असई विकको हत्यामा संलग्न रहेको आरोपमा तीन जना गिरफ्तार

महोत्तरी , ३ फागुन, विभेद बिरुद्ध अभियान । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तराई/मधेसमा गरेको आन्दोलनका क्रममा महोत्तरीमा सशस्त्र प्रहरीका असई थमनबहादुर विकको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई फागुन २ गते गिरफ्तार गरेको छ ।

असई विकको हत्या आरोपमा प्रहरीले जलेश्वर नगरपालिका-३ का २५ वर्षीय संजयकुमार साह,जलेश्वर नगरपालिका-२ का ३० वर्षीय प्रदीप साह माझी र परिकौली फुल्हट्टा-३ का ५५ वर्षीय मोहन ठाकुरलाई गिरफ्तार गरेको हो ।

गिरफ्तार आरोपित उनीहरूलाई आज जिल्ला प्रहरी कार्यालय महोत्तरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । प्रहरीले उनीहरूलाई गिरफ्तार गरी जिल्ला अदालत महोत्तरीबाट पाँच दिनको म्याद थप लिई उनीहरूमाथि कर्तव्य ज्यान र आगजनी मुद्दा चलाइएको एसपी जनक भट्टराईले जानकारी दिए । 
तराई मधेसमा भएको आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले २०७२ भदौ २५ गते महोत्तरी सनउखरा-९ स्थित सडकमा जलेश्वर अस्पतालको ६६--१२३५ नम्बरको एम्बुलेन्स जलाएका थिए भने असई विकलाई एम्बुलेन्स जलेको ठाउँबाट एक किलोमिटर पूर्वको धान खेतमा हत्या गरेर फरार भएका थिए ।  
सशस्त्र सीमा सुरक्षा बल जलसागरमहोत्तरी दरबन्दी भएका सशस्त्र प्रहरीका असई विकलाई मधेसी मोर्चाका कार्यकर्ताले खुकुरीभाला प्रहार गरेर हत्या गरेका थिए ।

कसरि भएको थियो घटना
आन्दोलनकारीले सशस्त्र प्रहरीका असई थमन विकलाई एम्बुलेन्सबाट थुतेर हत्या गरे । बाँकेको कन्चनपुर ६ का विकलाई यसरी मारियो । जसलाई शब्द र तस्वीरमा व्यक्त गर्दा मात्रै पनि जो कोहीको मुटु चर्चिन्छ । जसलाई दृष्यमा हेर्ने साहास कुनै पनि मानिसले गर्न नसक्नुपर्ने हो तर त्यही मानवताको खोल ओढेका राक्षसहरुले नृसंस हत्या गरे ।
शुक्रबार बिहान मात्रै असई विक महोत्तरीको जलेश्वरबाबा चोकनेर लिफ्ट मागेर पुगेका थिए । असई विक अफिसको काम विशेषले बाराको पथलैयास्थित सशस्त्र प्रहरीको कार्यालयमा आएका उनी मधेस बन्द क्रममा मोटरसाइकलमा लिफ्ट मागेर महोत्तरी पुगेका थिए। मोटरसाइकलमा जलेश्वरबाबा चोकमा पुगेका उनीमाथी प्रर्दशनकारीले आक्रमण गरेका थिए ।
त्यहाँबाट नेपाल प्रहरीले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो। गम्भिर चोट लागेका उनलाई १६ टाँका लगाएपछि उनलाई अस्पतालले जनकपुर अञ्चल अस्पताल रिफर गरेको थियो। रेडक्रसको एम्बुलेन्समा दिउँसो उनलाई एक जना सशस्त्र प्रहरीको साथ लगाएर जनकपुर ल्याउँदै थियो । तर उनको पिछा गर्दै गएकाहरुले बाटोमा अवरोध गरि एम्वुलेन्स रोके। त्यसपछि चालकले एम्बुलेन्स बटियातर्फ गाउँको बाटो जनकपुर ल्याउने भन्दै त्यता मोडेका थिए।महोत्तरी गाविस बटिया ३ मा एम्बुलेन्स सडकमा फस्न पुग्यो। पछ्याउदै गएका आन्दोलनकारीले उनलाई एम्बुलेन्सबाट थुत्न खोजे । एम्वुलेन्स चालक र अर्का साथमा गएका प्रहरी त्यहाँबाट भागेर ज्यान बचाए । घाईते असई पनि भाग्न कोसिस गरे । गम्भिर चोट लागेर घाईते भएका उनी धेरै भागदौड गर्न सकेनन् । भाला, लाठि र मुङ्ग्रो बोकेर पुगेका १५ – २० जानको समुहल असई विकलाई चारैतिरबाट घेरा हालेर लखेट्यो । भर्खरै धान रोपिएको उक्त ठाँउ हिमाम्मे थियो ।
उनलाई खेदीखेदी भाटा, भाला र मुङ्ग्राले निर्दयीपूर्ण रुपमा हिर्काउन थाले । मरे भन्दै हिलो खेतमा ढलेका उनलाई हानेको हानेकै गरेर मारेका छ । एम्बुलेन्सपनि आगो लगाएर जलाईदिएका थिए ।  जुन यति निर्दयी छ शब्दमा लेख्न समेत साहास छैन । घटनालाई शब्दमा व्यक्त गर्दा मात्रैपनि मानवतामा आशुको भेला बग्छ तर खै कसरी हत्या गर्न सके ति राक्षस रुपी मानवहरुले त्यो पनि राष्ट्रको पहरेदार सिपाहीलाई ।

को थिए असई विक ? 

बाँकेको कन्चनपुर ६ स्थायी घर भएका असई विक २०५६ सालमा नेपाल प्रहरीमा भर्ति भएका थिए । २०५८ सालमा सशस्त्र प्रहरी गठन भएपछि उनी सशस्त्रपट्टि आएका थिए। ३ वर्षअघि मात्र उनी असईमा बढुवा भएका थिए।
महोत्तरीको सिमा सुरक्षा बलमा कार्यरत उनी एक वर्षदेखि त्यहीँ रहेको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी पुष्पराम केसीले जानकारी दिए। ुपथलैयामा विशेष कामका लागि आएका थिए, आन्दोलनकारीको आक्रमणमा उनको हत्या भयो ।

No comments:

Post a Comment