सामुहिक बलात्कार पछि दलितको घरमा रुवाबासी

शिव पुरी, रौतहट , २०७२ माघ १९, विभेद बिरुद्ध अभियान।  विश्रामपुर गाँउकी दलित महिलालाई सोमबार अज्ञात समुहले सामुहिक बालत्कार गरेका छन् ।घट्नापछि प्रहरीले पीडित महिलालाई उद्धार गरी सेलमा राखेको छ । प्रहरीका अनुसार घटनामा संलग्नको पहिचान हुन सकेको छैन ।
५/६ जनाको समुहमा आएका अपरिचित व्यक्तिको समुहले राति करिब १ बजे पीडितको घर भित्र प्रवेश गरी श्रीमानलाई बाँधेर राखी घरबाट झण्डै १ किलोमिटर पर लगेर परालको आडमा महिलामाथि सामुहिक बलात्कार गरेका थिए ।
उक्त समुहको पहिचान नभएको प्रहरीले जनाएको छ । घट्ना लगत्तै ईलाका प्रहरी कार्यालय गरुडाबाट टोली पुगी पीडितलाई उद्धार गरी महिला सेलमा राखेको प्रहरी निरीक्षक सन्तुप्रसाद जैसवारले जनाए । उनले भने, ‘जबरजस्ति गर्ने समुहको पहिचान र खोजीका लागि प्रहरी परिचालन गरीसकेका छौं ।’
घट्ना पछि दलितको घरमा रुवाबासी चलेको छ । मोटरसाइकलमा आएका समुहले उक्त घट्ना गराएको स्थानियले प्रहरीलाई जानकारी दिएका छन् । घट्ना गराउने नजिकका मानिस होइन छिमेकीलाई उल्लेख गर्दै प्रहरीले भन्यो, ‘यस्तो हरकत गर्ने बाहिरकै मानिस हुनुपर्छ ।’ प्रहरीले बिहान पिडित महिलाको स्वास्थ्य परिक्षण गरेको छ । रक्ताम्मे अवस्थामा उद्धार गरीएको महिलाको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment