युएईमा विश्वकर्मा समाजको वाषिर्कोत्सवमा ‘ऐना’ सार्वजनिक


विभेद बिरुद्ध अभियान- २ साउन । रोजगारीका लागि युएई पुगेका विश्वकर्माहरुको सामाजिक संस्था ‘विश्वकर्मा समाज, नेपाल युएई’ले प्रथम वाषिर्कोत्सव विविध कार्यक्रम गरी मनाएको छ ।१५ जुलाई २०१६ का दिन एभरेस्ट ईन्टरनेश्नल होटलमा आयोजित कार्यक्रममा समाजका पदाधिकारी गामबहादुर विश्वकर्माको पहिलो गीतिएल्बम ‘ऐना’को विमोचन पनि गरिएको छ ।उक्त एल्बममा सामान्यदेखि चर्चित गायक शिव परियारको स्वर रहेको छ । गामबहादुरको शब्द तथा संगीतमा सजिएका ५ गीतहरु नेपाली संगीत पारखीहरुका लागि नयाा स्वाद भर्ने प्रकृतिको रहेको रचनाकार तथा संगीतकार गामबहादुर विश्वकर्माले बताए ।

कार्यवाहक राजदूत नेत्रबहादुर टण्डनको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रममा समाजको वाषिर्क प्रगति विवरण, गीत संगीत, नृत्य, कविता वाचन, हास्यब्यंग्य लगायत विभिन्न मनोरन्जनात्मक कार्यक्रम प्रस्तुत गरिएको थियो ।कार्यक्रममा गीति एल्बमको विमोचनसागै एक म्युजिक भिडियो पनि सार्वजनिक गरिएको थियो । म्युजिक भिडियो हेरेर सबै दर्शक तथा अतिथिहरुले सफलताको शुभकामाना दिएका थिए ।

१८ जुलाई २०१५ का दिन बैदेशिक रोजगारीको शिलशिलामा युएईमा रहेका बिश्वकर्माहरुलाई एकत्रित गरी जातीय हित तथा आफना सदस्यहरुको चौतर्फी विकासका साथै सामाजिक कार्यहरुमा अग्रसर हुादै आएको समाजले विविध कार्यक्रमहरुका साथ वाषिर्कोत्सव मनाएको हो ।उक्त वाषिर्कोत्सव कार्यक्रममा युएईमा क्रियाशील विभिन्न संघ सस्था, एनआरएन, पत्रकार, बुद्धिजीवी, ब्यावसायी, कलाकार लगायत युएईबासी नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

विश्वकर्मा समाजका अध्यक्ष बाबुराम बिश्वकर्माको सभापतित्व रहेको उक्त कार्यक्रममा विशेष अतिथि विश्वकर्मा समाज नेपाल युएईका संरक्षक योगेन्ऽसिंह विश्वकर्मा र अर्का विशेष अतिथि नेपाली समाज युएईका अध्यक्ष चन्ऽप्रसाद सापकोटाले पानसमा बत्ती बालेर औपचारिक रुपमा कार्यक्रम उद्घाटन गरेका थिए ।

उक्त कार्यक्रममा समाजका उपाध्यक्ष केपी लाम्घाडे बिश्वकर्माले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रममा कार्यक्रमका सभापति तथा समाजका अध्यक्ष बाबुराम विश्वकर्माले एक वर्ष सम्म समाजले गरेको प्रगति विवरण प्रस्तुत गरेका थिए ।

युएईमा क्रियाशील समाजसेवी, कलाकार लगायत विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको उक्त कार्यक्रममा मोती राई, पिताम्बर पाण्डे लगायतले शुभकामना मन्तब्य मार्फत् बिश्वकर्मा समाजको प्रथम वाषिर्कोत्सव कार्यक्रम भब्य रुपमा सफल भएकोमा शुभकामना दिएका थिए भने प्रमुख अतिथि कार्यबाहक राजदुत टण्डनले एक वर्षको प्रगतिले आफुलाई ज्यादै खुसी लागेको र यो कार्यलाई अझ प्रभावकारी रुपमा अगाडि लैजान शुभकामना दिएका थिए ।

अनावश्यक रुपमा खर्च गर्ने रकमलाई सञ्चित गरी शिक्षामा लगानी गर्न सके शिक्षाले समाजमा रहेको विभिन्न खाले कुसंस्काहरुको अन्त्य गर्न सक्ने भनाइ सहित कार्यक्रम भब्य रुपमा सफल भएकोमा सबैलाई धन्यबाद तथा शुभकामना दिएका थिए ।

कार्यक्रमको अन्तमा कार्यक्रमका सभापति बाबुराम विश्वकर्माले कार्यक्रम सफल पार्न निरन्तर सहयोग गर्ने समाजका सम्पूर्णलाई सदस्य लगायत उपस्थित सबैलाई धन्यबाद सहित कार्यक्रम समापन गरेका थिए भने उक्त कार्यक्रमको सञ्चालन समाजका महासचिव रोहण सुनार विश्वकर्माले गरेका थिए ।

No comments:

Post a Comment