माघ २३, विभेद विरुद्ध अभियान । दिल्लीमा मैले दश वर्ष बिताएँ । यो दश वर्षको अवधिमा मैले आफ्नो कलेजको शिक्षा पुरा गर्नुका साथै विज्ञापन क्षेत्र कतिपय पत्रपत्रिकामा समेत काम गरेँ । त्यो बेलासम्म म राजस्थानकी एउटी आम युवती थिएँ ।
मेरो बुबा ‘एक्साइज’ कम्पनीमा कार्यरत हुनहुन्थ्यो । मलाई अंग्रेजी बोल्न मजाले आउँथ्यो । म अरु केटीहरु झैं देखिन्थें र उनीहरुजस्तै हिंड्थे । मेरो व्यक्तित्व देख्दा म पनि उपल्लो जाती र उच्च घरानीयाँको जस्तो लाग्थेँ ।
दिल्लीमा १० वर्षको अवधिमा मैले धेरै कुरा देखें, भोगेँ र सुनेँ पनि । मैले हरेक दुइदिनमा मुलचंद रेष्टुरेष्ट (दिल्लीमा सम्भ्रान्तहरु बढी जाने स्थान)मा पराठा खाँए, हरेक महिनाको अन्तिम आइतबार सरोजीनी नगरका सबैस्थान घुमिन्थयो । हप्तामा एकपट जसो हौज खास (दिल्लीको एक पर्यटकीय स्थान) जाँदा रिक्सावालासंग झगडा गरेर पनि समय बिताएको छु । दिल्लीमा सामान्य रिक्सा र अटो चालकसँग भाडाका लागि किचकिच गर्नुपनि शान नै मानिन्छ उपल्लो सम्भ्रान्तहरुका लागि ।
केही मानिसहरु कार्यालयमा भन्ने गर्थे– ‘दलितहरुलाई के छ र गारो ? यिनीहरु सरकारी ज्वाईं न हुन । परीक्षमा बसे पुग्यो, पास त त्यसै भइहाल्ने । मिहेनत त हामी जस्तालाई पो गर्नुपर्छ । कि कसो?’
मैले दिल्लीमा सबै काम गरें तर म दलित भएको कुरा कसैलाई पनि भनिनँ ।
त्यो त मैले बताउन नखोजेकी हो । भनेर पनि के फाइदा ? केही नजिकका साथीबाहेक अरुसबै आपसमा कानेखुसी गर्थे– त्यो यासिका त एस.सी. (दलित) हैन र ? देख्दा त लाग्दैन हगि ।
केही मानिसहरु कार्यालयमा भन्ने गर्थे– ‘दलितहरुलाई के छ र गारो ? यिनी सरकारी ज्वाईं न हुन । परीक्षमा बसे पुग्यो, पास त त्यसै भइहाल्ने । मिहेनत त हामी जस्तालाई पो गर्नुपर्छ । कि कसो?’
यसरी, म उनीहरुजस्तै नभएर ‘यीनिहरु अर्थात् दलित बन्न पुग्थें । हरेकजसो व्यक्तिले मेरो क्षमतामाथि प्रश्न उठाइरहन्थे होलान् । चार वर्ष काम गर्दा ३ पल्ट बढुवा भएको,रातीसम्म भएपनि कार्यलयको काम सक्ने बानी, सोसल मिडियामा हजारौं लाइक र शेयह हुने मेरा कथाहरु उनीहरुको आँखामा पर्दैनथे । र, पनि यो यथार्थलाई काट्न नसक्दा उनीहरुले भन्थे होलान्,– ए, ऊ, कोलम्बिया पत्रकारीता विद्यायलमा पो पढेकी र दलित हो ।’ (क्षमताको प्रशंसा गर्न बाध्य हुँदा पनि दलितको थेगो जोड्न भने उनीहरुले छोड्दैनथे होलान– अ.)
