विभेद अन्त्यका लागि सम्पूर्ण उत्पीडित समुदाय एक जुट हुनु पर्छ - पासवानले

बेल्जियम, माघ २२ – जनसंख्या तथा वातारणमन्त्री विश्वेन्द्र पासवानले विभेद अन्त्यका लागि सम्पूर्ण उत्पीडित समुदाय एक जुट हुनुपर्ने बताउनुभएको छ ।
बेजिल्यममा भएको नेपाल उत्पीडित जातिय समाज युरोको दोस्रो अधिवेशनमा मन्त्री पासवानले उत्पीडित समुदायको हक, अधिकार तथा मुक्तिका लागि विश्वभर छरिएर रहेका उत्पीडित समुदाय एक हुन पर्ने बताउनुएको हो । अधिवेशनले हरिशचन्द्र नेपालीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ ।
समितिको उपाध्यक्षमा धनबहादुर नेपाली र डिलबहादुर नेपाली, महासचिवमा तेजबहादुर नेपाली, सचिवमा राजेश विश्वकर्मा र ललित परियार तथा कोषाध्यक्षमा निर्मला परियार चयन हुनु भएको छ । नयाँ कार्यसमिति चयनसँगै दुई बुँदे घोषणा पत्र जारी गरेर अधिवेश सकिएको छ । 

No comments:

Post a Comment