाउँ हो बझाङ । दलितले छोएको कुवा नचल्ने ठाउँ हो बझाङ । सिरान गाउँ झलमल हुँदा दलित बस्ती धिपधिप हुन्छ ।
पछि बाले उपल्लो जातीसँग जग्गा किने । दलित बस्तीसँगै जोडिएको डाँडाको जग्गा । घर बनाए । बसे । केही वर्ष नहुँदै घरमा आगो झोसियो । आगो झोस्ने पनि तिनै जग्गा बेच्ने उपल्लो जातीका थिए । तर, बा उदार मनका । बालाई गाउँघरमा मुद्दा मामिला गर्न हुन्न भन्ने लाग्यो । गाउँमै भद्र भलाद्मी बसे । घर जलाउनेले नयाँ घर बनाउँदा जस्तापाता किन्न २२ हजार दिने सहमति गराए । बाँकी बाकै खर्च । माओवादी युद्धको चरमतिरको घटना थियो । तिनै घर जलाइदिनेले पछि प्रशासनमा बा माओवादी भएको रिपोर्ट ग¥यो । सदरमुकाम चैनपुर आएको बेला सेनाले पक्रियो । झन्डै २७ दिन सेनाको यातना सहनुप¥यो । दुई वर्ष प्रहरीको थुनुवा हुनुप¥यो । यता आमा र बहिनी मानसिक रोगी भए ।
बाले भोगेको जीवन बयान गर्दा धेरै कथा जन्मन्छन् । हामीले गरेका विभेदका कथा चर्का छन् ।
तर, यी सबै विभेद भोग्नु परेन केवलले । किनभने उ कक्षा ४ पढ्न नै काठमाडौं हानियो । छात्रबृत्ति पायो । सुविधासम्पन्न बुढानिलकन्ठ स्कुलमा पढ्यो । छात्रबासमा बस्यो । बाहिर निस्किएपछि पनि राजधानी छाड्नु परेन । मेरो दिमागमा लामो समय यस्तै कुरा खेलिरह्यो ।
——-
यसपटब छोइडुम खेलिएन । सुनियो । रमाइलो भएन । पीडा दियो । अबोधहरुलाई यस्ता विभेदकारी खेल कसले सिकायो ?
एकदिन उ सिफलको चिया पसलमा एउटा कविता बोकेर आएको थियो । छोइडुम । शीर्षक नै गजब लाग्यो । केटाकेटीमा खुब खेलिन्थ्यो । भाग्नु र डुम हुनबाट बच्नुमा खुबै रमाइलो हुन्थ्यो ।
यसपटब छोइडुम खेलिएन । सुनियो । रमाइलो भएन । पीडा दियो । अबोधहरुलाई यस्ता विभेदकारी खेल कसले सिकायो ? समाजमा छुवाछुतको कुप्रथालाई बालमस्तिष्कमा समेत भरेर संस्थागत गर्ने को हो ? कविता सुनेपछि धेरै प्रश्न जन्मिए । विडम्बना म पनि यस्तै खेल खेलेर हुर्किएको हुँ । आँफैलाई धिक्कार्न मन लाग्यो ।
कविता हातमा लिएर आफैंले पढें । ध्यान दिएर । फेरि पढें । उसले भोगाइ लेखेको थियो । दलित हुनुको पीडा लेखेको थियो । एउटा पुस्ताको मात्र होइन तीन वटा पुस्ताको पीडा । बझाङका बाको पीडा । शहरमा आफ्नो पीडा । र अबोध छोरीको पीडा ।
मलाई सबैभन्दा बढी तान्यो छारीको पीडाले । मान्छेहरु नाम सोध्छन् । छोरी नामसँगै जोडिएर आउने थर पनि भनिदिन्छिन् । नाममा समस्या छैन । तर, जब उनी थर भन्छिन्, मान्छेहरुको प्रतिक्रिया नै फरक हुन्छ ।
‘ओहो † यति राम्री ?’ मानौं दमाइले राम्रो हुनै हुन्न ।
कवितामा उसले घरबेटीका कटु बचनले बालमस्तिष्कमा परेको असरलाई पोट्रेट गरेको छ । चरम विभेदको पोट्रेट । पीडाको गहिराइ पाठकले सजिलै बुझ्न सक्छन् ।
छोइडुम कविता कान्तिपुरको साप्ताहिक परिशिष्ट कोशेलीमा छापियो । त्यसपछि पनि कविताको धङधङी मभित्र लामो समयसम्म बसिरह्यो ।
मलाई उसका पीडा गन्न मन लाग्यो । नागपोखरीको त्यही चिया पसलमा भेटियौं । कुरा झिकें, ‘तिमी कलेज पढाउँछौ, त्यो पनि चानचुने होइन, नाम चलेका ।
मलाई उसका पीडा गन्न मन लाग्यो । नागपोखरीको त्यही चिया पसलमा भेटियौं । कुरा झिकें, ‘तिमी कलेज पढाउँछौ, त्यो पनि चानचुने होइन, नाम चलेका । तिम्रो संगत अहिले उच्च मध्यम वर्गका सँग धेरै छ । के राजधानीमा पनि तिमीले गाउँकै जस्तो विभेद भोगेका छौ त ?’
