तारा बहादुर विश्वकर्मालाई हस्तकलाले विदेश जान राक्यो

सरोज उपरकोटी, मेघौली-चितवन, माघ २५ , विभेद बिरुद्ध अभियान  ÷ हामी उनको घरमा पुग्दा नारायणी–२, मेघौलीका तारा बहादुर विश्वकर्मा काठमा हात्तीको डिजाईन खोप्दै थिए । कलाले भरिएका यि ३० वर्षिया युवा ताराले हात्ती जस्तै २२ ओटा भन्दा बढि जनावरका आकार काठमा जस्ताको तस्तै बनाउन खप्पिस छन् । बाबु पहल सिङ वि.क स“ग सिक्नुका साथै ललित कला क्याम्पस काठ्माडौंबाट हस्तकलामा आई.एस.ए गरेका ताराले हस्तकलाबाट आफ्नो दैनिकी सजिलै चलेको बताए । हस्तकलाले नै आफूलाई विदेश जानको लागि रोकेको विश्वकर्मा बताउ“छन् । उनी भन्छन्– “मलाई बा“च्न गाह्रो छैन्, हस्तकलाकै सहयोगमा आफ्नै देशमा केहि गर्छु, हस्तकला नभएको भए लाखौं नेपाली दाजु भाई जस्तै अर्काको देशमा पसिना बगाउ“दै हुन्थे“ होला तर मलाई हस्तकलाले विदेश जान रोक्यो ।” तारा ६० वर्षीया बाबु पहल सिङ स“गै हस्तकलाको काम गर्दै आएका छन् । उनीकोे कमाईले ८ जनाको परिवार सजिलै पालिरहेका छन् ।
 हस्तकला भन्दा अर्को कुनै पेशा नभएको पनि ताराले बताए । विभिन्न साईजमा बन्ने गरेका यि हस्तकलाका सामानहरुको मुल्य न्युनतम ३५० बाट सुरु भएर ५ हजार सम्म पर्ने गरेको उनी बताउ“छन् । “हामी ३ ईन्च देखि १२ ईन्च सम्मको हात्ती, गैंडा लगाएतका जनावर काठमा का“टछा“ट गरेर बनाउ“छौं । यिनीहरुको साईज अनुसार मूल्य फरक हुन्छ, हामीले होलसेलमा सानालाई ३५० देखि ठूलालाई १२ सय सम्ममा विक्री गछौं ।”–ताराले थपे । उनीहरुको हस्तकलाका सामानहरु सौराहा, चितवनका होटलहरुमा र नवलपरासीको थारु  भिलेजमा लैजानेको गरिएको छ  । त्यसै गरी मेघौली घुम्न आउने स्वदेशी तथा विदशी पर्यटकले पनि अति मन पराएर लाने गरेको स्रोत बताउ“छ । स्वदेशी पर्यटकको तुलनामा  विदशी पर्यटकलाई दोब्बर मूल्यमा सामान बेचिन्छ । दुई दशक भन्दा बढि समय देखि यसै पेशामा आबद्घ पहलले भने –“ विदशी पर्यटकले देखे पछि त छोड्नै खोज्दैनन्, फुरुक्कै भएर लान्छन् ।”
 पहिला भन्दा अहिले काठ महङ्गो पर्ने भएकाले आफूले खासै राम्रो आम्दानी गर्न नसकेको पहल सिङको दावी छ । हाल सम्म आफ्नै लगानी चलेको यो व्यवसायलाई सरकार वा कुनै संघ संस्थाले सहयोग गरिदिए थप विस्तार र विकास गर्ने सोच रहेको ताराले बताए । उनले भने –“हाल सम्म कसैको सहयोग पाएको छैन्, सरकारले अनुदानको व्यवस्था गरि दिए यसलाई थप विस्तार गरिन्थ्यो, यसको विस्तारले सरकारलाई पनि परोक्ष रुपमा सहयोग पुग्छ ।” यस व्यवसायबट आफूहरु पूर्ण रुपमा सन्तुष्ट रहेको विश्वकर्मा परिवार बताउ“छ ।  

No comments:

Post a Comment