पहिलो पटक आफुँ दलित भएको कुरा मैले आफ्नो एउटा लेखमार्फत सार्वजनिक गरेपछि त्यसलाई सामाजिक सञ्जालमा देखेर एकजना पत्रकारले पनि यस्तै प्रतिक्रिया दिएका थिए ।
उनीहरुलाई यस्तो लाग्छ होला, मानौं दलित घरमा जन्मिनु भनेको मानिसको सक्षमताको नै मृत्यु हुनु हो । एउटी दलित युवतीले विश्वको प्रतिष्ठित विश्वबिद्यालयमा पढ्नु झनै उदेक र अचम्मको विषय हुन्छ होला ।
म दिल्लीमा दश वर्ष बस्दा, मेरो जात सोध्नेहरुलाई ‘म दलित हो’ भनेको भए सायद मलाई भाडामा बस्न कोठा समेत दिँदैनथे होलान् । म सातवर्षसम्म बसेको लाजपत नगरको फल्याटमा ६ महिनासम्म पनि कसैले बस्न दिने थिएन होलान् ।
६ महिना पनि कसैले दलित केटीलाई कोठा दिन चाहेको भएमा मात्रै बस्न सक्थेँ होला ।
त्यसो त घरमालिकले मेरो जात कहिल्यै पनि सोधेनन् । किनभने यसको आवश्यकता नै परेन । म देख्दा “अरु जाति’ अर्थात दलित जस्तो देखिँदैनथें । उनले मेरो रुपरंग, जागीर र व्यक्तित्व देखेर नै सायद म दलित होइन होला भन्ने अनुमान लगाए होलान ।
दिल्लीमा १० वर्षसम्म म दलित भएको कुरा लकाएर राखें, अहिले अचानक यो कुरा सार्वजनिक गर्न दिल्लीमै भएको भए सारै गा¥हो हुन्थ्यो होला, असम्भव नै हुन्थ्यो सायद ।
मानौं कि सबै दलितहरु मानिस नभएर जनवारजस्तै एउटा नयाँ प्रजाति भईसके । लवाईखवाईले नै को दलित हो र होइन भन्ने छुट्टयाइने । राम्रो देखिनु भनेकै दलित होइन भनेजस्तो ।
तर हाम्रो समाजका लागि त्यहिी राम्रो छ । यदि नहुन्थ्यो भने “ हरेक क्षण कुशलतापूर्वक आफ्नो जाति लुकाउन सकेकोमा” मैले आफूलाई भाग्यमानी ठान्दैनथेँ होला ।
म सबैखाले साथी बनाउन सक्छु, दलितप्रति कुनै भेदभाव नहुनेसंग र हामीलाई देख्दा समेत अछूत भएको सोच्दै नुहाउन मनपराउनेसंग पनि मित्रता गाँस्न सक्छु । मलाई के लाग्छ भने, मलाई भेट्ने हरेकले जातलाई लिएर होइन, मेरो क्षमताका आधारमा मेरो मूल्यांकन गर्छन् होला ।
तर के साँच्चि म यो लेख दिल्लीमा बसेर लेख्न सक्थें त? यति स्वतन्त्र भएर आफुँ दलित भएको सुनाउन सक्थें ? सायद सक्दिनथें । दिल्लीमा १० वर्षसम्म म दलित भएको कुरा लकाएर राखें, अहिले अचानक यो कुरा सार्वजनिक गर्न दिल्लीमै भएको भए सारै गार्हो हुन्थ्यो होला, असम्भव नै हुन्थ्यो सायद ।
जुन शहरले मलाई धेरै कुरा सिकायो, धेरै कुरा दियो, सायद त्यो शहरले मलाई ‘म हुनु’को स्वतन्त्रता पनि दिनसकेको भए आज समय अर्कै हुने थियो ।
यहाँ, न्युयोर्कमा त्यस्तो विभेदको कुनै अर्थ छैन । मेरो निजी जीवनमा पनि कसैको कुनै दखल छैन । यहाँ २ वर्षमा मलाइ कसैले मेरो निजी जीवनको बारेमा सोधेका पनि छैनन र मलाई “म दलित होइन” भनेर ढाँट्न पनि बाध्य पारिएको छैन । यसैले “म बाहुन हुँ भन्दै ढाँट्दै आएको’ कुरा समेत न्युयोर्क आएर समाप्त भयो ।
दिल्लीमा जस्तो जात लुकाउने कुरा अहिले न्युयोर्कमा मेरो लागि ठुलो कुरा नै होइन । अहिले स्वतन्त्र भएर बाहिर आउनु मेरो लागि सहज भएको छ । रोहित वेमुलाको मृत्युपछि त झन आवश्यकनै भइसकेको छ ।
म हुर्केको, पढेको, खेलेको, काम गरेको शहरसंग मलाई निकै लगाव थियो, जुन शहरले मलाई धेरै कुरा सिकायो, धेरै कुरा दियो, सायद त्यो शहरले मलाई ‘म हुनु’को स्वतन्त्रता पनि दिनसकेको भए आज समय अर्कै हुने थियो ।
लेखक न्युयोर्कमा स्वतन्त्र पत्रकार हुन् ।विविसी हिन्दीबाट
एभरेस्ट दैनिक बाट
No comments:
Post a Comment