उसले टेबलमा राखेको बट्टाबाट चुरोट झिक्यो । कोटको खल्तीबाट सलाई झिक्यो । र मतिर बढायो । सल्काउन ।
‘को मानिस कति संकिर्ण हुन्छ भन्ने कुरा कलेजमा भेटेर वा चिया पसलमा चिया खाएर बुझिंदैन, यो विभेदको पीडा भोग्नेलाई मात्र थाहा हुन्छ, तिमी अनुमान गर्न सक्छौ, तिमी सहानुभूति देखाउन सक्छौ तर, महसुस गर्न सक्दैनौ, यो राजधानी भूगोल मात्र हो, यो राजधानीले मान्छेको मन जोड्न सकेको छैन, यो राजधानी विभेदको हो, यो राजधानी मुठ्ठीभरहरुका लागि हो, यहाँका अधिकांश मान्छे ढोंगी लाग्छन् मलाइ,’ यति बोलेर उसले मतिर हात बढायो ।
चुरोटको धुवाँ हावामा उडाउँदै एकछिन चुप लाग्यो ।
‘मैले मेरो बुवाको पीडा त्यति धेरै अनुभूति गर्न सकिन, कारण म सानै थिएँ र सानैबाट नै यता आएँ, विद्यालय पढुन्जेल पनि विभेदको महसुस भएन, होस्टलमा हामीसँगै थियौं, त्यहाँ कसैले थर भन्नु पर्दैन थियो, तर अहिले मेरी छोरीले पीडा भोगेकी छिन्, डेरामा, स्कुलमा, साथीहरुसँग, कसैको विहेमा, चाडपर्वमा प्रत्येक ठाउँमा पीडा छ ।’
चुरोट तानिरहेकै छ ।
‘अचेल कसैले नाउँ सोध्दा उ हम्मेसी जवाफ दिन्न, ममीलाई– भनु की नभनुँ ? भनेर सोध्छे ।’ त्यसपछि पनि उसले धेरै अनुभूति सुनायो ।
‘म अचेल पाटी वा जमघटतिर त्यति जान्न । कसैले बोलाइहाले पनि जान मन लाग्दैन । किनभने धेरैले हार्न नसकेर बोलाएका हुन्छन्, कतिपयले मनदेखि बोलाएपनि पाहुनाले असहज मान्छन् । हामीले दमाइ दलित हो भनेर छोरीलाई सिकाएकै छैन तर, समाजले सिकाइ सक्यो । मान्छेहरु छोरीको नाम सोध्छन् । अनि भन्छन्, ‘यिनीहरु त त्यस्तो देखिंदैनन् ।’ उ सोध्छे ‘बाबा किन त्यसो भनेको ?’ मलाइ राजधानीका मान्छे प्लास्टिक लेमिनेशन गरे जस्ता लाग्छन् ।’
यसपटक चुरोटको लामै सर्को तान्यो ।
‘अचेल कसैले नाउँ सोध्दा उ हम्मेसी जवाफ दिन्न, ममीलाई– भनु की नभनुँ ? भनेर सोध्छे ।’ त्यसपछि पनि उसले धेरै अनुभूति सुनायो । तर, मेरो मष्तिस्कले टिप्न सकेन । चुरोट अलि बढी ताँनेछु क्यारे, मलाई रिंगटाले फनफनी घुमाउन थाल्यो ।
उसले बोलिरहँदा म निशब्द थिएँ । उ पनि रोकियो । अन्तिम पटक चुरोट तान्यो । लाष्ट पप । अनि ठुटो एस्ट्रेमा घोट्यो । र बोल्यो, ‘हाम्रो संसार यो एस्ट्रेभन्दा पनि साँघुरो छ ।’ यतिमै रोकियो । उठेर चियाको पैसा तिर्न काउन्टरतिर गयो ।
मेरो दिमाग रन्थन्निरह्यो ।
हामी उठेर नागपोखरी किनारतिर लाग्यौं ।
‘बुढानिलकण्ठ स्कुलबाट निस्किएर डेरा खोज्न थालेको दिनदेखि मैले विभेद भोगेको हुँ,’ पोखरी किनाराको मेचमा बसेर फेरि उसले सुनाउन थाल्यो, ‘पहिलो डेरा खोजेको पाँच दिनमै छोड्नु प¥यो, डेरा दिएपनि घरवाला आफ्नो थर छरछिमेकीलाई नभन्नु भन्छन्, अपराधीले झैं थर ढाँट्नुपर्छ घरवालाको लागि ।’
घरवालाका लागि थर ढाँटिदिनु परेको छ उसले । ‘छोरीलाई स्कुल पु¥याउँदा छिमेकीले थाहा नपाउन् भनेर आइडी कार्ड उल्टो फर्काएर झुन्डाइदिन्थिन् सरुले,’ यो उसको वाक्य एक्स्ट्रिम थियो ।
तर कति दिन लुकाउन सकिन्छ जात ? फेरि ऊ जात लुकाउने कुरामा विश्वास पनि गर्दैन । छोरी सानै थिइन् । उनी खेल्न जान्थिन छिमेकी बच्चासँग । नाम त भन्नु परिहाल्यो । दलित भन्ने थाहा पाएको दिनदेखि छिमेकीहरु बोल्दैनथिए । उनीहरुका बच्चालाई छोरीसँग खेल्नसमेत दिंदैनथिए । छोरीलाई सम्झाउन धौ धौ हुन्थ्यो । यो राजधानीमा बसेर आफ्नो स्टाटस बनाइसकेको दलितले भोगेको अनुभूति हो ।
झमक्क साँझ पर्दासम्म हामी त्यहीं थियौं । अनुहार नचिनिने गरी रात खस्यो । छुट्टियौं ।
——
हजारौं वर्षदेखि दलित समुदाय लखेटिएकै छन् । लखेटिंदै, लखेटिंदै काठमाडौं छिरेको केवल अझै लखेटिइरहेको छ । उसका सन्तानको पनि लखेटिने क्रम सुरु भइसकेको छ ।
त्यसो त मैले उसँग नजिक भएपछि सँगै पिएर हिंड्ने साथीहरुले गरेको विभेद पनि देखें । पैसा सापटी माग्ने र तिर्नेबेलामा ‘दलितको व्यवहार देखायो’ भन्नेहरु पटक पटक भेटिए । जो दलितको सम्पत्तिमा जमिन्दारले गर्ने हैकम जस्तै सापटी दिएको पैसामा हैकम जमाउन चाहन्थे । अर्थात दलितले सापटी फिर्ता माग्नु हुँदैन भन्ने मत बोक्थे । विचार मिलुन्जेल सँगै हिंड्ने, उसकै पैसामा रमाइलो गर्ने र विचार नमिलेपछि ‘उहिल्यै दलितसँग संगत नगर भनेको मानिएन, अहिले धोका भयो’ भन्ने पनि भेटिए । अझ अचम्म त यस्ता मान्छे पनि भेटिए जो दलित र वर्गीय मुक्तिका नाममा राजनीति गर्छन्, बाहिर क्रान्तिकारी आवरण लगाउँछन्, यथार्थमा भने विभेदलाई भित्र भित्रै संस्थागत गरिरहेछन् । आफैं विभेद रोपेर त्यसमाथि राजनीति गर्नेको झुन्ड ठूलो छ यहाँ ।
पैसा सापटी माग्ने र तिर्नेबेलामा ‘दलितको व्यवहार देखायो’ भन्नेहरु पटक पटक भेटिए ।
हजारौं वर्षदेखि दलित समुदाय लखेटिएकै छन् । लखेटिंदै, लखेटिंदै काठमाडौं छिरेको केवल अझै लखेटिइरहेको छ । उसका सन्तानको पनि लखेटिने क्रम सुरु भइसकेको छ ।
अचेल मलाई केवल टाउकोमा कफन बाँधेर हिंडिरहेको मान्छे जस्तै लाग्छ । योद्धाको रुप देख्छु । त्यसैले कविताको शीर्षक जुराएँ ः केवल बिनावीको मलामी आउ ।
सायद मसँग कला कम र आक्रोश धेरै थियो । मैले उसलाई सुनाएको शीर्षकमा कविता लेख्न सकेको छैन ।

खबर डबली बाट

No comments:

Post a Comment