मुक्ति समाजको १ नम्बर क्षेत्रीय अन्तर्कृया कार्यक्रम सम्पन्न

हेटौंडा -२३ माघ, विभेद बिरुद्ध अभियान  नेपाल उत्पीडित जातीय मुक्ति समाज क्षेत्रीय कमिटीको आयोजनामा क्षेत्रीय स्तरको अन्तर्कृया एबम छलफल कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा केन्द्रीय सदस्य एबम नारायणी इन्चार्ज गणेश रसाइलीले सम्पुर्ण दलितहरु आफ्नो अधिकारको लागि संगठित हुनुपर्ने र आन्दोलनमा समाहित हुनुपर्ने कुरा बताउनु भयो।
केन्द्रीय सदस्य एबम मकवानपुर इन्चार्ज युक्तलाल बिश्वकर्माले दलित आन्दोलन नेपालको संविधान २०७२को कार्यान्वयन र दलितका सवालमा धारणा राख्नु भएको थियो ।कार्यक्रममा नेकपा एमाले जिल्ला सदस्यहरु बिष्णु परियार शर्मिला बिश्वकर्मा निर्वाचन कमिटीका सदस्य एबम क्षेत्रीय इन्चार्ज पदम बिकल मुक्ति समाज जिल्ला सदस्यहरु शंकर परियार सुरेन्द्र बिश्वकर्मा लगायतकाले मन्तव्य राख्नु भएको थियो ।कार्यक्रममा १नम्बर क्षेत्रका दलित समुदायको उपस्थिति रहेको थियो  ।

No comments:

Post a Comment